Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

ओलीले दुईतिहाइको जनमत जोगाउन सकेनन्ः खतिवडा

BHIMFEDI-1-1666402391.jpg

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताउनु भएको छ । 
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको कार्यक्रममा बोल्दै जनताले वामपन्थीलाई सरकार सञ्चालनका लागि दिएको जनमत ओलीको आडम्बर भत्किएको बताउनु भयो । ‘मेरै लोकप्रियताले सबै बल आर्जन भएको भन्दै सरकार र पार्टीलाई एकलौटी चलाउन खोज्दा जनमतको अपमान भयो,’ खतिवडाले भन्नु भयो, ‘पार्टीको रिसले दुई–दुई पटक संसद विघटन गरे ।’
‘२०३६ सालदेखि परिवर्तनका पक्षमा लागेका दलहरु हाम्रो गठबन्धनमा छन्,’ खतिवडाले भन्नुभयो, ‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारीसँगै गुण्डा नाइकेहरु बोकेर निर्वाचनमा होमिएको छ ।’
खतिवडाले आफ्नो क्षेत्रमा विकासका निर्माणका लागि भए गरेका कार्यहरु बताउँदै झुटको खेती गर्नेहरुले कहिले युवाका नाममा त कहिले विकास भएन भनेर बेइमानी गरिरहेको बताउनुभयो । 
आजै मकवानपुरको कैलाशस्थित कालिकाटारमा भएको गठबन्धनकै अर्को कार्यक्रममा खतिवडाले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका सबै उम्मेदवारले जित्छन्, धोकाधडी हुन्छ भनेर भ्रम मात्र फैलाइएको हो ।’ उहाँले आफू जितेर प्रदेशका उम्मेदवार हार्ने वा प्रदेशका उम्मेदवार जितेर आफू हार्ने अवस्था नभएको र त्यस्तो भएमा आफू र प्रदेशका विजयी उम्मेदवार समेत नैतिकता देखाउँदै राजीनामा दिन भएको बताउनुभयो । 
कार्यक्रममा निर्वाचन क्षेत्र २ क का उम्मेदवार एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनका उम्मेदवारहरु परिपक्व, अनुभवी र मकवानपुरको विकास अहोरात्र क्रियाशील अनुहारहरु भएको बताउनु भयो । कालिकार भीमफेदी सभामा सहभागी मोक्तानले प्रदेश गठबन्धन सरकारले विकट र दुर्गम कैलाश तथा भीमफेदीको विकासमा गरेको योगदानहरु चर्चा गर्नु भयो । ‘भीमफेदीमा २ अर्ब ८६ करोडका १ सय १७ योजना प्रदेश सरकारले ल्याएको छ,’ मोक्तानले भन्नुभयो, ‘संघ र प्रदेशमा मन्त्री तथा मुख्यमन्त्री बन्ने अनुहारहरु मकवानपुरकै भएकाले जनताका समस्या समाधानमा राजनीतिक पहुँच अरु बलियो हुनेछ ।’
प्रदेश ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले कमल थापा, विखण्डनकारी, गुण्डा नाइके बोकेर हिँडिरहेको र व्यवस्था नै सिध्याउने काम लागेकाले गठबन्धन बनाउनु परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सहिदको हत्यारालाई उम्मेदवार बनायो, साढे ३ वर्ष केन्द्र र प्रदेश सरकार हुँदा मकवानपुरको विकासमा एमालेले केही पनि काम गरेन ।’
तीनजना उम्मेदवार दुवै सभामा सहभागी हुनुहुन्थ्यो ।  


 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg