udhog-1721203328.jpg
Friday, 19 Jul, 2024
राजनीति

एमाले मकवानपुरको अन्तिम मतपरिणाम सार्वजनिकः पोखरेल नेतृत्वको जिल्ला कमिटीमा को को भए सदस्य ?

FB_IMG_1717670314483-1717670333.jpg

नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बिहान मतगणना कार्य सम्पन्न भएसँगै निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । बुधबार विभिन्न क्षेत्रबाट सदस्य पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको हो । एमाले मकवानपुरको खुल्ला, महिला, दलित, भुगोल लगायतका क्षेत्रमा उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । मकवानपुरको विभिन्न स्थानीय तहहरुबाट खुल्ला, महिला, युवा, दलित र भौगोलिक क्षेत्रहरुको मतगणना सम्पन्न भएको हो ।

बुधबार सार्वजनिक मतपरिणाम अनुसार हेटौँडा उपमहानगरपालिकाबाट खुल्लातर्फ १३ जना निर्वाचित भएका छन् । अनिल कुमार बानियाँ ३५९ मत, सानु कुमार लामा ३३२ मत, उज्वल चौलागाई ३२७ मत, सन्तोष पौडेल २९९ मत, रामचन्द्र न्यौपाने २७६ मत, जगन्नाथ पाण्डे २७२ मत, प्रेम प्रसाद बोलखे २६० मत, सुधीर थापा २५५ मत, उत्सवराज चौलागाई २४३ मत, गोविन्द दाहाल २३६ मत, उत्तम पौडेल २३३ मत, प्रकाश दाहाल २३०, धर्मराज पुडासैनी २२९ मतसहित निर्वाचित हुनुभएको हो । खुल्लातर्फ १३ जना सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो ।

हेटौँडाबाट महिलातर्फ मिना अर्याल ३६१ मत, शान्ता बराल ३५९ मत, बिना कुमारी थिङ ३५५ मत, रमिला कुमारी सापकोटा ३५१ मत, यशोदा उप्रेती ३३२ मत र सीता विडारी ३२९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । महिलातर्फ ६ जना सदस्य पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो ।

हेटौंडाबाट युवा खुल्लातर्फ २२० मतसहित आकाश अधिकारी निर्वाचित हुनुभएको छ । युवा खुल्लातर्फ एक पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । यस्तै महिला युवातर्फ ३८४ मतसहित प्रतिमा श्रेष्ठ निर्वाचित हुनुभएको छ । युवा महिलातर्फ एक पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो ।

जनजाति खुलातर्फ २८३ मतसहित किताप सिं लामा, २२७ मतसहित सुनिल लोप्चन र १८६ मतसहित कृष्ण बहादुर राई निर्वाचित हुनुभएको छ । जनजाति खुल्लातर्फ तीन पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो । यस्तै जनजाति महिलातर्फ ४६० मतसहित दिलु घर्ती मगर र ३१६ मतसहित जानुका चौधरी निर्वाचित हुनुभएको छ । २ पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जनजाति युवातर्फ १८५ मतसहित किसन घिसिङ निर्वाचित हुनुभएको छ । जनजाति युवातर्फ १ पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।

जिल्ला खुल्लातर्फ ३८६ मतसहित शिवहरी दाहाल र ३५८ मतसहित सन्तोष चौलागाई, ३४७ मतसहित गोकर्ण प्रसाद पराजुली, २६६ मतसहित राजकुमार तिमल्सिना, २६१ मतसहित अर्जुन ढकाल र २५६ मतसहित बेल प्रसाद दाहाल निर्वाचित हुनुभएको छ । जिल्ला खुल्लातर्फ ६ पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो ।

