pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमालेबाट निर्वाचित आधादर्जन वडाध्यक्ष गठबन्धनका पक्षमा खुल्नेवाला छन्ः खतिवडा

birodh-1667372779.jpg

 कात्तिक । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिती सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले गत वैशाखमा स्थानीय तहमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्ष यसपटक गठबन्धन जिताउन लागेको बताउनु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा वाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै खतिवडाले यस्तो बताउनु भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रतिनिसधसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार रहनु भएका खतिवडाले भन्नुभयो, ‘एमालेभित्र असन्तुष्टिको आगो यस्तो सल्किएको छ कि त्यहाँ अवसर नपाउनेहरु मात्र होइन, अवसर पाएका, निर्वाचित भएका जनप्रतिनिधिहरु पनि बस्न सकिरहेका छैनन्, आधा दर्जन निर्वाचित वडाध्यक्ष सम्पर्कमा छन्, गठबन्धन जिताउन लागेका छन् ।’ नाम सार्वजनिक गर्दा एमालेका अरिंगाल सेनाले लखेट्ने र असुरक्षित हुने भएकाले नाम भने निर्वाचनपछि मात्र सार्वजनिक गरिने खतिवडाले बताउनु भयो । खतिवडाले एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको बताउनु भयो । ईन्द्रसरोवर गाउँपालिका पर्यटन विकासको सम्भावना भएको ठाउँ भएकाले यसको विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाउँदै भन्नुभयो, ‘ईन्द्रसरोवर फेवातालको विकल्प बन्नेछ, यसबाट पर्यटकीय विकास हुनेछ ।’ खतिवडाले संघीय सरकारले सात वटा प्रदेशको सात स्थानलाई पर्यटकीय क्षेत्र भनेकोमा बागमती प्रदेशमा ईन्द्रसरोवरलाई एक नम्बरमा पारिएको बताउनु भयो । यस्तै, क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले बागमती प्रदेशमा चार वर्षसम्म एमालेका डोरमणि पौडेलको सरकार भएकाले चाहेर पनि आफूले सोचजति काम गर्न नपाएको बताइन् । ‘डोरमणि पौडेल मुख्यमन्त्री भएकाले आफ्नालाई छानी छानी बजेट दिए,’ मोक्तानले भन्नुभयो, ‘चार वर्षमा विकास गर्न सकिएन, गठबन्धन बनेपछिको एक वर्षमा तपाईंहरुका लागि सकेजति बजेट ल्याइयो ।’ निर्वाचन परिचालन कार्यालय उद्घाटन नेपाली कांग्रेसका ईन्द्रसरोवर गाउँपालिकाका सभापति विश्व लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg