Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

गिरिराजमणिको घरदैलो : मतदाताको सद्भाव, कार्यकर्ता उत्साही

girirajmani-pokharel-1667826996.jpg

घरदैलो र गाउँगाउँमा भएका भेटघाटमा मतदाताले भन्ने गरेका छन्, "बर्दिबासले अहिले जुन चर्चा पाएको छ, जसरी यसको विकास भइरहेको छ त्यसमा तपाईंको ठूलो योगदान छ ।"

 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा गिरिराजमणि पोखरेल पाँच दलीय वाम(लोकतान्त्रिक गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । माओवादी केन्द्रका उपमहासचिव पोखरेल यो निर्वाचन क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका छन् ।
यो क्षेत्रमा पोखरेल पुनः उम्मेदवार भएपछि महोत्तरी १ का जनता उत्साही देखिएका छन् । बर्दिबासलाई यत्तिको उचाइमा पुर्‍याउन र राष्ट्रिय स्तरमै बर्दिबासको पहिचान स्थापित गराउन गिरिराजमणिले नेतृत्वदायी भूमिका खेलेको भन्दै स्थानीयहरू उनको प्रशंसा गर्छन् । हुन पनि पोखरेलले सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर बर्दिबासलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएका छन् ।
गिरिराजमणिकै पहल कदमीमा बर्दिबासले आजको यो उचाइ छोएको र चर्चा बटुलेको महोत्तरी-१ का मतदाताहरू नै बताउँछन् । पोखरेलको घरदैलो र गाउँगाउँमा भएका भेटघाटमा मतदाताले भन्ने गरेका छन्, "बर्दिबासले अहिले जुन चर्चा पाएको छ, जसरी यसको विकास भइरहेको छ त्यसमा तपाईंको ठूलो योगदान छ ।"
त्यसो त पोखरेलले महोत्तरी १ को विकासका लागि निकै मेहनत गरेका छन् । उनले सडक, पुलपुलेसा, खानेपानी जस्ता योजनालाई त अगाडि बढाएका छन् नै सँगै दुरगामी महत्त्वका आयोजनाहरू मेडिकल कलेज, प्राविधिक कलेजहरूको विकासमा पनि रणनीतिक रूपमा पहलकदमी र अगुवाइ गरेका छन् ।
"उहाँ (पोखरेल) ले नेतृत्व गरेपछि बर्दिबासको चर्चा चुलियो । प्रदेश २ का प्राय सबै ठूला गोष्ठी सेमिनारहरू बर्दिबासमा हुन थालेका छन् । यो प्रदेश २ को मात्र नभएर १ र २ नम्बर प्रदेशकै केन्द्र बन्ने दिशामा अघि बढेको छ," स्थानीयहरू भन्छन् ।
त्यसो त बर्दिबासलाई पोखरेलले शिक्षा र स्वास्थ्यको हब बनाउने दिशामा पनि योजनाबद्ध रूपमा काम गरिरहेका छन् । मेडिकल कलेज तथा प्राविधिक कलेज स्थापनाको पहल कदमी त्यसैको निरन्तरता हो ।
पोखरेलको चुनावी अभियानमा सक्रिय गठबन्धनका एक कार्यकर्ता भन्छन्, "महोत्तरी १ मा अन्य क्षेत्रमा जस्तै सडक पुलपुलेसा जस्ता विकासका कामहरू पनि उहाँ (पोखरेल) ले अगाडि बढाउनुभएको छ । अझ यो क्षेत्रको समग्र विकास र यसलाई यो स्तरको चर्चित ठाउँ बनाउन उहाँको निकै ठूलो योगदान छ । गिरिराजजी नभएको भए सायद बर्दिबासले यति छिटै यो स्तरको चर्चा नपाउन पनि सक्थ्यो ।"
पोखरेलले चुरे संरक्षण तथा पर्यटनको क्षेत्रमा पनि निकै काम गरेका छन् । बर्दिबासमा ठूलो लगानी केन्द्रित भइरहेको छ, ठूलठूला होटलहरू बनेका छन् । स्वस्थ्य क्षेत्रमा पनि बर्दिबासले निकै फड्को मारेको छ । त्यसका लागि पोखरेलले रणनीतिक रूपमा योजनाबद्ध हिसाबले काम गरे । जसका कारण बर्दिबासले आज यो चर्चा पाएको स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार गिरिराज नभएको भए बर्दिबासले यो हाइट पाउँदैनथ्यो । "एक दशक अघिको बर्दिबास र अहिलेको बर्दिबासको तुलनै हुँदैन," स्थानीयहरू भन्छन्, "यसमा गिरिराजमणिको ठूलो योगदान छ ।"
त्यसो त पोखरेलले सिँचाइ र खानेपानीको विकासका लागि पनि योजनाबद्ध रूपले काम अघि बढाएका छन् । "मरिणको पानि ल्याएर महोत्तरीमा मिलाउन सकिन्छ कि भनेर खानेपानी मन्त्रालयबाट हामीले अध्ययन गराएका छौँ," पोखरेल भन्छन्, "पूरै क्षेत्रमा हामीले काम गर्नुपर्नेछ ।"
महोत्तरीको समस्या र जनताका पीडालाई नजिकबाट देखेका पोखरेलले यो क्षेत्रबाट धेरै युवा कामको खोजिमा विदेशिने गरेको उल्लेख गर्दै आफूले उनीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन खोजेको पनि बताएका छन् ।
"महोत्तरीबाट धेरै युवाहरू बाहिर जानुहुन्छ । म चाहन्छु देशभित्रै युवाहरूले काम गर्ने वातावरण होस्,' पोखरेलले भनेका छन्, "आउने दिनमा देशभित्र रोजगारी, स्वरोजगारीको अभियान छेड्न जरूरी छ ।"
विगतमा जस्तै महोत्तरी १ का जनताले यसपटक पनि माया गर्नेमा आफू विश्वस्त रहेको पोखरेल बताउँछन् । पोखरेलप्रति मतादाताको निकै सद्भाव रहेको उनको अभियानमा खटिएकाहरूको प्रतिक्रिया छ । आफ्ना उम्मेदवारप्रति मतदाताको सकारात्मक प्रतिक्रिया पाउँदा अभियानमा खटिएका नेता(कार्यकर्ताहरू थप उत्साही बनेका छन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg