pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले छाड्दै उत्तम शर्मा न्यौपानेले रोजे एकीकृत समाजवादी

 लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधी समेत भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधबार एकीकृत समाजवादीमा आबद्द भएका छन् ।
नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् ।
केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्द भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्द भएको हुँ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षका उम्मेद्वार रहेका न्यौपाने तत्कालीन् एमालेभित्रकै घातका कारण पराजित हुनु परेको बताइन्छ । न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी २०४३ मा आधुनिक राष्ट्रिय मावि, हेटौंडामा अनेरास्ववियूमा संलग्न भई राजनीतिक यात्रामा लागेका हुन् ।
नेता न्यौपानेले मकवानपुर बहुमुखी क्याम्पसमा २०४४/०४५ मा प्रारम्भिक कमिटीमा आबद्द, २०४६ मा नेकपा मालेको हेटौंडा नगरको एक्टिभ ग्रुपको सदस्य, २०४७ मा नेकपा मालेको हेटौंडा नगर कमिटीको सचिव, २०५२ मा युवासंघको जिल्ला सचिव, २०५४ मा पिपुल्स भोलिन्टियर्सको नारायणी अंचल संयोजक, २०५५ मा प्ररायुसंघको मकवानपुर जिल्ला अध्यक्ष भई जिम्मेवारी पूरा गरेका थिए ।
पछिल्लो समय एमाले मकवानपुरमा जिल्ला सदस्यमा रहेका न्यौपानेलाई पार्टी प्रवेश गराउँने कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेल, पार्टी बागमती प्रदेश कमिटीका सदस्य यादव गजुरेल,पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेल लगायतको सहभागिता थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg