pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले अध्यक्ष ओलीले संसदमा बोलेको विषयमा महेश बर्तौला र माधव सापकोटाको जुहारी

1696558311194-1696558334.jpg

 असोज १६ गते मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोलेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कुरालाई लिएर बिहीबारको बैठकमा एमाले र माओवादी सांसदको दोहोरी चलेको छ । एमाले संसदीय दलका सचेतक समेत रहेका बर्तौलाले उनीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले दिएको अभिब्यक्तिको खण्डन गरे ।

 

 

बर्तौलाले अध्यक्ष ओलीले यो देशका समस्या, ज्वलन्त मुद्दाहरु, जनताले भोगेका समस्याहरूलाई विभिन्न कोणबाट राखेको बताए । 

बर्तौलाले भने– ‘उहाँले केही समय लिएरै सिङ्गो देशलाई सदनमार्फत विषयवस्तुहरू अवगत गराउनुभयो । उहाँले बोलिसके पश्चात् कतिपय सत्तापक्षका माननीयज्यूहरूले असाध्यै रुखो टिप्पणी गर्नुभयो । अत्यन्तै तितो र नकारात्मक द्वेषपूर्ण, आग्रहपूर्ण टिप्पणीहरू गर्नुभयो । आज पनि त्यो दोहोर्‍याउनुभयो । सत्तापक्षका सांसदहरूले दुई दुई घण्टा बोल्ने, तथ्यहीन कुराहरू बोल्ने ? यसप्रकारले प्रश्नहरू सिर्जना गरेर जनतालाई एक प्रकारले ढाँटको खेतीतर्फ लानका लागि यो सदनको गरिमामय बैठकलाई त्यसप्रकारले दुरुपयोग गर्न खोजेको हो कि भन्ने हामीलाई भान भएको छ ।’ 

सांसद बर्तौलाले अध्यक्ष ओलीले संसदमा तथ्यहीन कुरा, संविधान विरोधी कुरा के बताउनुभयो भन्दै प्रश्न गरे । ओलीले सरकारका कारणले गर्दा आज यो देश बरबादीतिर गइरहेको छ, सरकारका कारण देशमा आज साम्प्रदायिक द्वन्द्व भड्किएको, नेपालगन्ज, धरानमा साम्प्रदायिक दङ्गा भड्कनुको कारण सरकार रहेको बताएको उल्लेख गरे । 

उनले भने– ‘सरकारलाई खबरदारी गर्नुभयो यहाँबाट, सरकारलाई होसियारीपूर्वक काम गर्न सचेत गराउनुभयो । यो आग्रह प्रेरित हो ? यो तथ्यहीन हो ? आज सरकारले आज दिनदहाडै खुँडा प्रहार गरेर हिँड्ने आजीवन कारावासको सजाय भएका व्यक्तिलाई संविधान दिवसको दिन संविधानलाई च्यातेर आम माफी दिने काम गर्‍यो । यो तथ्यहीन कुरा हो ? आज विभिन्न समाजमा धार्मिक युद्ध गराएर मुलुकलाई अगाडि बढाउने प्रयत्न भइरहेको छ । सचेत गराउँदा यो कुरा बेठीक हो ?’

सांसद बर्तौलाले महँगीले आकाश छोएको, डाक्टर कुटिएको, अराजकता मौलाएको, दण्डहीनता बढेका विषय उठाउनु तथ्यहीन हो भन्दै प्रश्न गरे । 

के भनेका थिए सांसद माधव सापकोटाले ?  

सांसद बर्तौला भन्दा अगाडि बोलेका माओवादी केन्द्रका सांसद सापकोटाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीले विस्तृत शान्ति सम्झौता विपरीत र संविधानको मर्म विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरेका थिए । 

अघिल्लो बैठकमा ओलीले घण्टौँ लामो भाषण गरे पनि देशमा भइरहेको अराजकतालाई रोक्नेबारे कुनै सम्बोधन नगरेको बताएका थिए । भाषणमा अराजकतालाई नियन्त्रण गर्ने सन्देश नआउने तर विस्तृत शान्ति सम्झौता र संविधानको मर्म विपरीतको अभिव्यक्ति आएको सापकोटाले बताएका थिए । 

उनले भनेका थिए– ‘पूर्व प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेताले सदनमा घण्टौँ लामो भाषण गर्नुभयो । एक पटक उहाँले अध्यक्षता गरेकै केन्द्रीय समितिको बैठकमा बसेर काम गरेँ, उहाँप्रति सम्मान छ, उहाँ मेरो नेता हो । तर उहाँले बोलेका केही कुराहरू निकै गम्भीर छन् । उहाँलाई २०६३ साल मङ्सिर १५ गते माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतालाई सम्झाउन चाहन्छु ।’

सांसद सापकोटाले विस्तृत शान्ति सम्झौतामा सरकार र माओवादीबीच द्वन्द्व अन्त्य गर्दै संविधान सभाद्वारा संविधान जारी गर्ने विषयमा भएको सम्झौतालाई स्मरण गराउँदै सो विषय सजिलै भुल्न मिल्छ भन्दै प्रश्न गरे ।   

वेटिङ गर्भमेन्टको रूपमा प्रमुख प्रतिपक्ष दल रहेको र वेटिङ प्रधानमन्त्रीको रूपमा प्रमुख प्रतिपक्षी दलको नेताले विस्तृत शान्ति सम्झौताको विपरीत अभिव्यक्ति दिएर हिजो युद्धमा गएका सबै घाइतेहरूले शरीरमा गोली बोकेर सडकमा आन्दोलन गर भन्न खोजेको हो ? भन्दै प्रश्न गरेका थिए । 

उनले २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा पार्टीले निर्वाचन आयोगलाई बुझाएको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले थालेको जनयुद्धले दिएको उपलब्धि उल्लेख गरिएको बताउँदै प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका कुराहरू औपचारिक संस्थागत रूपमा व्यवस्था गरिएका कुराहरूको विपरीत छ कि छैन भन्दै प्रश्न गरेका थिए । साथै उनले ओलीले दिएको अभिव्यक्ति गम्भीर प्रकृतिको रहेको बताउँदै प्रमुख प्रतिपक्षी दलले त्यसबारेमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका थिए । 

मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकमा ओलीले २ घण्टा लामो सम्बोधन गर्दै सरकारको आलोचना गरेका थिए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg