jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमालेबाट निर्वाचित आधादर्जन वडाध्यक्ष गठबन्धनका पक्षमा खुल्नेवाला छन्ः खतिवडा

birodh-1667372779.jpg

 कात्तिक । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिती सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले गत वैशाखमा स्थानीय तहमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्ष यसपटक गठबन्धन जिताउन लागेको बताउनु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा वाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै खतिवडाले यस्तो बताउनु भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रतिनिसधसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार रहनु भएका खतिवडाले भन्नुभयो, ‘एमालेभित्र असन्तुष्टिको आगो यस्तो सल्किएको छ कि त्यहाँ अवसर नपाउनेहरु मात्र होइन, अवसर पाएका, निर्वाचित भएका जनप्रतिनिधिहरु पनि बस्न सकिरहेका छैनन्, आधा दर्जन निर्वाचित वडाध्यक्ष सम्पर्कमा छन्, गठबन्धन जिताउन लागेका छन् ।’ नाम सार्वजनिक गर्दा एमालेका अरिंगाल सेनाले लखेट्ने र असुरक्षित हुने भएकाले नाम भने निर्वाचनपछि मात्र सार्वजनिक गरिने खतिवडाले बताउनु भयो । खतिवडाले एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको बताउनु भयो । ईन्द्रसरोवर गाउँपालिका पर्यटन विकासको सम्भावना भएको ठाउँ भएकाले यसको विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाउँदै भन्नुभयो, ‘ईन्द्रसरोवर फेवातालको विकल्प बन्नेछ, यसबाट पर्यटकीय विकास हुनेछ ।’ खतिवडाले संघीय सरकारले सात वटा प्रदेशको सात स्थानलाई पर्यटकीय क्षेत्र भनेकोमा बागमती प्रदेशमा ईन्द्रसरोवरलाई एक नम्बरमा पारिएको बताउनु भयो । यस्तै, क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार कुमारी मोक्तानले बागमती प्रदेशमा चार वर्षसम्म एमालेका डोरमणि पौडेलको सरकार भएकाले चाहेर पनि आफूले सोचजति काम गर्न नपाएको बताइन् । ‘डोरमणि पौडेल मुख्यमन्त्री भएकाले आफ्नालाई छानी छानी बजेट दिए,’ मोक्तानले भन्नुभयो, ‘चार वर्षमा विकास गर्न सकिएन, गठबन्धन बनेपछिको एक वर्षमा तपाईंहरुका लागि सकेजति बजेट ल्याइयो ।’ निर्वाचन परिचालन कार्यालय उद्घाटन नेपाली कांग्रेसका ईन्द्रसरोवर गाउँपालिकाका सभापति विश्व लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...