jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

खेल

साफ च्याम्पियन्सिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै,

FB_IMG_1730251645920-1730251658.jpg

नेपाल र बंगलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । त्यसमा ६ खेलमा नेपाल विजयी छ भने एक खेलमात्र बंगलादेशले जितेको छ । बाँकी ५ खेल भने बराबरीमा टुंगिएको छ । नेपालले पहिलो पटक बंगलादेशको सामना गरेको भनेको सन् २०१० मा हो ।

अवसर थियो, ११ औं दक्षिण एसियाली खेलकुद (साग) । त्यसमा नेपाल १–० ले विजयी रह्यो । बंगलादेशविरुद्धको अन्तिम खेल भने सन् २०२३ को हाङचाउ एसियाली खेलकुद हो । त्यहाँ भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

नकआउट चरणमा नेपाल र बंगलादेशबीच तीन खेल भएको छ । त्यसमा दुई सेमिफाइनल र एक फाइनल छ । दुवै सेमिफाइनलमा नेपाल विजयी भएको थियो । तर एक फाइनल भने बंगलादेशको पक्षमा रह्यो । त्यही खेल जितेर त हो बंगलादेशले यसभन्दा अगाडि सन् २०२२ को साफ च्याम्पिनयसिप जितेको । दशरथ रंगशालामा भएको त्यो खेलमा बंगलादेश ३–१ ले विजयी भएको थियो । त्यो सफलतासँगै बंगलादेशले महिला फुटबलमा पहिलो पटक उपाधि जितेको हो ।

नेपालले पाँचपल्ट साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको छ भने बंगलादेशले दुईपल्ट । नेपाल पाँचै फाइनलमा पराजित रह्यो । त्यो भारतसँग थियो । तर, बंगलादेश एकपल्ट विजयी रह्यो भने अर्कोपल्ट पराजित । साफ च्याम्पियनसिपमा मात्रै नेपाल र बंगलादेश चारपल्ट भिडेका छन् । त्यसमा तीन जित नेपालको छ भने एक बंगलादेशको । सन् २०२२ को फाइनलमा पराजित हुनु अगाडि नेपालले बंगलादेशविरुद्ध जितेका तीनै खेलमा कुनै गोल खाएको थिएन ।

नेपालले समग्रमा बंगलादेशविरुद्ध १७ गोल गरेको छ । यी गोलहरू ११ खेलाडीको नाममा छ । यसमा एक गोल आत्मघाती रह्यो । जमुना गुरुङ तीन गोलसहित सर्वाधिक गोलकर्ता सूचीको शीर्षमा छिन् । अहिले टिममा रहेका खेलाडीमध्ये सावित्रा भण्डारीले दुई, सविता रानागमर, प्रीति राई, अनिता बस्नेत र रेखा पौडेलले एक–एक गोल गरेका छन् । त्यसैले सावित्रासामु बंगलादेशविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडीको बराबरी गर्ने वा उछिन्ने दुवै अवसर हुनेछ ।

दुई टिमबीचका पछिल्ला ५ खेलमा भने बंगलादेशको स्थिति बलियो छ । यी खेलमध्ये एकमा बंगलादेशको त्यो प्रख्यात फाइनल जित नै रह्यो । बाँकी चारै खेल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा एक जित नेपाल, एक जित बंगलादेशको छ भने एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकको सार हो, सुरुआतीमा नेपाल पूर्णतः बंगलादेशमाथि हाबी रह्यो । पछि बंगलादेशको चुनौती बलियो हुन थाल्यो ।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...