pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

रुदानेको २४ औं स्मृति दिवस :-थाहा,हेटौंडा र काठमाडौंमा बिबिध कार्यक्रम ।

FB_IMG_1687440892885-1687441072.jpg

राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले समकालीन राजनीतिक दलहरूको नेतृत्व तहमा इमान्दारिताको खडेरी देखिएको भन्दै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टबाट सिक्नुपर्नेमा जोड दिएका छन्।


विष्टको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विष्टलाई जनमुखी र इमानदार राजनीतिज्ञको रुपमा स्मरण गरिएको हो। रुपचन्द्र विष्ट स्मारक समिति र मकवानपुरे समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा कांग्रेस नेता तथा सांसद् अर्जुननरसिंह केसीले विष्टलाई सामाजिक हितका निम्ति जीवन अर्पिने जनमुखी नेताका रुपमा सम्झिनुपर्ने धारणा राखे।
अहिलेका नेताहरू जनताको हितका निम्ति नभइ ठूलठूला भ्रष्टाचार काण्डको ढाकछोपका निम्ति मात्रै एकजुट हुने गरेको केसीको भनाइ थियो।
नेता केसीले विष्टको वैचारिक स्वतन्त्रता र स्पष्टताको आफू प्रशंसक भएको बताए। विष्ट सदैव न्यायका लागि निष्पक्ष भएको भन्दै अहिले हामी निजी स्वार्थमा सक्रिय भएको बताए।
‘विष्टले निजी स्वार्थलाई छोड्नुभयो।  हामी निजी स्वार्थमा अड्कियौं’, उनले भने, ‘ अहिले देशमा भइरहेको भ्रष्टाचारमा सम्पूर्ण पार्टी नेतृत्व एक छ। यसले के देखाउँछ भने हामीले विष्टको विचारलाई ग्रहण गर्न सकेनौं।’
देशमा विभिन्न समस्याहरू विद्यमान रहेको भन्दै नेता केसीले यस्तै अवस्था रहे देशमा अराजक आन्दोलन हुन सक्नेतर्फ संकेत गरे। जबसम्म देशमा निष्पक्ष सक्रियताको अभ्यास हुन सक्दैन तबसम्म समाज सुधार हुन नसक्ने उनको तर्क थियो।
अन्तर्क्रियामा बोल्दै रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष तथा पूर्वसांसद् रामनारायण बिडारीले विष्टको कुनै पनि सिद्धान्त पूरा हुन नसकेको बताए।
उनले थाहाका प्रणेता विष्टलाई नेपालका कुनै पनि राजनीतिक दलले बुझ्न नसक्दा समस्या पैदा भएको जिकिर गरे। बिडारीले ‘दल छाडी पद, पद छाडी दल’, ‘व्यवस्था निर्दलीय, राजनीति बहुदलीय’ लगायतका विष्टका आधारभूत राजनीतिक सिद्धान्तबारे गम्भीर विमर्श हुनुपर्नेमा जोड दिए।
‘रुपचन्द्रले जनमुखीतन्त्र अपनाउनुपर्ने कुरा बारम्बार दोहोर्‍याउनुहुन्थ्यो। उहाँले बोलेका कुरा व्यवहारमा उतार्नु पनि हुन्थ्यो’, उनले भने, ‘तर, उहाँको जस्तै व्यवहारमा कुनै पनि राजनीतिक दलका नेतामा देखिएको छैन।‘
विष्टको कि दल छोडौं, कि पद छोडौं भन्ने विचारलाई आफूहरूले मनन गर्नुपर्ने जिकिर गरे। ‘विष्टको भनाइ आज पनि नेपालका लागि अतिपयोगी छ’, बिडारीले भने।
यस्तै माओवादी केन्द्रकी नेता शशी श्रेष्ठले अहिले नेताहरूले बोल्ने एउटा र व्यवहारमा अर्को गर्ने गरेको बताइन्। यो अवस्था देख्दा आफूलाई विष्टको अभाव खड्किरहने उनले जिकिर गरिन्।
‘विष्टले आफ्नो जीवन कालमा कहिल्यै छलछाम गर्नुभएन,  जे बोल्नु भयो त्यो व्यवहारमा देखाउनु भयो। जे व्यवहारमा देखाउन सक्नुहुँदैन थियो। उहाँले त्यसलाई बोलेर ढोंग पिट्नु भएन’, नेता श्रेष्ठले भनिन्, ‘उहाँले गरिब र महिलाको भाषण गर्नु हुन्थ्यो। उनीहरूकै जीवन बाँच्नु हुन्थ्यो।‘
अहिलेका नेताले अंगाल्ने विचार सिद्धान्तहरू व्यवहारमा तारतम्य नमिलेको उनले बताइन्।  यदि विष्टलाई सम्झिने हो भने उनको सिद्धान्तलाई अगाल्नु पर्ने श्रेष्ठले बताइन्।
विष्टलाई दुश्मनले चिन्यो तर, जसले चिन्नुपर्ने हो उसले चिन्न नसकेको श्रेष्ठको दाबी थियो। राजनीतिक इमानदारिताको आवश्यक भएको समयमा विष्टको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने उनको तर्क थियो।
