Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

गुणस्तरिय शिक्षा र स्वास्थ्यको ब्यवस्था होस् : मतदाता

xintu-dai-1667466472.jpg

हेटौंडा, १७ कात्तिक/बागमती गाउँपालिका ३ माझगाउँका मतदाताहरुले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ को(क) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) लाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, लगायत भौतिक पुर्वाधार निर्माणको लागि पहल गरिदिन माग गरेका छन् । मतदातासंग भेटघाट गर्ने क्रममा उम्मेदवारी पुलामीलाई मतदाताले उक्त माग गरेका हुन् ।


बागमती गाउँपालिका १ का स्थानीय डोर बहादुर थापाले पुलामीलाई वागमती गाउँपालिकामा प्रदेश सरकार र स्थानिय सरकारले गरेको विकासको लागि धन्यबाद दिंदै थप विकासमा जोड दिन माग गर्नुभएको छ । उहाँले नेता पुलामीले आफ्नो क्षेत्र मा उल्लेख्य विकास गरेको देखिएको भएतापनि थप बिकास गर्नको लागि अनुरोध गर्नुभयो । 


त्यसैगरी सोही वडाका मतदाता भेष बहादुर घिसिङले नेता पुलामीको गृह पालिका समेत बागमती भएकोले त्यहाँको अबस्था र स्थितिको बारेमा उम्मेद्वार पुलामीलाई खासै भन्न नपर्ने बताउनुभयो । पहिलाको बागमती र अहिलेको बागमतीको बिचमा आकाश जमिनको अन्तर भएको भन्दै नेता पुलामीको पहलमा विकास निर्माणले गति लिएको बताउनुभयो ।


बागमती २ का मतदाता बिक्की पहरीले बर्तमान राईगाऊँ, माझगाऊँमा विकासले गति लिएको भएपनि खहरे नियन्त्रण, पुल लगायतका कार्य पुरा हुन अझ बाँकी रहेको भन्दै नेता पुलामीबाट नै यस क्षेत्रका मतदाताहरुले अपेक्षा राखेको बताउनुभयो ।


उम्मेदवार पुलामीले आफु निर्वाचित हुँदा होस वा उम्मेदवार नै नरहेको अबस्थामा होस यस क्षेत्रका जनतालाई साथ नछोडेको बताउनुभयो । ब्यबस्था बदल्न भएको निर्वाचनको कार्यभार पुरा गर्न सफल भएको भन्दै अब अबस्था बदल्न पनि सफल हुने बिस्वास ब्यक्त गर्दै जनअपेक्षा बमोजिम आफुले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg