kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

जीवनशैली

सूर्य उपासना गर्दै छठ सुरु

chhati-1700360853.jpg

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी मनाइने छठ पर्व आज (आइतबार) देखि सुरु भएको छ । यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ । 

केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व अचेल काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा समेत धुमधामका साथ मनाइन थालिएको छ । यो पर्व षष्ठी (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रारम्भ हुन्छ भने सप्तमी (सोमबार) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ । 

विगत पाँच वर्षदेखि राजधानीमा बसोबास गर्दै आउनुभएका वीरगन्जका राममनोहर साहले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा आफूले लिएको बताउनुभयो । विगत केही वर्षयता यस पर्वले नेपाली नेपालीबिचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको उहाँको अनुभव छ । 

राजधानी काठमाडौँका कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । त्यसै गरी पशुपतिस्थित गुह्येश्वरीमा समेत विगत वर्ष झैँ यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । त्यसै गरी राजधानीको नक्सालस्थित नागपोखरी, ललितपुरको सानेपा र विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासी छठ पर्व मनाउन प्रायः आआफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा मनाउँदै आएका छन् । विराटनगर घर भई अहिले राजधानीको बालाजुमा बस्दै आउनुभएका प्रभन्स ठाकुरले चाडपर्व आस्था र विश्वासका साथ जहाँ मनाए पनि फरक नपर्ने र बाहिर मनाउँदा झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुभयो । त्यस्तै भारतको बिहार (सीतामढी) घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका शङ्कर तिवारीले आफू बसेको र कार्यरत रहेको ठाउँमा नै चाडपर्व मनाउनुपर्ने उल्लेख गर्नुभयो । एक ठाउँको चाडपर्व अर्को ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ । 

संस्कृतिविद् डा. रामदयाल राकेश कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ । उहाँले सत्ययुगमा सरयाती नामका राजाकी सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व प्रारम्भ गरेको उल्लेख गर्नुभयो । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुभयो । त्यसबेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको विश्वास छ । त्यसै गरी सूर्यपुराणमा अत्रिमुनिकी अर्धाङ्गिनी सती अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । त्यस्तै कुष्ठरोगबाट पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुवात भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ । 

व्रतालु रोशनी साहका अनुसार यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुहरू स्नान, ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।

उहाँका अनुसार, दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपबास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सक्खर, दुध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खिरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्दछन् । यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा कसारलगायतका परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुठुनी, सुपारी, ल्वाङ, सुकुमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दुधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु घर फर्कन्छन् । 

कतिपय व्रतालु घर नफर्किएर पूजास्थलमा नै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसै कसैले भाकल गरे अनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा यहीँ सम्पन्न भएको मानिन्छ ।

पण्डित करुणानन्द मिश्रले आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्त्व दिन छाडिएको आजको हाम्रो समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षासमेत दिने गरेको बताउनुभयो । 

सरकारले छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ 

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...