Friday, 24 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले घरदैलोलाई तिब्रता दिदै

prem-pulami-(1)-1668601023.jpg



कात्तिक ३० गते , बकैया । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा  (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले घरदैलोलाई तिब्रता दिनुभएको छ । भोट हाल्न ४ दिन मात्र बाँकी रहँदा छिन्तुले मतदातालाई भोट अपिल गर्दै घरदैलोलाई तिब्रता दिनुभएको हो ।

उम्मेदवार छिन्तुले बुधवार बकैया र बागमतीका केहि वडाहरुमा घरदैलो गर्नुभएको छ । बिहान बकैया गाउँपालिका वडा नम्बर ३ स्थित कान्द्राङमाा भएको घरदैलोका क्रममा स्थानीयले पुल निमार्णका लागि पहल गरिदिन छिन्तु समक्ष आग्रह गरे । पुल नहुँदा गाउँपालिका कार्यालय रहेको स्थान हात्तिसुँढे आउजाउ गर्न, स्वास्थ्य सेवा प्राप्त गर्न, विद्यालय आउजाउ गर्न तथा सदरमुकाम हेटौंडा आउजाउ गर्न समेत समस्या भइरहेको उनीहरुको गुनासो छ ।

गुनासो सुनिसकेपछि गठबन्धन उम्मेदवार छिन्तुले यस स्थानमा बेलीब्रिज निमार्णमा पहिलो प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो । आफु यहि गाउँठाउँमा हुर्किएको मान्छे भएको बताउँदै छिन्तुले जनताको दुखलाई सुखमा परिणत गर्नु नै आफ्नो मूल उद्धेश्य रहेको जिकिर गर्नुभयो ।

उहाँले मुलुकको अस्थिरता चाहने र जनताको अधिकार कुण्ठित गर्ने प्रतिगामीहरु अहिले देशभक्त बनेर गाउँगाउँ भोट माग्न आइरहेको भन्दै त्यस्ता दुई चरित्र भएकालाई जनताले बेलैमा चिनेर पाखा लगाउनुपर्ने दाबी गर्नुभयो ।

उम्मेदवार छिन्तुले गठबन्धनको सरकार नै मुलुकको विकास र समृद्धी चाहने शक्ति भएको बताउनुभयो । उहाँले गठबन्धन सरकार बने जनताको सुनौलो दिन आउने पनि बताउनुभयो । त्यसका लागि मंसिर ४ गते रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभयो ।

यसैबिच, प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले आजै बामगती गाउँपालिका वडा नम्बर ४ झुरझुरे स्थित थली र ७ नम्बर वडाको धनसइमा पनि घरदैलो कार्यक्रम गर्नुभएको छ । घरदैलोमा गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल , नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य जिवन गोले र समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

prem-pulami-(1)-1668601246.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png