pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको छ : डोरमणि पौडेल

315504444_647123260237079-1668520182.jpg

हेटौंडा / बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको बताउनुभएको छ । आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेद्बारी नै नदिएको बताउनुभयो । मंगलबार हेटौंडा १४ मा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प नभएको समेत प्रष्ट पार्नुभयो ।बहुमत आउन सक्ने भन्दा कम क्षेत्रमा उम्मेद्बार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको पनि उहाँले बताउनुभयो । बहुमत बन्ने हैसियतमा एमाले मात्र रहेको पौडेलले बताउनुभयो । बहुमत ल्याउन नसक्ने गरि उम्मेद्बार दिने पार्टीले देशको भलो गर्न नसक्ने भन्दै उहाँले भन्नुभयोू गठबन्धनका मान्छे पुर्ब जानुपर्ने पश्चिम जान्छन् पश्चिम जाने पुर्व जान्छ्न, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् । गठबन्धनको अहिलेको योजना लुट्ने र खाने मात्र भएको भन्दै यस्तो प्रवृत्तिलाई निर्वाचन बाट पछार्नुपर्ने बताउनुभयो ।सडक, स्वास्थ शिक्षालगायतका धेरै बिकासका काम गरेको र अझै पनि गर्न बाकी रहेले एमालेले मत पाउने उहाँको भनाई थियो ।बिकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै २० औं ३० औं बर्ष देखि नभएको बिकास एमालेको पालामा भएको स्मरण गर्नुभयो ।एमाले सरकारले छोटै समयमा धेरै काम गरेपनी बर्तमान सरकार बिदेशीको लागि कम्फर्टेबल सरकार बनाउन लागि परेको बताउनुभयो ।अहिले हामीले बिदेशीको लागि नभई नेपालीको लागि सरकार निर्माण गर्नुपर्ने भन्दै एमाले मात्र त्यस्तो पार्टी भएको उहाँको भनाई छ ।गठबन्धनको सरकार बने ५ बर्ष पछाडि हुदै यसको असर २० औं बर्ष सम्म रहनसक्ने तर्फ सचेत गराउनु भयो । जनताको काम गर्न के पी ओलि अझै पनि जनताको काममा रातदिन खटिरहेको पनि उहाँले बताउनुभयो ।  गठबन्धनको प्रधानमन्त्री को भन्ने मै रुमलिने हुँदा बर्बादीको दिशामा देशलाई जान नदिन एमाले सरकारका लागि जनताको मतको अपेक्षा गरेको जानकारी दिनुभयो । यस्तै मयुरधाप औद्योगिक क्षेत्रको सुरुवात भएपछि १४ नम्बर वडाबासीले प्रत्यक्ष लाभ लिने उहाँले बताउनुभयो ।कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा, मकवानपुर १(ख) का उमेदवार एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।यसैगरी मंगलबार नै एमालेका उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै  कोणसभालाई सम्बोधन पनि गर्नुभएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg