Monday, 06 May, 2024
राजनीति

एमाले सिध्याउन पार्टीभित्रैबाट घेराबन्दी भएको थियो : अध्यक्ष ओली

KP-in-Sudoorpashim-1696769263.jpg

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताउनुभएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आज धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “पार्टीभित्रको तत्त्वलाई परिचालन गरेर हाम्रो पार्टीलाई नै सिद्ध्याउने प्रयत्न भएको थियो । तर पनि हामीले पार्टीलाई जोगाएर यस ठाउँसम्म ल्याएका छौँ ।” पार्टी अध्यक्ष म लगायत पार्टीको शीर्ष नेतृत्वलाई साधारण सदस्यबाट समेत हटाउने काम भएको उहाँले स्मरण गर्नुभयो । पार्टी भित्रैबाट भएको डरलाग्दो घेराबन्दीका कारण एमालेले बहुमत प्राप्त गर्न नसकेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभातर्फ दुई सिटमात्रै जितेको भन्दै ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमाले मिसन ८४ मा लागेको बताउनुभयो । उहाँले २०८४ मा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । “एमालेको बहुमतको सरकार बन्छ” उहाँले भन्नुभयो । 

यसैगरी, अहिले मुलुकमा देश बदल्ने, जनता सम्झिने सरकार नरहेको उहाँको टिप्पणी छ । वर्तमान सरकारले विकास, सुशासन र जनताको पक्षमा काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।  

त्यस्तै, एमाले महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक स्थिरता ल्याउने सामर्थ्य आफ्नो पार्टीमा मात्र रहेको बताउनुभयो । उहाँले पार्टीलाई अझ बलियो बनाउनेतर्फ लाग्न सबै नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । “आफ्नो आकाङ्क्षा पार्टीको हितमा राख्न सकिँदैन भने पार्टी बलियो हुँदैन” उहाँले भन्नुभयो । 

अधिवेशन उद्घाटनसत्रमा एमालेका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा उदघाटनसत्र भएको थियो । प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भइरहेको अधिवेशन भोलिसम्म चल्ने सो दलले जनाएको छ । 


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...