himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

चरम भ्रष्टाचार 'पास' भएका पप्पु कन्स्ट्रक्सनका बदनाम ठेकेदार एमाले प्रवेश

pappu-1700618890.jpg

पुल लगायतका सार्वजनिक निर्माणको ठेक्का लिएर भ्रष्टाचार गरेको भन्दै अदालतबाट पटक पटक दोषी ठहरिएका जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारलाई विकासवादी नेता भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी प्रवेश गराए।

एमाले सचिव योगेश भट्टराइको विशेष पहलमा पप्पु कन्स्ट्रक्सन रौनियार एमालेमा प्रवेश गरेका हुन्। पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हरिनारायणजी विकासवादी मान्छे हो, जनताको सेवक हो। अब पार्टीमा आएर झन् बढी योगदान दिनुहुनेछ’ भन्दै माला लगाएर स्वागत गरे।

पप्पु कन्स्ट्रक्सन निर्माण क्षेत्रमा सबैभन्दा बदनाम र अदालतबाट पटक पटक दण्डित भएको निर्माण कम्पनी हो। बबई पुल निर्माणमा भएको भ्रष्टाचारमा विशेष अदालतबाट उनी दोषी ठहर भएर ३ करोड ६२ लाख २९ हजार जरिवानाको फैसला भएको थियो।

 

 

उनी २०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए पनि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए। भटाभट अदालतले दोषी ठहर गर्न थालेपछि २०७५ मा उनले कम्पनी छाडेको घोषणा गरेर छोरालाई जिम्मा लगाए।

विशेष अदालतले उनको छोरा सुमितलाई काठमाडौँमा टेकु–कालीमाटी जोड्ने विष्णुमती नदीमाथिको पुल गुणस्तरहीन बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै एक करोड १४ लाख ७६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png