pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहानगरको अगुवा कार्यकर्ता भेला

emale-1667393210.jpg

 

 नेपाल  कम्युनिस्ट पाटी एमाले थाहा नगरको अगुवा कार्यकर्ता भेला १६ कात्तिकमा जेसीज सभा हलमा सम्पन्न भएको  छ । कार्याक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो घर जलाएर खरानी बनाएर फेरि तपाईं माझ भोट माग्न आउन हामीलाई भए लाज हुन्थ्यो भन्दै अहिलेसम्म यस भेगको परिवर्तन एमालेको कारण भएकोले यसैलाई मूल मुद्दा  बनाएर जनता माझ जान निर्देशन दिए । पौडेलले नेकपा एमालेको उमेदवारमा जनताले कुनै चोट देखाउन नसक्ने भएकोले निर्धक्क भएर नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न अग्रह गरे । पौडेलले नेकपा एमालेसँग विकासको  स्पसष्ट खाका भएकोले गठबन्धन भन्नेहरु अहिले एमालेसँग डराएर एमालेका उमेदवारलाई नानाभाती गाली गर्दै हिँडेको टिप्पणी गरे । कार्यक्रममा क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णुप्रसाद ढकालले आफू बिद्यार्थी कालदेखि नेकपा एमालेको कमिटिमा लागेर काम गरेकोले सुखी नेपाली समृद्ध नेपालकी लागि आफू सङ्ग स्पष्ट खाका रहेकोले सबैले सूर्यमा मतदान गर्नुपर्ने बताए । एमालेसंग स्पष्ट भिजन र नेतृत्व गरेर काम गर्ने भएकाले पनि मतदान गरेर निर्वाचित गराउन आग्रह गरे । ढकालले आफूसँग चुनाव लडिरहेकी कुमारी मुक्तान यस क्षेत्रको नभई टुरिष्ट उमेदवार भएको र  उत्तरी मकवानपुरको विकास र परिवर्तनको लागि आफूले चुनाव जित्न आवश्यक रहेको बताए  पालुङको स्थानीय नागरिक पनि भएकाले जुनसुकै दलमा आवद्धहरुले पनि आफूलाई मतदान गर्नेमा उनले विश्वास व्यक्त गरे । जनताको भावना अनुसारनै कुनै काम गर्ने आश्वासन दिँदै आफूलाई मतदान गर्न आग्रह उनले आग्रह गरे । ढकालले आफू र संघीय उमेदवार महेस बर्तौला पनि यसै क्षेत्र र सक्षम युवा भएकोले दुवैले चुनाव जित्दा जनताको भावना अनुसार काम गर्न कुनै समस्या नहुने बताए ।  कार्यक्रममा एमाले मकवानपुरका उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले निर्धक भएर सूर्य चुनाव चिन्हमा मतदान गर्न उपस्थित कार्यकर्तालाइ अनुरोध गरे  

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg