jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

उपेन्द्रले मागे देउवासँग विश्वासको मत

deuba-upendra_7fxQJdScQJ-1674020638.png

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

 

 

अध्यक्ष यादवले भने, ‘मधेश प्रदेशमा हाम्रो पार्टीबाट मुख्यमन्त्री बन्नुभएको छ, उहाँलाई विश्वासको मत दिनुपर्छ भन्नका लागि देउवाजीलाई भेटेको हुँ ।’ विश्वासको मत माग्नुबाहेक अरु थप केही कुराकानी नभएको दावी उनले गरे । ‘अन्य राजनीतिक कुराकानी केही भएन, आवश्यक परेमा मात्र कुराकानी हुन्छ अहिले त्यस्तो आवश्यकता छैन’ उनले भने ।
मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...