Friday, 24 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

गुणस्तरिय शिक्षा र स्वास्थ्यको ब्यवस्था होस् : मतदाता

xintu-dai-1667466472.jpg

हेटौंडा, १७ कात्तिक/बागमती गाउँपालिका ३ माझगाउँका मतदाताहरुले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ को(क) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) लाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, लगायत भौतिक पुर्वाधार निर्माणको लागि पहल गरिदिन माग गरेका छन् । मतदातासंग भेटघाट गर्ने क्रममा उम्मेदवारी पुलामीलाई मतदाताले उक्त माग गरेका हुन् ।


बागमती गाउँपालिका १ का स्थानीय डोर बहादुर थापाले पुलामीलाई वागमती गाउँपालिकामा प्रदेश सरकार र स्थानिय सरकारले गरेको विकासको लागि धन्यबाद दिंदै थप विकासमा जोड दिन माग गर्नुभएको छ । उहाँले नेता पुलामीले आफ्नो क्षेत्र मा उल्लेख्य विकास गरेको देखिएको भएतापनि थप बिकास गर्नको लागि अनुरोध गर्नुभयो । 


त्यसैगरी सोही वडाका मतदाता भेष बहादुर घिसिङले नेता पुलामीको गृह पालिका समेत बागमती भएकोले त्यहाँको अबस्था र स्थितिको बारेमा उम्मेद्वार पुलामीलाई खासै भन्न नपर्ने बताउनुभयो । पहिलाको बागमती र अहिलेको बागमतीको बिचमा आकाश जमिनको अन्तर भएको भन्दै नेता पुलामीको पहलमा विकास निर्माणले गति लिएको बताउनुभयो ।


बागमती २ का मतदाता बिक्की पहरीले बर्तमान राईगाऊँ, माझगाऊँमा विकासले गति लिएको भएपनि खहरे नियन्त्रण, पुल लगायतका कार्य पुरा हुन अझ बाँकी रहेको भन्दै नेता पुलामीबाट नै यस क्षेत्रका मतदाताहरुले अपेक्षा राखेको बताउनुभयो ।


उम्मेदवार पुलामीले आफु निर्वाचित हुँदा होस वा उम्मेदवार नै नरहेको अबस्थामा होस यस क्षेत्रका जनतालाई साथ नछोडेको बताउनुभयो । ब्यबस्था बदल्न भएको निर्वाचनको कार्यभार पुरा गर्न सफल भएको भन्दै अब अबस्था बदल्न पनि सफल हुने बिस्वास ब्यक्त गर्दै जनअपेक्षा बमोजिम आफुले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png