जिल्ला युवा खुलातर्फ २१८ मतसहित मिलन पाठक निर्वाचित हुनुभएको छ । जिल्ला युवा खुल्लातर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । यस्तै जिल्ला खुल्ला दलिततर्फ ४८९ मतसहित शर्मिला विक, २८८ मतसहित दीपेश परियार र २८२ मतसहित इन्द्र कुमारी सार्की निर्वाचित हुनुभएको छ । जिल्ला खुल्ला दलिततर्फ ३ पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जिल्ला खुला महिला दलिततर्फ २२७ मतसहित निर्मला विश्वकर्मा निर्वाचित हुनुभएको छ । खुल्ला महिला दलिततर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जिल्ला खुला मजदुरतर्फ ३७७ मतसहित इन्द्र बहादुर कार्की, ३६७ मतसहित धर्मराज बस्नेत र ३२० मतसहित जितेन्द्र राज पाठक निर्वाचित हुनुएको छ । मजदुरतर्फ ३ पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

लेखा समितिको अध्यक्षमा ४४३ मतसहित विनोद कुमार पुडासैनी, उपाध्यक्षमा २७९ मतसहित नितेश लामिछाने र लेखा महिला सदस्यमा ४३६ मतसहित सुमित्रा गौतम रेग्मी निर्वाचित हुनुभएको छ । जिल्ला लेखा अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना र महिलातर्फ २ जनाको उम्मेदवारी परेको थियो ।

बागमती गाउँपालिकाबाट खुल्लातर्फ ३१२ मतसहित उत्तम प्रसाद पौडेल, २७३ मतसहित जय बहादुर वाईबा र २५८ मतसहित इन्द्रमणि तिमल्सिना निर्वाचित हुनुभएको छ । खुल्लातर्फ ३ पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो । यस्तै बागमतीबाट महिलातर्फ ३९१ मतसहित धनमाया स्याङ्तान निर्वाचित हुनुभएको छ । महिलातर्फ १ पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । बकैयाबाट महिलातर्फ ५२४ मतसहित सरला बोलखे र ३८६ मतसहित नीरमाया स्याङ्तान निर्वाचित हुनुभएको छ । २ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । बकैयाबाट युवातर्फ २०९ मतसहित भक्त बहादुर भुलन निर्वाचित हुनुभएको छ । युवातर्फ १ पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।

भीमफेदी गाउँपालिकाबाट खुल्लातर्फ ५२३ मतसहित सागर पाण्डे, ४४६ मतसहित जहार सिं लामा र ३८४ मतसहित प्रकाश पुडासैनी निर्वाचित हुनुभएको छ । खुल्लातर्फ ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । यस्तै भीमफेदीबाट महिलातर्फ ४२८ मतसहित पञ्चमाया स्याङ्तान र ३६५ मतसहित चेत कुमारी पुडासैनी निर्वाचित हुनुभएको छ । महिलातर्फ २ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।

कैलाश गाउँपालिकाबाट महिलातर्फ ३३४ मतसहित पार्वती मोक्तान निर्वाचित हुनुभएको छ । महिलातर्फ १ पदका लागि २ जनाको मात्रै उम्मेदवारी परेको थियो । कैलाशबाट भौगोलिक क्षेत्र अन्तर्गत सदस्यतर्फ छेकु लामा, नरेन्द्रलाल रिजाल र बच्चुराम ढुङ्गना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

राक्सिराङ गाउँपालिकाबाट खुल्लातर्फ ४२८ मतसहित बाबुलाल स्याङ्तान, ३३९ मतसहित मान बहादुर वाईबा र २८२ मतसहित सञ्जय कोइराला निर्वाचित हुनुभएको छ । राक्सिराङबाट खुल्लातर्फ ३ पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । यस्तै राक्सिराङबाट महिला सदस्यमा सुन्तलीमाया प्रजा र युवातर्फ ओम कुमार स्याङ्तान सर्वसम्मत चयन हुनुभएको छ ।

थाहा नगरपालिकाबाट खुल्लातर्फ शशीधर सुवेदी २५७ मत, हरि बहादुर गोपाली २५३ मत, विमल कुमार ढकाल २५२ मत र युवराज गोले २३३ मतसहित निर्वाचित हुनुभएको छ । खुल्लातर्फ ४ पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । यस्तै थाहाबाट महिलातर्फ समान २१२ मत प्राप्त गरी तुलसा विष्ट र सुनिता दोङ निर्वाचित हुनुभएको छ । महिलातर्फ २ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । यस्तै थाहाबाट युवातर्फ २१२ मत प्राप्त गरी हरी बहादुर थापा मगर निर्वाचित हुनुभएको छ । युवातर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै मनहरी गाउँपालिकाबाट खुलातर्फ २१५ मतसहित बीरेन्द्र डिसी, १९१ मतसहित हेमलाल उप्रेती र १५५ मतसहित कृष्णप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । ३ पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै मनहरीबाट महिलातर्फ ३२३ मतसहित मनिला विष्ट र २६७ मतसहित गीता प्रजा निर्वाचित हुनुभएको छ । २ पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।

यसअघि मकवानपुरगढी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाबाट सदस्यहरु सर्वसम्मत रुपमा चयन भएको निर्वाचन अधिकृत सुजन तिमल्सिनाले बताउनुभयो ।

इन्द्रसरोवर गाउँपालिकाबाट खुलातर्फ ऋषि पुडासैनी, धनवीर सिङ्तान र राजन कुमार ठकुरी, महिलातर्फ उमा कुमारी लामा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । यस्तै मकवानपुरगढी गाउँपालिकाबाट खुलातर्फ खिलप्रसाद चौलागाई, मेम्बर बहादुर लो, रामजी सापकोटा र विदुर हुमागाई सर्वसम्मत निर्वाचित हुनुहुँदा महिलातर्फ चिनीमाया लुङ्बा र शारादादेवी तिमल्सिना सर्वसम्मतसँगै युवातर्फ सन्तु थिङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो । बकैयाबाट खुल्लातर्फ कृष्ण घिमिरे, नारायण प्रसाद तिमल्सिना, राजन दंगाल र राम बहादुर मोक्तान सर्वसम्मत चयन हुुनुभएको छ ।

यस्तै समावेशी अपाङ्गतामा गोकर्ण तिवारी, मुस्लिम अल्पसंख्यकमा मोहम्मद सफिक, पेशागत सदस्यमा मोहन प्रसाद शर्मा, पेशागत सदस्य महिलातर्फ सरिता ब्लोन, लेखा समिति सचिवमा विरेन्द्र प्रसाद ढुङ्गना र लेखा समिति सदस्यहरुमा केशव केसी, विवेक कार्की र श्रीकृष्ण पराजुली सर्वसम्मत चयन हुनुभएको छ ।

यसअघि जिल्ला कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवको टुङ्गो लागिसकेको छ । अध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, सह–सचिव खुल्लातर्फ फुर्वादोर्जे लामा र महिलातर्फ आरती पाठक निर्वाचित हुनुभएको थियो । केही दिनमा नै निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम गरिने छ । समृद्ध समाज बाट 


world-link-1690434568.jpg
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने
FB_IMG_1721361181590-1721361196.jpg

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप...

हेटौंडामा कोरा साइकल र्याली हुने
1721229366614-1721229644.jpg

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव...

सनातन हिन्दु समुदायमा हरिशयनी एकादशीको महत्त्व:-नवराज नेपाली
1721199126673-1721199279.jpg

सनातन हिन्दू धर्ममा हरिशयणी एकादशीलाई अत्यन्तै पवित्र र महत्वपूर्ण मानिन्छ। यस दिन भगवान विष्णुको उपासनामा...

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख
1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ...

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको...

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित
451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)
1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको...

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो
FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा...

थाहा ४ जुरेथुममा विद्युत सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट
1720806132623_1-1720806191.jpg

थाह नगरपालिकामा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय...