jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमालेबाट धोका भयो, त्यसैले एमालेमा छैन, स्वतन्त्र भइसके : प्रभु साह

prabhu-saha-final2020-02-1665484168.jpg

पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गरेका प्रभु साहले आफू नेकपा एमालेमा नरहेको बताएका छन्।

सेतोपाटीसँग आज कुराकानी गर्दै साहले आफूले स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको बताए। एमालेसँग अब मित्रवत सम्बन्ध मात्रै रहने उनको भनाइ छ।

साहले चुनावसम्म आफू स्वतन्त्र नै बस्ने बताए। मंसिर ४ मा चुनाव हुँदैछ। साहले नेकपा एमालेबाट टिकट पाए पनि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

ष्लखयतभअज
‘म चुनावसम्म स्वतन्त्र नै रहन्छु। राजनीतिक दलबारे अहिले मैले केही सोचेको छैन,’ उनले भने, ‘चुनावपछि मात्रै यसबारे निर्णय हुन्छ।’ उनले नेकपा एमालेबाट आफूमाथि धोका भएको पनि बताए।

‘एमालेबाट मलाई धोका भयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मसँग रहेका साथीहरूलाई टिकट दिनुभएन,’ उनले भने। एमालेले जसपासँग चुनावी गठबन्धन गरेर अनैतिक काम गरेको उनले आरोप लगाए।

एमालेले जसपासँग तालमेल गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए। साह एमाले स्थायी कमिटी सदस्यको भूमिकामा थिए। 

भ्कभधबकयातधबचष्अबलष्अ
साहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीले भने उक्त कदमलाई राजनीतिक बेइमानी भनेका छन्।

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै ओलीले मधेस प्रदेशमै एमालेलाई उमेदावारविहीन बनाउन साहले षड्यन्त्र गरेको आरोप लगाएका छन्।

साहले रौतहटबाट तीन पटक निर्वाचन जितेका थिए। यसपालि उनले चुनाव जित्न कठिन छ। उनले तीन पटक माओवादीबाट चुनाव जितेका थिए। 

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले(माओवादी केन्द्रलाई अलग गराइदिएपछि साह एमालेमा क्रियाशील भएका थिए।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...