pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमालेका प्रदेश कमिटी सदस्य राजु धामी सहित २५० जना माओवादी केन्द्रमा प्रवेश

rautahad-1694442637.jpg

रौतहट ÷नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य राजु धामी दलवल सहित नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । आईतबार चन्द्रनिगाहपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा धामी सहित जिल्ला कमिटी सदस्य सरस्वती खुलाल, नगर कमिटी सदस्य भुवनेश्वर गुरो,पार्वती कार्की र नेपाली कांग्रेसबाट चन्द्रपुर वडा नं. ३ का वडा अध्यक्ष प्रत्यासी एवम क्षेत्रिय प्रतिनिधी सन्तलाल पाख्रिन लगायत २५० जना भन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले,जसपा लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटीका उपाध्यक्ष चेत बोलखेले जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले पार्टी प्रवेश गराउनुभएको हो । सो कार्यक्रममा बोल्दै सचिव पोखरेलले २०८४ मा मधेसमा ने.क.पा. (माओवादी केन्द्र) पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । जनतासंग माओवादी –विशेष रुपान्तरण अभियान संञ्चालनमा रहेको उल्लेख गर्दै मधेश प्रदेशमा पाटी प्रवेश गर्नेको संख्या बढेको उहाले बताउनुभयो । पछिल्लो समयमा विभिन्न पाटीमा रहेका नेता तथा कार्यर्तामा असन्तुष्टी बढ्दै गएको र माओवादी केन्द्र प्रति आर्कषित भएको उहाको भनाई छ । सरकारले गरेका सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा माओवादीले यतिखेर घरदैलो अभियान गरेको उहाले जानकारी दिनुभयो । माओवादी जनताकै बीचमा रहेको भन्दे नागरिकका गुनासा, आलोचना सुन्ने र शहिद तथा बेपत्ता परिवार भेट्न उहाले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । पार्टीलाई “जवान” बनाउने उद्देश्य सहित पालिकादेखि वडातहै सम्म माओवादी “गाउ“ फर्क अभियान” मा केन्द्रीत रहेको नेता पोखरेलले बताउनुभयो । कार्यक्रममा पार्टीको ३ महिने अभियानका रौतहट इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ(अनिल)ले पार्टीका नेता र कार्यकर्ता तथा जनतासंगको दुरी लम्बिएका कारण यसलाई छोट्याउने तथा जनतासंगै रहने अवस्था श्रृजना गर्नका लागि पार्टीले अभियानको थालनी गरेको बताउनुभयो । पार्टी प्रवेश गरेका युवा नेता राजु धामीले विगतका भएका कमी कमजोरीलाई सच्याउदै पार्टीलाई जिल्लामै पहिलो पार्टी बनाउने काममा सवै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाले अव पार्टी सृदृढिकरण गर्न तथा जनतासंग प्रत्यक्षरुपमा जोडिनका लागि सवै नेतृत्वसंग आग्रह गर्नुभयो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रको तिने महिने अभियान रौतहटका संयोजक क्षेत्र वहादुर श्रेष्ठ, पार्टीका नेता देवेन्द्र पटेल, देवकी नेपाल,धिरज पटेल,विन्देश्वर यादव, टिका आचार्य, चेत प्रसाद बोलखे,गणेश राउत,गौतम खड्का, वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध), वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि), वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी लगायतको उपस्थिती रहेको थियो । भदौ १६ गतेदेखि माओवादीले थालेको तीन महिने अभियान अन्तर्गत पार्टी प्रवेश, मतदातासंग भेटघाट, भेला,सरसफाई, जनचेतनामूलक सन्देश प्रवाह लगायतका काम भईरहेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg