pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

काङ्ग्रेसको काठमाडौ - मकवानपुर सम्पर्क मंचको अध्यक्षमा घिमिरे

teg-ghi-team-1676814269.jpg

नेपाली काँग्रेसको मकवानपुर– काठमाडौं सम्पर्क समितिको सभापतिमा तेजप्रसाद घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

शनिबार काठमाडौंमा आयोजित भेलाले घिमिरेको नेतृत्वमा २२ जनाको समिति निर्विरोध निर्वाचित गरेको हो ।

घिमिरे समितिका निवर्तमान उप–सभापति हुनुहुन्थ्यो । समितिको उपाध्यक्षमा देवकुमार श्रेष्ठ र मिरा बन्जारा, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा खड्गबहादुर जिम्बा (विकेश) र सह–सचिवमा मकवानपुर १ को (क) बाट भरत पराजुली, मकवानपुर १ को (ख) बाट सन्तोष ढुंगेल, मकवानपुर २ को (क) बाट गौरव विक र मकवानपुर २ को (ख) बाट वलेन्द्र व्लोन चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मानवी बानियाँ, राजेन्द्र घतानीलगायत चयन भएका छन् । 

 

पुरुषोत्तम ठकुरीको सभापतित्वमा र नेपाली कांग्रेस वागमति प्रदेशका सभापति तथा मकवानपुरका निवर्तमान पार्टी सभापति समेत रहिसकेका पूर्वमन्त्री तथा प्रदेश सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति वुद्ध लामा, नेताहरु उमा दाहाल, प्रभात दाहाल, मकवानपुर कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँका साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायत अतिथिका रुपमा रहेका थिए ।

मकवानपुर र काठमाडौंको सम्बन्धलाई जोड्दै कांग्रेसको हकहितमा काम गर्नका लागि यो सम्पर्क समिति गठन भएको जनाइएको छ । 

२ वर्षका लागि नवनिर्वाचित अध्यक्ष घिमिरेले आगामी दिनमा कांग्रेसलाई राम्रो बनाउन आफूले सशक्त रुपमा भूमिका खेल्ने बताउनुभएको छ । ‘मैले यो समितिमा बसेर धेरै काम गरेको छु, अहिले पनि सबैले पत्याएर मलाई सभापति बनाउनुभयो त्यसको लागि आभारी छु’ घिमिरेले भन्नुभयो ‘म अहिले धेरै कुरा गर्दिन, काम गरेर मेरो नेतृत्व सफल भयो भन्ने प्रमाणित गर्छु ।’

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg