pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

काठमाडौं- १० को चुनावी मैदानमा संघर्षशील नेतृ अन्जना

anjana-bisankhe-1666402706.jpg

नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका लागि संघर्षशील नेतृ अन्जना विशंखेलाई मैदानमा उतारेको छ । काठमाडौंमै जन्मी हुर्की मुलुक परिवर्तनको आन्दोलनमा होमिएका विशंखे एक परिचित नाम हो ।

विशंखेको जन्म २०३१ साल असार २८ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका- १० सतुङ्गलमा भएको थियो । उनका बुबा चन्द्रबहादुर विशंखे र आमा आशा पुरकोटी हुन् ।

नेपालको वामपन्थी आन्दोलनमा समाहित महिला दलित उत्पीडित जातीजनजातिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सदैव अग्रमोर्चामा रहने विशंखेले ३ वर्ष शिक्षण पनि गरेकी थिइन् । स्नातक तहसम्म अध्ययन गरेकी उनलाई नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषाको ज्ञान छ ।

विशंखेले जनएकता साप्ताहिकको स्तम्भकारका रूपमा पनि कलम चलाइन् । विभिन्न पत्रपत्रिकाहरूमा उनका थुप्रै लेख रचनाहरू प्रकाशित छन् । चीन, बंगलादेश, श्रीलङ्का, भारत, अमेरीका, ब्राजिल, सिंगापुरको भ्रमण गरेकी विशंखेमा ती देशको जस्तै विकास र समृद्धी नेपालमा पनि ल्याउने हुटहुटी छ । सोही उद्देश्य पूर्तिका लागि आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् ।

विशंखेले वि. सं. २०४५ सालमा नेकपा मालेनिकट अखिल नेपाल महिला सघंबाट राजनीतिक जीवन सुरु गरेकि थिइन् । उनी २०४७ मा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ अनेरास्ववियु पद्मकन्या कलेजको उपाध्यक्ष, २०४८ अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गरिन् ।

विशंखे २०५३ मा पूर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलनमा होमिएकी हुन् । २०५४ अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य, २०५६ नेकपा (एकता केन्द्र) को एरीया समिति, २०५७ मा जिल्ला समिति सदस्य हुदै २०५७ अखिल नेपाल महिला संघ महासचिव भइन् ।

नेकपा (एकता केन्द्र मसाल) पार्टीको २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिति सदस्य तथा पूर्वी क्षेत्रीय समिति इन्चार्ज भएकी विशंखे २०५९ मा नेकपा (एकता केन्द्र) की केन्द्रीय सदस्य भइन् । केन्द्रीय सदस्य भएपछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरी बनिन् ।

ऐतिहासिक २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा विशंखे घाइते तथा गिरफ्तार भइन् । उनी नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकतापछि २०६४ मा एनेकपा माओवादीकी केन्द्रीय समिति सदस्य बनिन् ।

२०६४ देखि २०७० भोजपुरा राज्य समिति सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा २०७३ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सचिवालय सदस्य बनिन् । २०७१ सालमा अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासंघको फ्र्याक्सन इन्चार्ज बनेकी विशंखे २०७३ देखि २०७४ सम्म प्रदेस नं ३ को कार्यालय सदस्यसँगै ललितपुर जिल्ला इन्चार्ज र २०७४ मा सम्पर्क समितिको फ्र्याक्सन इन्चार्ज भइन् ।

२०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकता भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला सह-ईन्चार्ज बनिन् । २०७८ मा नेकपा विभाजनपछि विशंखे माओवादी केन्द्रको छोटो समय बागमती प्रदेश समिति सचिव बनिन् ।

विशंखे २०७८ मा भएको नेकपा माओवादी केन्द्रको महाधिवेसनबाट स्थायी समिति सदस्यसहित बागमति प्रदेश सह ईन्चार्ज बनिन् ।

उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य बनिसकेकी छन् ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg