pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले बागमती प्रदेशको अध्यक्षमा को को छन आकांक्षी?

FB_IMG_1694141496246-1694141509.jpg

एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुको नाम चर्चामा आएको छ । आगामी असोज ८ र ९ गते नेकपा एमालेको बागमती प्रदेश कमिटिको पहिलो अधिवेशन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदेश कमिटिको पहिलो अधिवेशनको आधिकारिक लोगो तयार गरी प्रचार प्रसारको काममा पार्टी कमिटि अघि बढेको छ

अध्यक्ष बन्न पार्टीको पोलिटव्यूरो सदस्यले पनि आकांक्षा देखाएका छन् । एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष नुवाकोटका केशवराज पाण्डेदेखि एमाले पोलिटव्यूरो सदस्य भक्तपुरका महेश बस्नेत सम्मको चर्चा रहेको छ ।

एमालेका एक नेताका अनुसार प्रदेश अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशव पाण्डे सहित पोलिटब्युरो सदस्य महेश बस्नेत, अरुण नेपाल, धादिङका खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, विजय सुवेदी र दोलखाकी रचना खड्का लगायतकाको नाम चर्चामा छ । कार्यकारी पद रहेकाले पार्टीको माथिल्लो तहका नेताहरुले समेत सो पदमा चासो व्यक्त गरेका छन् ।



एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डप उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले बागमती प्रदेश कमिटिले जनाएको छ । 

एमाले बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाका अनुसार अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ । प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको उनले बताए । 

१ लाख ७हजारको संगठिन सदस्य रहेको बागमतीमा प्रदेश अधिवेशनका लागि १२०० भन्दा बढी अधिवेशन प्रतिनिधि चयन हुने उपसचिव बर्तौलाले बताए । जसमा एक तिहाई महिला प्रतिनिधि तथा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको प्रतिनिधित्व १० प्रतिशत अनिवार्य गरिएको छ ।

प्रदेश कमिटिमा बहाल रहेका सदस्यहरुले प्रतिनिधि बन्न चाहेमा सम्बन्धित भूगोलबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था रहेको छ भने  ५० जना संगठित दलित सदस्य बराबर १÷१ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । साथै, पेशागत महासंघहरुबाट पनि अधिवेशनमा प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ ।

अधिवेशनबाट २४० सदस्यीय प्रदेश कमिटि चयन गर्नेछ । यसअघि एमाले प्रदेश कमिटि ४८७ सदस्यीय रहेको थियो । कार्यकारी समितिलाई चुस्त बनाउन समावेशी रुपमा सदस्यहरु चयन गरी कमिटिमा सदस्यको संख्या घटाएर निर्माण गरिने उनको भनाई छ । सदस्यको संख्या घटाइए पनि पदाधिकारीको संख्या भने यथावत रहेको उपसचिव बर्तौलाले बताए । रातोपाटी बाट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg