Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

काठमाडौं- १० को चुनावी मैदानमा संघर्षशील नेतृ अन्जना

anjana-bisankhe-1666402706.jpg

नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका लागि संघर्षशील नेतृ अन्जना विशंखेलाई मैदानमा उतारेको छ । काठमाडौंमै जन्मी हुर्की मुलुक परिवर्तनको आन्दोलनमा होमिएका विशंखे एक परिचित नाम हो ।

विशंखेको जन्म २०३१ साल असार २८ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका- १० सतुङ्गलमा भएको थियो । उनका बुबा चन्द्रबहादुर विशंखे र आमा आशा पुरकोटी हुन् ।

नेपालको वामपन्थी आन्दोलनमा समाहित महिला दलित उत्पीडित जातीजनजातिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सदैव अग्रमोर्चामा रहने विशंखेले ३ वर्ष शिक्षण पनि गरेकी थिइन् । स्नातक तहसम्म अध्ययन गरेकी उनलाई नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषाको ज्ञान छ ।

विशंखेले जनएकता साप्ताहिकको स्तम्भकारका रूपमा पनि कलम चलाइन् । विभिन्न पत्रपत्रिकाहरूमा उनका थुप्रै लेख रचनाहरू प्रकाशित छन् । चीन, बंगलादेश, श्रीलङ्का, भारत, अमेरीका, ब्राजिल, सिंगापुरको भ्रमण गरेकी विशंखेमा ती देशको जस्तै विकास र समृद्धी नेपालमा पनि ल्याउने हुटहुटी छ । सोही उद्देश्य पूर्तिका लागि आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् ।

विशंखेले वि. सं. २०४५ सालमा नेकपा मालेनिकट अखिल नेपाल महिला सघंबाट राजनीतिक जीवन सुरु गरेकि थिइन् । उनी २०४७ मा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ अनेरास्ववियु पद्मकन्या कलेजको उपाध्यक्ष, २०४८ अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० अखिल नेपाल महिला संघो केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गरिन् ।

विशंखे २०५३ मा पूर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलनमा होमिएकी हुन् । २०५४ अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य, २०५६ नेकपा (एकता केन्द्र) को एरीया समिति, २०५७ मा जिल्ला समिति सदस्य हुदै २०५७ अखिल नेपाल महिला संघ महासचिव भइन् ।

नेकपा (एकता केन्द्र मसाल) पार्टीको २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिति सदस्य तथा पूर्वी क्षेत्रीय समिति इन्चार्ज भएकी विशंखे २०५९ मा नेकपा (एकता केन्द्र) की केन्द्रीय सदस्य भइन् । केन्द्रीय सदस्य भएपछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरी बनिन् ।

ऐतिहासिक २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा विशंखे घाइते तथा गिरफ्तार भइन् । उनी नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकतापछि २०६४ मा एनेकपा माओवादीकी केन्द्रीय समिति सदस्य बनिन् ।

२०६४ देखि २०७० भोजपुरा राज्य समिति सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा २०७३ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सचिवालय सदस्य बनिन् । २०७१ सालमा अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासंघको फ्र्याक्सन इन्चार्ज बनेकी विशंखे २०७३ देखि २०७४ सम्म प्रदेस नं ३ को कार्यालय सदस्यसँगै ललितपुर जिल्ला इन्चार्ज र २०७४ मा सम्पर्क समितिको फ्र्याक्सन इन्चार्ज भइन् ।

२०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकता भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला सह-ईन्चार्ज बनिन् । २०७८ मा नेकपा विभाजनपछि विशंखे माओवादी केन्द्रको छोटो समय बागमती प्रदेश समिति सचिव बनिन् ।

विशंखे २०७८ मा भएको नेकपा माओवादी केन्द्रको महाधिवेसनबाट स्थायी समिति सदस्यसहित बागमति प्रदेश सह ईन्चार्ज बनिन् ।

उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य बनिसकेकी छन् ।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png