Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा १२ को अध्यक्षमा राजकुमार मुक्तान निर्विरोध

6922c1c961456a5f434f10723-1708174750.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा राजकुमार मुक्तान निर्विरोध हुनु भएको छ ।

शनिबार तारुका डाडामा भएको एमाले वडा अधिवेशनले मुक्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो । कमिटीको उपाध्यक्षमा सुकराज आले मगर, सचिवमा सुकराम गोले, उपसचिवमा रामकृष्ण स्याङ्तान र राजेन्द्रकुमार लामा, सदस्यहरुमा सोम बहादुर थिङ, कुमार स्याङ्तान, राजकुमार स्याङ्तान, सुकराम बल, सुकराम स्याङ्तान, सानो प्रेमबहादुर आले मगर, गोपाल स्याङ्तान, जितबहादुर गोले, चित्र बहादुर तामाङ, पुर्ण बहादुर घले, हरिबहादुर स्याङ्तान, निशा दोङ मोक्तान, सेतीमाया वाइवा र सुकमाया स्याङ्तान निर्विरोध हुनु भएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

अधिवेशनले नगर अशिवेशनकालागि खुल्ला तर्फ ९ जना, महिला १ जना र ५ जना दलित प्रतिनिधि छनौट गरेको छ । खुल्लातर्फ युवराज गोले, मानन स्याङ्तान, राजकुमार मुक्तान, माइते स्याङ्तान, मानबहादुर स्याङ्तान, प्रेमबहादुर आले मगर क, मेहर सिं स्याङ्तान, सन्चे स्याङ्तान र मङ्गल बहादुर स्याङ्तान छनौट हुनु भएको छभने महिलातर्फ माइली गोले छनौट हुनुभएको छ । यसैगरी वडाका सबै दलित सदस्यहरु प्रतिनिधि छ्नौट हुनु भएको छ । १२ नम्बर वडाबाट कमल सुनार, जय बहादुर सुनार, आशिष सुनार, नानीमाया विश्वकर्मा र दिपक सुनार छानिनु भएको छ ।

अधिवेशनमा जिल्ला सदस्य युवराज गोले, नगर सदस्य मानन स्याङ्तानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम सञ्चे स्याङ्तानको अध्यक्षतामा भएको थियोभने सुवास गोलेले सञ्चालन गर्नु भएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...