jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

काँग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी?

bahadur-indra_UujcQQWq2X-1671690010.jpg

नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो ।

 

 

बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । कांग्रेसको केन्द्रमा संसदीय दलको निर्वाचन बुधबार सम्पन्न भएर सभापति देउवा निर्वाचित भैसकेका छन् । ‘बागमती प्रदेश संसदीय दलको नेता छनौटका विषयमा छलफलका लागि आज कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको छ,’ रुवालीले भने, ‘बैठकले निर्वाचनको मिति भने केन्द्रीय संसदीय दलको नेताको भोलि हुने निर्वाचन पछि तोक्ने निर्णय गरेको छ ।’बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरेको छ । बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले सभापति शेरबहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने उनले बताए ।  बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी छ । त्यस्तै बैठकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन आयोग, कर्मचारी, मतदाता, राजनीतिक दल, संचारकर्मी र सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...