pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

शिक्षा विधेयकले राहत शिक्षकलाई राहत दिदै ।

teacher-1694662238.gif

राहत शिक्षकलाई राहत दिने विधेयक

 गाेरखापत्र विशेष, खुला, राष्‍ट्रिय, शिक्षा, tmpcategory

blog

 

प्रकृति अधिकारी

शेयर गर्नुहोस:

sharethis sharing button

 २८ भदौ २०८०, बिहिबार

 ३ घण्टा पहिले

काठमाडौँ, भदौ २८ गते । राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ। बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति गरिने छ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमा सो प्रावधान प्रस्ताव गरिएको हो।

विधेयकमा राहत, विशेष शिक्षा र प्राविधिक धार शिक्षक कोटामा कार्यरत शिक्षकलाई स्थायी प्रतियोगिताको परीक्षामा सहभागी हुन उमेरको हद पनि नलाग्ने प्रस्ताव गरिएको छ। आरक्षित सिट सीमित प्रतिस्पर्धाका आधारमा पूर्ति गरिने छ। स्थायी परीक्षामा सफल हुन नसक्ने राहत, विशेष शिक्षा र प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकलाई निजले गरेको सेवा अवधिका आधारमा सरकारले निर्धारण गरेबमोजिमको आर्थिक सुविधा प्रदान गरेर बिदा गरिने छ।

विद्यालय शिक्षक सेवालाई समावेशी गराउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। आरक्षितमध्येको ५० प्रतिशत पदमा महिलालाई मात्र र बाँकी ५० प्रतिशतमा आदिवासी, जनजाति, मधेशी, दलित, विपन्न खस आर्य, थारू, पिछडिएको क्षेत्रका बासिन्दा, मुस्लिम र अपाङ्गता भएका व्यक्तिले प्रतिस्पर्धा गर्न सक्ने छन्। 

शिक्षकको योग्यता पनि परिवर्तन गर्न प्रस्ताव गरिएको छ। विधेयकमा आधारभूत तह (कक्षा १–८) का लागि स्नातक तह र माध्यमिक तह (कक्षा ९–१२) का लागि स्नातकोत्तर तह पूरा गरेको हुनुपर्ने प्रस्ताव अगाडि सारिएको छ। हालसम्म प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा शिक्षक पदपूर्ति गरिँदै आएकामा विधेयकले आधारभूत र माध्यमिक तहलाई मात्र व्याख्या गरेको छ। विद्यालय शिक्षासम्बन्धी यस विधेयकमा शिक्षकको सरुवा स्थानीय तहको सहमतिमा गर्न सकिने प्रावधान छ।

एसइई खारेज

राज्यस्तरबाट सञ्चालन गरिँदै आएको कक्षा १० को वार्षिक परीक्षा प्रणालीलाई ९० वर्षपछि भत्काउने प्रस्ताव गरिएको छ। विधेयकमा विद्यालय शिक्षामा कक्षा ८ र १२ मा मात्र वार्षिक परीक्षा राज्यले सञ्चालन गर्ने प्रस्ताव भए पनि कक्षा १० को वार्षिक परीक्षाबारे विधेयक मौन छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भन्नुभयो, “माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने बरु कक्षा १० को वार्षिक परीक्षा सम्बन्धित विद्यालयलाई नै सञ्चालन गर्न दिने व्यवस्था गर्न खोजिएको हो।”

यो प्रस्तावलाई लिएर यति बेला शैक्षिक वृत्तमा चर्चाको विषय बन्न पुगेको छ। कतिपय शिक्षकले आफूले अध्यापन गरेका विद्यार्थीको मूल्याङ्कन गर्न पाउने भएकाले यसलाई अवसरका रूपमा लिएको प्रतिक्रिया दिएका छन् भने कतिपयले यो व्यवस्था पारित भएमा विद्यालय शिक्षाको गुणस्तरमा निकै ठुलो धक्का पुग्ने तर्क अगाडि सारेका छन्।

नयाँ नामकरण

विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा निकायको नामकरण नयाँ प्रस्ताव गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम शिक्षा विभाग र शिक्षा विकास तथा समन्वय एकाइको नाम शिक्षा कार्यालय प्रस्ताव गरिएको छ। यसै गरी राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को नाम राष्ट्रिय पाठ्यक्रम परिषद् भनी छोट्याउने प्रस्ताव गरिएको छ । सङ्घमा शिक्षा विभाग, शिक्षा कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र र शैक्षिक गुणस्तर परीक्षण केन्द्र रहने छन्। विधेयकले सङ्घ, प्रदेश र स्थानीय तहको शिक्षासम्बन्धी जिम्मेवारी तथा दायित्वलाई स्पष्ट गरेको छ। हाल ती विषय बाझिदा कार्य दोहोरिँदै आएको छ। 

विधेयकले संस्थागत विद्यालयलाई निजी विद्यालयका रूपमा रूपान्तरण गरेको छ। विगतमा निजी विद्यालय भन्ने गरिएकामा कम्पनीबाट सञ्चालन गर्नुपर्ने प्रावधान कार्यान्वयनसँगै संस्थागत बनाइएको थियो। अब पुनः निजी विद्यालय भनिने छ। कम्पनी अन्तर्गत सञ्चालित निजी विद्यालयलाई शैक्षिक गुठीका रूपमा रूपान्तरण गरी सञ्चालन गर्न सकिने सुविधा प्रस्ताव गरिएको छ। यसअघि गत साउन १७ गते मन्त्रीपरिषद्ले स्वीकृत गरेको विधेयक प्रस्तावमा शैक्षिक गुठीका रूपमा अनिवार्य रूपान्तरण गर्नुपर्ने उल्लेख थियो।  गोरखापत्र अनलाइन 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...