pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कोरोना जोखिम बढेपछि थाहामा निषेधाज्ञा कडा पारिदै 

थाहा नगरपालिकामा कोरोनाका संक्रमितको संख्या ३ सय नाघेपछि नगरले 
थाहा नगरपालिका भर ४ दिन पूर्ण निषेध हुने भएको छ । 
थाहानगरमा कोरोना संक्रमण दर डर लाग्ने गरी उकालो लागेपछि जेठ ११ गते राती १२ बजे देखि १५ गते राती १२ बजेसम्म ४ दिन पूर्ण रुपमा निषेधाज्ञा गर्ने सिफारिस गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । 
थाहा नगरमा नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले नगरमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान खोजेपछि निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गर्दै पुर्ण निषेध गर्न सिफारिस गरेको हो । 
दैनिक उपभोग्य बस्तु किनमेलका नाममा बजार क्षेत्रमा भिडभाड बढेपछि पुर्ण निषेधको निर्णयकोलागि सिफारिस गरिएको पनि प्रमु्ख विष्टले बताउनु भयो । 
प्रमुख विष्टले नगरबासी सँग अहिले संक्रमणको जाखिम उच्च भएको समयमा घरमै बसेर सुरक्षित रहन आग्राह गर्दै स्वास्थ्यमा समस्या आए स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था तैयारी अवस्थामा रहेकाले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि आग्रह गर्नु भएको छ । 


निषेधाज्ञा अवधिभर औषधि पसल, कृषि उत्पादन बाहेक सबै व्यवसाय बन्द रहने छन् । 
हाल हरेक दिन विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक वस्तु (खाद्यान्न, तरकारी, दूध, माछा मासु) पसल खुल्ला गर्न छुट थियो । तर, अब जेठ ११ गते १२ बजे पछि यी सबै पसलहरु पूर्ण रुपले बन्द हुनेछन् ।
अत्यावश्यक काम परि कोहि कसैलाई दैनिकी चलाउन समस्या भएमा वडाध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघलगायतमा सम्पर्क गर्न पनि समितिले अनुरोध गरेको छ । 
कृषि उत्पादनका लागि कृषक पूर्ण रुपले स्वास्थ्यका मापदण्ड पालना गरि घरबाट खेतबारी, तरकारी गोदामसम्म र गोदामबाट सिधै घरसम्म मात्र आवतजावत गर्न भनिएको छ । 
बैठकले एम्बुलेन्स, प्रेसका सवारी, तरकारी निकासीका सवारी बाहेक अन्य सबै खाले सवारी संचालनमा रोक लगाउने निर्णय समेत गरेको छ । यसबीचमा, नगर बाहिरबाट आउने सवारी साधन समेत निषेध गर्ने निर्णय गरेको छ । बैठकले निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा कोरोना संक्रमण अवधिमा लगाइने सबैखाले निषेधाज्ञा अवधिभर पसल सिल गर्ने निर्णय गरेको छ । 
निषेधाज्ञालाई प्रभावकारी वनाउनका लागि उप प्रमुख खड्ग गोपालिको संयोजकत्वमा गठित अनुगमन समिति मार्फत अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...