jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा २ मा थापा नै दोहोरिदा,प्रतिनिधि भने टुङ्गाउन सकेन

FB_IMG_1708180755263-1708180781.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ को वडा अधिवेशनले विष्णुहरी थापाकै अध्यक्षतामा वडा कमिटी पुर्नगठन भएको छ ।

शनिबार फाटबजारमा भएको वडा अधिवेशनले थापा कै अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो । कमिटीको उपाध्यक्षमा रमण श्रेष्ठ, सचिवमा रमेश कार्की, उपसचिवमा मिनप्रसाद ढकाल र दिपक राना मगर निर्विरोध हुनु भएको छ ।

कमिटीको सदस्यहरुमा विक्रम श्रेष्ठ, राजु प्रसाद ढकाल, सुरेश ढकाल, राजु कार्की, किरण थापा, श्यामकुमार कार्की, बालकृष्ण कार्की, बेलबहादुर तामाङ, शोभा तामाङ, तुलसी सुनार, सर्मिला ढकाल, उर्मिला कार्की, अभिनाष ढकाल, मेनुका ढकाल, राजु विष्ट, बिनायक कार्की, नम्रता विष्ट थापा, हरेराम विडारी, सन्जिव श्रेष्ठ र राजु थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

विष्णुहरी थापाको अध्यक्षता तथा एमाले पालुङका संस्थापक नेता जङ्गली राजकुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला कमिटी सदस्य कल्पना बलामी, नगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकाल, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य बिमल कुमार ढकाल, सगुन कुमार ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु मधुकर विक्रम श्रेष्ठ, गुप्त कार्की, सिताराम थापा, पुरुषोत्तम ढकाल, तुलसा विष्ट, क्युपेक नेपालका अध्यक्ष प्रताप राईलगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा नेकपा माओवादीका तत्कालीन पालुङ गाउँ कमिटी सचिव अभिनाष ढकाल लगायत विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

अधिवेशनले नगर अधिवेशनका लागि प्रतिनिधि छ्नौटको काम भने आजै टुङ्याउन सकेन । महिला र दलितमा सर्वसम्मत प्रतिनिधि छनौट गरेको २ नम्बर कमिटीले आवश्यक १५ जना प्रतिनिधिमा ३२ जनाको उमेवदारी परेको छ । शनिबार नै प्रतिनिधि छनौट गर्न नसकेपछि आइतबार पुन: प्रक्रिया गरिने वडा इञ्चार्ज मधुकर विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...