jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

खतिवडा र दाहाल लाई चेतावनी एमसिसीको पक्षमा गए राम्रो नहुने!

1645699409240-1645699695.jpg

अमेरिक सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको संयुक्त संर्घष समिति मकवानपुरले मकवानपुरका दुई प्रतिनिधिसभा सांसदलाई ध्यानार्कषण पत्र बुझाएको छ । प्रतिनिधिसभा सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र कृष्ण प्रसाद दाहाललाई एमसिसी सम्झौताका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो।
मकवानपुरे स्वाभिमानी जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा राष्ट्रघाती एमसिसीको विपक्षमा खडा हुन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको संयुक्त संर्घष समिति मकवानपुरले जनाएको छ । ध्यानाकर्षण पत्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयन , नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला इन्चार्ज सागर , राष्ट्रिय जनमोर्चा समन्वय समितिको जिल्ला इन्चार्ज रामहरि , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका इन्चार्ज गणेश रसाईली, नेकपा माले मकवानपुरका उपसचिव हरिकृष्ण अधिकारी , सचेत नेपाली पार्टीका मकवानपुरका संयोजक अर्जुन पाठक, उन्नत लोकतन्त्र पार्टीका संयोजक अयोद्या भट्टराई , देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सतार अन्सारी र राष्ट्रिय जनसरोकार मन्च मकवानपुरका नेपालका इन्चार्ज सागर कडेलको हस्ताक्षर रहेको छ ।
‘सिङ्गो मुलक तथा हाम देशभक्त नेपालहरु राष्ट्रघाती एमसिसीको विरुद्ध राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी चाहिदैन, देशबेच्न पाईदैन, जस्ता नारा लगाउँदै सडकमा खबरदारी गरिहरदा शेर बहादुर देउवाको गठबन्धन सरकार अमेरिकी साम्राज्यबादको कठ्पुतली बन्दै स्वाभिमानी नेपालीहरुको शान्तिपुर्ण आन्दोलनमा भीषण दमन गर्दै राष्ट्रघाती एमसिसी सदनमा पेश गरेर अनुमोदन गर्ने जुन मुर्खता देखाइरहेको छ । यो देशभक्त नेपाली जनतालाई स्वीकार्य छैन’ ध्यानर्कषण पत्रमा भनिएको छ ।
तैपनि यतिखेर नेपाली जनताको विरोधक बावजुद कठ्पुतली सरकारकले एमसीसी सदनमापेश गरिसकेको अवस्था छ । यो प्रति हाम्रो खेद छ । यतिखेर एमसीसी सदनले नै छिनोफानो गर्ने बिषय बनेको कारण सांसदको निर्णायक भुमिका बन्न पुगेको छ । त्यसैले मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननिय विरोध खतिवडा र कृष्ण प्रसाद दहाल ज्युलाई एमसीसीको विपक्षमा खडा हुन मकवानपुरे स्वाभिमानी जनताको प्रतिनिधित्व गर्दै संयुक्त संर्घष समिति आग्रह गर्दछौँ,’ ध्यानार्कषण पत्रमा उल्लेख छ ।
‘यो संवेदनशिल अपिललाई बेवास्ता गर्दै तपाई राष्ट्रघाती एमसीसीको पक्षमा उभिने दुस्साहस गर्नुभयो भने यो धर्तीमा  स्वाभिमानी पुर्वक बाच्ने छुट यहाँहरुलाई छैन,’ पत्रमा भनिएको छ, ‘अन्त्यमा तपाईले नेपाल आमालाई साम्राज्यवादको पोल्टामा सुम्पने घृष्टता गर्नु हुने छैन भन्ने विश्वास लिएका छौँ ।’

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...