प्राध्यापक चिरञ्जीवी खनालले विष्टको जीवनलाई विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क गरे। विष्टले युवाहरूलाई सधैं प्राथमिकता दिनुपर्ने बताउने गरेको उनले उल्लेख गरे।
एकजनाको विचार बोकेर हिँड्ने मन्डले हुन् भन्ने विष्टको बुझाइ रहेको खनालले बताए।  खनालले आफू युवाकालमा पत्रकारितामा लाग्दा धेरै पटक विष्टसँग भेट भएको र आफू सदैव मोटिभेट हुने गरेको बताए।
‘विष्टको भाषणमा आउने दर्शनले सबैको मन जित्न सक्थ्यो।  असाध्यै सुन्दर पक्ष हो। उहाँको बुझाई र भनाइ एकदमै गम्भीर हुन्थ्यो सधैं। राष्ट्रिय पन्चायतमा विष्टको भाषणले युवालाई मात्र होइन समाजको तल्लो तहका व्यक्तिको अधिकार सदैव अट्थ्यो’, उनले भने।
यस्तै, नेकपा एमालेका नेता विजय सुवेदीले विष्टको अभाव सदैव खट्किने बताए। धेरै पटक विष्टको भाषण सुन्दा आफू उनको विचार र नीतिको अनुयायी बनेको उनले बताए।
 विष्टले जीवनमा संगठन निर्माण गरेको भए आमूल परिवर्तन हुन सक्ने विचार व्यक्त गरे।  सुवेदीले सुशासन र रोजगारी प्रवर्द्धन गर्दै पिछडिएका समुदायको जीवनस्तर उकास्नका निम्ति विष्टका दर्शन, सिद्धान्त र विचारहरूलाई पच्छ्याउनुपर्ने धारणा राखे। 
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले समाज बदल्न विष्टले परिवारमा समेत विद्रोह गरेको बताए। आफू सम्पन्न घरमा जन्मिएर पनि विष्टले सदैव गरि खाने वर्गको पक्षमा लडेको बताए। विष्टले केही समयमा दामन भ्यु टावरमा बसेर पनि काम पनि गरेको कुरा उनले उल्लेख गरे।
‘भ्यू टावरमा बसेर नेपालका हिमालका दर्शनबारे विदेशीलाई सुनाउनु हुन्थ्यो । हिमालको ज्ञाता हो उहाँ’, उनले भने, ‘  विष्टले टेलिस्कोपबाट हेरेर खगोलको बारेमा पनि भन्नू हुन्थ्यो। उहाँ खगोलको ज्ञाता पनि हो।’ दामनमा विष्टको नाममा दुरबिन राखेर खगोलका बारेमा पनि अध्ययन गर्नुपर्ने श्रेष्ठले बताए।
रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए। त्यसबेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।
विष्टले ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद, छोराछोरी दुवै पढाउने जिन्दावाद’ जस्ता नारासहित अभियान चलाएका थिए। उनले छोराछोरीलाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए।

विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थाहा नगरमा आयोजित कार्यक्रममा वक्ताहरुले बताए ।

थाहा नगरपालिकाको आयोजनामा नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा विकास घरको प्रागनमा रहेको रुदानेको सालिकमा माल्यार्पण गरियको थियो।

कार्यक्रमको अवसरमा वक्ताहरुले श्रमलाई प्रधानता दिनसके बिष्टलाई सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा उपप्रमुख भरत गोपाली,रुपचन्द्र बिष्ट स्थानिय स्मारक समितिका अध्यक्ष बिमल कुमार बिष्ट ,नेपाली कांग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी ,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,जिल्ला बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल,भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की लगायतकाले रुपचन्द्र बिष्ट र थाहा दर्शनको बारेमा चर्चा गरेका थिय भने कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,वडा अध्यक्ष हरु,जनमुखी सहकर्मीको उपस्तिथि रहेको थियो।
रुदाने २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। प्रजातन्त्रवादी विचार भएकै कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी पक्राउ परेका थिए। 
१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका बिष्टको देहावसान २०५६ असार ७ गते भएको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...