jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।

FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र सामुदायिक विद्यालयमा अध्यनरत  अपाङ्गता भएका बालबालिकालाई  शैक्षिक सामाग्री तथा छात्रवृत्ति  वितरण गरिएको छ । 
थाहा नगरपालिका महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको कार्यालयले स्थानीय १३ वटा विद्यालयमा अध्यनरत ४५ बालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको हो । बिहीवार बिकास घरमा आयोजित एक समारोहबीच झोला र कापी ,कलम,ज्यामिती बक्स सामाग्री सहित नगद ३ हजार रुपैयाँ  वितरण गरिएको हो ।

थाहा नगरपालिका सामाजिक बिकास समितिको निर्णय अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाले नगरका १३ वटा विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले बताउनुभयो ।

थाहा ३ को बिकास घरमा आयोजित एक समारोह बीच झोला र कापी, कलम लगायत शैक्षिक सामग्री सहित नगद वितरण गरिएको थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले बताउनुभयो ।

थाहा नगर सामाजिक विकास समिती सदस्य जनक बिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाहा ४ का अध्यक्ष नारायण लामा,३ का हिरेन्द्र रायमाझी ,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,थाहा नगर रोजगार संयोजक कुमार नेगी,जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की ,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल,दामन चेली समाजकी अध्यक्ष राधिका रायमाझी ,लगायत सम्बन्धित विद्यालयका शिक्षक ,विद्यार्थी तथा अभिभावक हरुको उपस्थिति रहेको थियो।

 

FB_IMG_1686222752027-1686222921.jpg
FB_IMG_1686222749325-1686222921.jpg
FB_IMG_1686222745822-1686222945.jpg
FB_IMG_1686222734046-1686222945.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...