jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले नेतृत्वको सरकार हुँदा विकट गाउँमा बजेट विनियोजनमा उपेक्षा:बानिया

baniya-1667480307.jpg

लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकार हुँदा विकट गाउँमा बजेट विनियोजनमा उपेक्षा गरिएकोमा लोकतान्त्रिक गठबन्धनको नेतृत्वको सरकार आएपछि पूर्वाधार विकासमा छोटो समयमै प्रसस्तै बजेट हालिएको बताएका छन् ।

बिहीबार कैलाश गाउँपालिका स्थित नामटारमा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले कैलाश गाउँपालिकामा मात्र प्रदेश सरकारबाट विभिन्न क्षेत्रमा यस वर्ष १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

‘४ वर्ष केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्दा बजेट विनियोजनमा कैलाश गाउँपालिकालाई एमालेले उपेक्षा गरेको थियो । गठबन्धनको सरकार आउनासाथ १० महिनामा १८ करोड बजेट पूर्वाधार विकासमा हालेका छौं ।’ बानियाँले भने–‘यसको मूल्यांकन जनताले चुनावमा गर्ने नै छन् ।’ आगामी चुनावबाट पनि गठबन्धनकै सरकार बन्ने पक्का रहेको भन्दै उनले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताए । भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ लैजान गठबन्धनकै नेतृत्व आवश्यक भएको बताए ।

केपी ओली नेतृत्वको सरकारले २÷२ पटक प्रतिनिधिसभा विघटन गरी समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, संविधान जस्ता महत्वपूर्ण उपलब्धी मास्न खोजेको भन्दै संविधानविरोधी तत्वलाई यो निर्वाचनबाट जरैदेखि उखेल्नुपर्ने उनले बताए । बानियाँले भने, ‘गणतन्त्र ल्याउने बेलामा लाखौँ जनता सडकमा हुँदा ओली कुनै आन्दोलनमा थिएनन्, बयलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु एकै हो भन्दै बसेका ओली सत्तामा रहँदा भ्रष्टाचार र विभिन्न घोटालामा संलग्न रहे ।’
कैलाश–९ लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचारप्रसार समितिका संयोजक भुवनसिं घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य जनक बर्तौला, कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का संघीय सभापति लोकबहादुर मुक्तान, महासमिती समस्य उमा दाहाल, एकीकृत समाजवादी जिल्ला सदस्य अरुण बर्तौलालगायत नेताहरुको उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...