himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैन : प्रचण्ड ( बैसाख ५ को पत्रकार सम्मेलनमा व्यक्त विचार)

Pressmeet-1650347344.jpg

देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बिचबिचमा विभिन्न व्यक्ति र समुहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको छ । म चाहिँ बडो पक्षसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन । निर्वाचन बैसाख ३० गते नै हुन्छ । म गठबन्धनको बैठकबाट नै यहाँ उठेर आएको छु र गठबन्धन पुरै इमान्दारीताको साथ निर्वाचनको तयारीमा जुटिरहेको छ ।

त्यसकारण निर्वाचन कहिँकतै सर्ने सम्भावना वा गुन्जायस देखिएको छैन । तर नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन विहान पनि होइन निर्वाचन सर्छ रे नी भन्ने हल्ला र चर्चा हुने खालको बडो विचित्रको संस्कार देखिने गरेको छ । म पत्रकार मित्रहरुमार्फत आम नेपाली जनता र सबै राजनीतिक दललाई भन्न चाहन्छु निर्वाचन सर्दैन । कम्तिमा हामी गठबन्धन र सरकारको कुनै पनि निकाय निर्वाचन सार्ने कुनै मनसायमा छैन र गठबन्धन सम्पूर्ण रुपले निर्वाचनको तयारीमा लागेको छ । देश निर्वाचनमा होमिइसकेको छ र गठबन्धन पनि पुरै निर्वाचनमा इमान्दारीतासाथ लागेको छ ।

आज हामी देशका ६ वटा महानगर र उपमहानगरको विषयमा बेलुकासम्म गठबन्धनको मोडालिटि निश्कर्षमा पुर्याउँछौं । महानगरको विषयमा झण्डै झण्डै टुंगिने बेलामा म यहाँ आएको हो । हामीले गाउँपालिका र नगरपालिकासम्मको विषयमा अधिकार प्रत्यायोजन गरेर तल दिइसकेका छौं । त्यसैले निर्वाचन सर्दैन र सर्न दिइन्न । जति कुरा मिडियामा निर्वाचन सर्ने विषयमा आएका छन् ति सबै अनुमानकै भरमा आएका छन् त्यसमा कुनै सत्यता छैन ।

दुई तिन महिनाअगाडि संविधान र कानुनको बारेमा केही अन्तरविरोधको विषयमा छलफल अवश्यनै गरेका थियौं तर त्यसमा निर्वाचन आयोग र सबै राजनीतिक दलहरुको समझदारीले अब निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने निश्कर्ष आएपछि हामी सबै निर्वाचनको तयारीमा गम्भीर ढंगले लागेका होंैं ।

म सबै राजनीतिक दल र आम जतनामा अपील गर्न चाहन्छु की यो निर्वाचनलाई सफलतासाथ सम्पन्न गरौं र सक्रियतापुर्वक सहभागि बनौं । निर्वाचन सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग र योगदान गरौं ।

तेश्रो कुरा तपाई हामी सबैलाई थाहा छ की एक वर्ष अगाडि नेपालको राजनीतिक दल र राजनीतिमा एउटा गम्भीर खालको पेचिलो अन्तरविरोध देखा पर्यो । एउटा संविधानलाई कुनै न कुनै तबरले घात गर्ने र परिवर्तनलाई उल्टयाउन खोज्ने, अराजकतावादी प्रवृत्ति देखा पर्यो, हामीले त्यसलाई प्रतिगमन पनि भन्यौं । त्यसको विरुद्ध संघर्ष गर्ने स्थिति बन्यो । संघर्षको क्रममा गठबन्धन तयार भयो । त्यही संघर्षको क्रममा सडक संघर्ष हुँदै गठबन्धन हुँदै, अदालत र राष्ट्रपति कार्यलयसम्म गैसकेपछि नयाँ सरकार बन्ने स्थिति पनि बन्यो । अझैपनि संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता आदिलाई उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि देखा परेको छ । हिजोका सामन्त, दलाल, राजामहाराजा राजतन्त्रबादी, परिवर्तनविरोधीहरुसँग गठबन्धन गर्न खोज्ने, वाम लोकतान्त्रिक शक्ति भन्दा अतिवादीसँग नजिक हुन खोज्ने प्रवृत्ति एउटा छ भने अर्को अहिलेको परिवर्तन संघिय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्ने धर्म निरपेक्षता, समावेशी समानुपातिक सामाजिक मुल्य मान्यतासहितको लोकतन्त्रको पक्षधरहरुबीचको गठबन्धन । तपाइँहरुले हेर्नुभयो भने कुन गठबन्धन परिवर्तनको पक्षधर हो र कुन प्रतिगामी परिवर्तनविरोधी गठबन्धन हो भन्ने प्रष्टै देखिन्छ ।

एक चोटि फेरी प्रतिगमविरोधी आन्दोलनको रुपमा आगामी निर्वाचनलाई हेरिनुपर्दछ भन्ने लाग्छ । हिजोको त्यो आन्दोलन जसमा जसमा करिब सबै पत्रकार, नागरिक समाज, सामाजिक अगुवाहरु, न्यायाधिस, पुर्व प्रधान न्यायाधिस, बुद्धिजीवी र समाजका आम समुदायहरुको एकताबद्ध आन्दोलन र शक्तिले प्रतिगमनलाई परास्त गरिएको थियो । अहिले पनि जो हिजो पटक पटक असंवैधानिक र निरंकुश तबरले संविधान मिच्ने प्रवृत्ति देखा परेको थियो जसका विरुद्ध नेपालका सबै जाति लिंग, वर्ग क्षेत्र र समुदायले निरन्तर खबरदारी र आन्दोलन गरेर त्यो हर्कतलाई परास्त गरिएको थियो अहिले पनि आगामी स्थानिय निर्वाचन, प्रादेशीक निर्वाचन र संसघय निर्वाचनमा त्यो प्रतिगमनकारी परिवर्तनविरोधी शक्ति र दललाई त्यसरी नै निर्वाचनको माध्यमबाट परास्त गर्नु जरुरी छ । र परिवर्तनका पक्षधर, संविधानको पक्षधर जसले संविधानको मर्म र भावना अनुसार समाजवाद उन्मुख राज्य निर्माणको कुरा गरेको छ र तलैदेखि जनताका आधारभुत तहका समस्याहरु हल गर्न प्रतिबद्ध छ, त्यसलाई त्यसका उम्मेदवारलाई विजय गराउनु जरुरी छ ।

संघिय लोकतान्त्रिक गण्तन्त्र वा संविधानसभबाट संविधान निर्माण गर्नु आफैंमा एउटा प्रगतिशील कदम भएतापनि जबसम्म नेपाली जनताको घर दैलोमा समृद्धिको उज्यालो छाउँदैन तबसम्म जनता सन्तुष्ट हुँदैन । त्यसकारण स्थानिय स्तरदेखि नै समाजवादका भ्रुणहरु रोप्ने नीजि, सहकारी र सार्वजनीक क्षेत्रको साझेदारीबाट समाजवादको भ्रुणहरु कसरी रोप्ने, उत्पादन वृद्धिलाई कसरी अगाडि बढाउने, शिक्षा स्वास्थ्य रोजगारीको विषयलाई कसरी सम्बोधन गर्ने, विज्ञान प्रविधिको विकास र प्रयोगबाट कसरी उत्पादन वृद्धि गर्ने, नेपालबाट हजारौंको संख्यामा होइन लाखौंको संख्यामा नेपालका युवाहरु विदेशीने जो स्थितिलाई रोकेर कसरी लाखौं युवालाई रोजगारी सिर्जना गर्ने, नेपालभित्रै उद्योग धन्दा र कल कारखाना खोलेर रोजगारीको सिर्जना गर्ने, देश भित्रै रहेका वेरोजगार युवालाई कसरी रोजगारी प्रदान गर्ने, आम नेपाली जनतालाई शिक्षा स्वास्थ्य रोजगारीको व्यवस्था गर्ने र त्यसको लािग राज्यको पहल र तबरबाट कसरी कानुनहरु निर्माण गरेर अगाडि बढ्ने भन्ने पनि आगामी निर्वाचनका प्रमुख एजेण्डा हुँदैछन् ।

यहाँहरु सबैलाई थाहा छ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा मैले आजको विश्व परिस्थिति, आजको विज्ञान प्रविधिको विकासको स्थिति, नेपालको समाजवादको बाटो कस्तो हुन्छ भन्ने क्रममा सापेक्षताको सिद्धान्त, क्वान्टमको सिद्धान्त, आइन्सटाइनको सिद्धान्त, ग्लोवलाईजेशन र डिजिटलाइजेशनको विकास सम्म आउँदा मानिस मानिसको सम्वन्धमा, देश देशको सम्वन्धमा र आम जनताको जीवनमा स्तो प्रभाव परेको छ भन्दै स्थानिय तहदेखि नै स्थानिय जनताको जीवनस्तर वृद्धि गर्ने र स्थानिय साधन श्रोत र विशेष गरेर प्राकृतिक श्रोत साधनको रक्षा र प्रयोग कसरी गर्ने विज्ञान प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने र स्थानिय तहको विकास गर्ने भन्ने विषयमा दस्तावेज प्रस्तुत गरेर सर्वसम्मतिले पारित पनि गरिसकेको छ । जुन कुरा आगामी निर्वाचनमा पनि जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्नेछ ।

यो परिवर्तन सजिलै आएको होइन, दशकौंको नेपाली जनताको शसस्त्र र शान्तिपूर्ण संघर्ष र पछिल्लो पटक दश बर्षे जनयुद्ध र जनअन्दोलनको बलमा यो परिवर्तन आएको हो । हजारौं जनताका कुशल छोराछोरीको वलिदान र वेपत्ता त्याग सौर्य आदिको बलमा यो आएको हो । तर लडाई लड्ने एकातिर र परिवर्तनविरोधीको हातमा सत्ता वा डाडु पन्यु पर्ने जस्तो भएको छ जसले गर्दा परिवर्तनका एजेण्डाहरु कता कता छायाँमा परेजस्तो देखिन पुगेको छ । परिवर्तनका विरोधीहरुको हातमा सत्ता जाँदा वा नेतृत्व जाँदा के हुँदोरहेछ भन्ने त देखिइसकेको छ अव त्यसो हुन नदिनको लागि हामीले भनेका छौं जसको नीति उसैको नेतृत्व । त्यो ऐतिहासिक विरासतबाट आएको परिवर्तनलाई संस्थागत गर्न तपाईहरुले पनि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा र विश्वास गर्न चाहन्छु ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg