Friday, 26 Apr, 2024
"थाहा"

रुपचन्द्र विष्ट बहुप्रतिभाशाली दार्शनिक र राजनितिक आदर्शका गुरु – मन्त्री श्रेष्ठ

cover-copy-1655814946.jpg

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले  रुपचन्द्र विष्ट आफ्नो राजनितिक आदर्श  सिकाउने गुरु भएको बताउनु भएको छ । थाहा नगरमा थाहा नगरपालिकाद्धारा आयोजित थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको २३औं स्मृति दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्व. रुदानेले गरिब,निमुखा, जुत्रे,छाप्रे भनी चिनाईएकाहरुको पक्षमा काम गर्नु भएकोले आफुले पनि उहाँको प्रेरणा अनुसार मन्त्री भए पश्चात संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्दै भुमी अधिकारबाट बञ्चितभएकाहरुलाई लालपुर्जा वितरण अभियान संचालन गरेको बताउनु भयो । 


मन्त्री श्रेष्ठले स्व. रुपचन्द्र विष्टको व्यवहार र आदर्शबाट अहिलेका पुस्ताले अनुसरण गर्नु पर्ने कुरा धेरै रहेको बताउदै थाहा नामनै काफी भएको र सबैले उहाँको आदर्शलाई सार्थक बनाउदै अघि बढे सधै सफल हुने र आफु पनि त्यसमा सहयोगी हुने बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता  लिलामणी पोख्रेलले रुपचन्द्र विष्ट बहुप्रतिभाशाली दार्शनिक भएको बताउदै उहाँको आर्शलाई किम्बदन्ती मात्र नबनाउन आग्रह गर्नुभयो । रुदाने सँगका संस्मरण सुनाउदै नेता पोख्रेलले थाहा नगरले शुरुवात गरेको स्थानिय पाठ्यक्रम मार्फत नयाँ पुस्तालाई रुपचन्द्रको आदर्श बुझाउन र ती आदर्श पहिल्याउन अभिप्रेरित गर्नुपर्ने बताउनु भयो । 


थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले रुदानेको सम्मान र सम्झनामा थाहा अभियान र आन्दोलनलाई जिवन्त राख्न स्मृति दिवसको दिन विदा दिन माग उठेकाले आगामी निति तथा कार्यक्रममा समेट्दै तथा नगरको कार्यपालिका बैठकबाट आवश्यक निर्णय लिईने बताउनु भयो । रुदानेको नाम भन्दा जहाँ कहिँ जाँदा आफुलाई गौरबहुने बताउदै प्रमुख विष्टले नगरका सबै काम कार्वाही गर्दा रुदानेको आदर्श सम्झेर गर्ने बताउनु भयो । 


थाहा नगरपालिकाका उप प्रमुख भरत गोपालीले जनताको विश्वासले पाएको ५ वर्षे कार्यकाल रुदानेको सम्मानमा सफल र जनमुखी बनाउने उद्घोष गर्दै थाहाका सबै जनप्रतिनिधिलाई सोही अनुसार काम गर्न आग्रह गर्नु भयो । 


नेकपा माओवादी केन्द्रका नेता ज्योती रायमाझीले थाहामा रुदानेको सम्झनामा एक दिन सार्वजानिक विदा दिएर सो दिन नयाँ पुस्तामाझ थाहा फैल्याउन आग्रह गर्नु भयो भने नेकपा माओवादी केन्द्रका नेता तथा भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझीले थाहा दर्शन जोगाउन जनमुखी काम गर्नुका साथै  विकास घरलाई संरक्षण गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा जनकल्याण माविका प्रअ. सानोभाई कार्की  तथा रुपचन्द्र विष्ट स्मारक स्थानिय समितिका अध्यक्ष विमल विष्टले रुपचन्द्र विष्टको आदर्शका बारेमा चर्चा गर्नु भएको थियो । 

को हुन् थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्ट ? (जीवनी)

जन्म

रूपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनवादी नेता थिए। रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने उनको जन्म बाबु पदमबहादुर बिष्ट र आमा चित्रकुमारीबाट वि.सं. १९९० पुस २६ मा भएको हो। उनी एक सम्भ्रान्त परिवारका थिए। उनको यो भनाई आज पनि गुञ्जीरहेको छ।

शिक्षा दिक्षा

विष्टले पारिवारिक विचारभन्दा फरक कम्युनिस्ट राजनीति स्कूले जीवनबाटै शुरु गरे। २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे। २०१० देखि २०१७ सालसम्म किसान र मजदूरहरूको पार्टीमा क्रियाशील रहे।

त्यसैगरी २०१७ देखि २०२६ सालसम्म बिष्टको सक्रियता विद्यार्थी र किसान क्षेत्रमा रह्यो। १७ सालपछि २२ / २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए। विष्टले बीए र बीएलसम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वासित भएर पूर्वीय दर्शनको अध्ययन गरे।

जेलजीवन र गिरफ्तारी

विष्टको विचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनलाई गिरफ्तार गरियो। पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहे। साधारण जीवन रुचाउने उनले विवाह गर्दा समेत पाहुनालाई चिया मात्र खुवाए। दुई सन्तान भएका उनको पछि सम्बन्ध बिच्छेद भयो।

धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका विष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो। जेलबाट फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक विज्ञानको ८ वर्ष स्वअध्ययन गरे। उनी स्थानीय विद्यालयमा प्रधानाध्यापक भए। विहान वेलुका प्रौढ शिक्षा समेत चलाए।

२०३८ र २०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका बिष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे। विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए।

केही समय विष्टसँग जेलमा बसेका वर्तमान प्रधानमन्त्री केपी ओली यसरी सम्झन्छन् विष्टलाई- “उनी महान मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी। यी रूपचन्द्रका विशेषता हुन्।”

थाहा आन्दोलनको सुरुवात

वि.सं. २०२९/३० सालतिर रूपचन्द्र बिष्टले थाहा आन्दोलन सुरू गरे। रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए।

‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो। यस आन्दोलनको सबैभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन। यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो।
उनी भन्थे, “थाहा पा भाते, जान् भाते, बुझ् भाते” थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो।’

थाहा एक दर्शन हो

रूपचन्द्र विष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन्। श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन्। मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन्।

एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण गर्योक। थाहा अभियानका त्यतिवेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन्।

शिक्षामा योगदान

आफ्नै र जनताको जनश्रमदानद्वारा पालुङको जनकल्याण मावि बनाए। “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अतियथार्थमुखी, कर्तव्यमुखीवाहेक, पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता रु नाता ठूलो कि न्याय ‘स्वार्थ ठूलो कि निस्वार्थ ’ उनको यो भनाई २०३९ सालको स्थानीय चुनावको पर्चामा समेत लेखिएको थियो।

पञ्चायतीलाई चितुवाको संज्ञा

उनी भन्ने गर्थे “पैसाबाट सत्यता, पदबाट इन्साफ, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुण्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र, पाइन्छ भन्नेले लगाउँछन् चितुवालाई बाख्राको गोठालो।

उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिन्थे। उनले खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्न भएको उल्लेख गरेका छन्।

आन्दोलनको मुख्य उद्देश्य

उनले तीन दशक थाहा आन्दोलन चलाए। यस आन्दोलनको मुख्य सार थियो, ‘निष्पक्ष सक्रियताको अभ्यास। अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु।

विष्टले चुनावको पर्चा बेचेर खर्च जुटाउँथे

रूपचन्द्र विष्टले २०३८/०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए। उनी पर्चापम्पेलेटहरूमा तस्विर हैन विचार लेख्थे। तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे। उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन्। मात्र विचार बाँडे।

उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे। तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाई थियो। राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक वर्चस्व राख्न सक्ने महान योद्धा थिए। उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए।

आफ्नो लागि आफैं लड्नुपर्छ

उनी हमेसा भन्ने गर्थे, “श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ।दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ। श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ।

अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ। श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ। जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ।” उनको यो भनाई आज पनि गुञ्जीरहेको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...