jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहानगरको अगुवा कार्यकर्ता भेला

emale-1667393210.jpg

 

 नेपाल  कम्युनिस्ट पाटी एमाले थाहा नगरको अगुवा कार्यकर्ता भेला १६ कात्तिकमा जेसीज सभा हलमा सम्पन्न भएको  छ । कार्याक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो घर जलाएर खरानी बनाएर फेरि तपाईं माझ भोट माग्न आउन हामीलाई भए लाज हुन्थ्यो भन्दै अहिलेसम्म यस भेगको परिवर्तन एमालेको कारण भएकोले यसैलाई मूल मुद्दा  बनाएर जनता माझ जान निर्देशन दिए । पौडेलले नेकपा एमालेको उमेदवारमा जनताले कुनै चोट देखाउन नसक्ने भएकोले निर्धक्क भएर नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न अग्रह गरे । पौडेलले नेकपा एमालेसँग विकासको  स्पसष्ट खाका भएकोले गठबन्धन भन्नेहरु अहिले एमालेसँग डराएर एमालेका उमेदवारलाई नानाभाती गाली गर्दै हिँडेको टिप्पणी गरे । कार्यक्रममा क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णुप्रसाद ढकालले आफू बिद्यार्थी कालदेखि नेकपा एमालेको कमिटिमा लागेर काम गरेकोले सुखी नेपाली समृद्ध नेपालकी लागि आफू सङ्ग स्पष्ट खाका रहेकोले सबैले सूर्यमा मतदान गर्नुपर्ने बताए । एमालेसंग स्पष्ट भिजन र नेतृत्व गरेर काम गर्ने भएकाले पनि मतदान गरेर निर्वाचित गराउन आग्रह गरे । ढकालले आफूसँग चुनाव लडिरहेकी कुमारी मुक्तान यस क्षेत्रको नभई टुरिष्ट उमेदवार भएको र  उत्तरी मकवानपुरको विकास र परिवर्तनको लागि आफूले चुनाव जित्न आवश्यक रहेको बताए  पालुङको स्थानीय नागरिक पनि भएकाले जुनसुकै दलमा आवद्धहरुले पनि आफूलाई मतदान गर्नेमा उनले विश्वास व्यक्त गरे । जनताको भावना अनुसारनै कुनै काम गर्ने आश्वासन दिँदै आफूलाई मतदान गर्न आग्रह उनले आग्रह गरे । ढकालले आफू र संघीय उमेदवार महेस बर्तौला पनि यसै क्षेत्र र सक्षम युवा भएकोले दुवैले चुनाव जित्दा जनताको भावना अनुसार काम गर्न कुनै समस्या नहुने बताए ।  कार्यक्रममा एमाले मकवानपुरका उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले निर्धक भएर सूर्य चुनाव चिन्हमा मतदान गर्न उपस्थित कार्यकर्तालाइ अनुरोध गरे  

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...