pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा २ मा थापा नै दोहोरिदा,प्रतिनिधि भने टुङ्गाउन सकेन

FB_IMG_1708180755263-1708180781.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ को वडा अधिवेशनले विष्णुहरी थापाकै अध्यक्षतामा वडा कमिटी पुर्नगठन भएको छ ।

शनिबार फाटबजारमा भएको वडा अधिवेशनले थापा कै अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो । कमिटीको उपाध्यक्षमा रमण श्रेष्ठ, सचिवमा रमेश कार्की, उपसचिवमा मिनप्रसाद ढकाल र दिपक राना मगर निर्विरोध हुनु भएको छ ।

कमिटीको सदस्यहरुमा विक्रम श्रेष्ठ, राजु प्रसाद ढकाल, सुरेश ढकाल, राजु कार्की, किरण थापा, श्यामकुमार कार्की, बालकृष्ण कार्की, बेलबहादुर तामाङ, शोभा तामाङ, तुलसी सुनार, सर्मिला ढकाल, उर्मिला कार्की, अभिनाष ढकाल, मेनुका ढकाल, राजु विष्ट, बिनायक कार्की, नम्रता विष्ट थापा, हरेराम विडारी, सन्जिव श्रेष्ठ र राजु थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

विष्णुहरी थापाको अध्यक्षता तथा एमाले पालुङका संस्थापक नेता जङ्गली राजकुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला कमिटी सदस्य कल्पना बलामी, नगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकाल, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य बिमल कुमार ढकाल, सगुन कुमार ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु मधुकर विक्रम श्रेष्ठ, गुप्त कार्की, सिताराम थापा, पुरुषोत्तम ढकाल, तुलसा विष्ट, क्युपेक नेपालका अध्यक्ष प्रताप राईलगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा नेकपा माओवादीका तत्कालीन पालुङ गाउँ कमिटी सचिव अभिनाष ढकाल लगायत विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

अधिवेशनले नगर अधिवेशनका लागि प्रतिनिधि छ्नौटको काम भने आजै टुङ्याउन सकेन । महिला र दलितमा सर्वसम्मत प्रतिनिधि छनौट गरेको २ नम्बर कमिटीले आवश्यक १५ जना प्रतिनिधिमा ३२ जनाको उमेवदारी परेको छ । शनिबार नै प्रतिनिधि छनौट गर्न नसकेपछि आइतबार पुन: प्रक्रिया गरिने वडा इञ्चार्ज मधुकर विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg