pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

खतिवडा र दाहाल लाई चेतावनी एमसिसीको पक्षमा गए राम्रो नहुने!

1645699409240-1645699695.jpg

अमेरिक सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको संयुक्त संर्घष समिति मकवानपुरले मकवानपुरका दुई प्रतिनिधिसभा सांसदलाई ध्यानार्कषण पत्र बुझाएको छ । प्रतिनिधिसभा सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र कृष्ण प्रसाद दाहाललाई एमसिसी सम्झौताका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो।
मकवानपुरे स्वाभिमानी जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा राष्ट्रघाती एमसिसीको विपक्षमा खडा हुन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको संयुक्त संर्घष समिति मकवानपुरले जनाएको छ । ध्यानाकर्षण पत्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयन , नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला इन्चार्ज सागर , राष्ट्रिय जनमोर्चा समन्वय समितिको जिल्ला इन्चार्ज रामहरि , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका इन्चार्ज गणेश रसाईली, नेकपा माले मकवानपुरका उपसचिव हरिकृष्ण अधिकारी , सचेत नेपाली पार्टीका मकवानपुरका संयोजक अर्जुन पाठक, उन्नत लोकतन्त्र पार्टीका संयोजक अयोद्या भट्टराई , देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सतार अन्सारी र राष्ट्रिय जनसरोकार मन्च मकवानपुरका नेपालका इन्चार्ज सागर कडेलको हस्ताक्षर रहेको छ ।
‘सिङ्गो मुलक तथा हाम देशभक्त नेपालहरु राष्ट्रघाती एमसिसीको विरुद्ध राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी चाहिदैन, देशबेच्न पाईदैन, जस्ता नारा लगाउँदै सडकमा खबरदारी गरिहरदा शेर बहादुर देउवाको गठबन्धन सरकार अमेरिकी साम्राज्यबादको कठ्पुतली बन्दै स्वाभिमानी नेपालीहरुको शान्तिपुर्ण आन्दोलनमा भीषण दमन गर्दै राष्ट्रघाती एमसिसी सदनमा पेश गरेर अनुमोदन गर्ने जुन मुर्खता देखाइरहेको छ । यो देशभक्त नेपाली जनतालाई स्वीकार्य छैन’ ध्यानर्कषण पत्रमा भनिएको छ ।
तैपनि यतिखेर नेपाली जनताको विरोधक बावजुद कठ्पुतली सरकारकले एमसीसी सदनमापेश गरिसकेको अवस्था छ । यो प्रति हाम्रो खेद छ । यतिखेर एमसीसी सदनले नै छिनोफानो गर्ने बिषय बनेको कारण सांसदको निर्णायक भुमिका बन्न पुगेको छ । त्यसैले मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननिय विरोध खतिवडा र कृष्ण प्रसाद दहाल ज्युलाई एमसीसीको विपक्षमा खडा हुन मकवानपुरे स्वाभिमानी जनताको प्रतिनिधित्व गर्दै संयुक्त संर्घष समिति आग्रह गर्दछौँ,’ ध्यानार्कषण पत्रमा उल्लेख छ ।
‘यो संवेदनशिल अपिललाई बेवास्ता गर्दै तपाई राष्ट्रघाती एमसीसीको पक्षमा उभिने दुस्साहस गर्नुभयो भने यो धर्तीमा  स्वाभिमानी पुर्वक बाच्ने छुट यहाँहरुलाई छैन,’ पत्रमा भनिएको छ, ‘अन्त्यमा तपाईले नेपाल आमालाई साम्राज्यवादको पोल्टामा सुम्पने घृष्टता गर्नु हुने छैन भन्ने विश्वास लिएका छौँ ।’

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg