pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा नगर अधिवेशन:-सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डलले काम थाल्यो

FB_IMG_1709774206144-1709774225.jpg

आउँदो फागुन २८ गते हुने नेकपा एमालेको थाहानगर अधिवेशन प्रभावकारी बनाउन नेताहरुले निर्देशन दिएका छन् ।

२३ फागुनमा भएको नगर अधिवेशन आयोजक कमिटीको सचिवालय बैठकमा एमाले नेताहरुले अधिवेशनलाई पार्टीको आगामी कार्यदिशाको रुपमा समेत लिन निर्देशन दिएका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने अधिवेशनका लागि पार्टीका संगठित सदस्यहरुलाई अनिवार्य सहभागी गर्न निर्देशन दिएका हुन् ।

अधिवेशनको तयारी बैठकले प्रतिनिधिहरुको नामावली अनुमोदन गर्दै थप योजना बनाएको नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेतले जानकारी दिए । अधिवेशनका लागि थाहाका सबै वडाहरुबाट १ सय ७६ प्रतिनिधि छानिएका छन् भने अधिवेशनमा जनवर्गीय संगठनहरुबाट ३र३ जना र ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

बैठकमा संविधान सभा सदस्य सुभास चन्द्र ठकुरी, बागमती प्रदेश कमिटी सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का ईञ्चार्ज बलराम बल, बागमती प्रदेश सभा सदस्य तथा एमाले जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सदस्य तथा थाहा नगर ईञ्चार्ज इन्द्रमान स्याङ्तान, अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले मन्तव्य व्यक्त गरे ।

बैठकले अधिवेशनका लागि प्रदेश सदस्य तथा थाहानगर ईञ्चार्ज इन्द्रमान स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षीय मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा सुवास चन्द्र ठकुरी, नारायण रिजाल, श्यामभक्त श्रेष्ठ, बुद्दरत्न मानन्धर, शशीधर सुवेदी, शिवराम थापा, हरि गोपाली र विष्णु प्रसाद ढकाल रहेका छन् । अध्यक्ष मण्डलले अधिवेशन अघि नै सम्भावित उमेदवारहरुबीच छलफल गरी सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg