Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

राजनीतिक अन्याैलताले उब्जाएका प्रश्नहरु ?
:- सानोभाइ कार्की  

sanobhai-11-1669284478.jpg

 राजनीति समाज परिवर्तनको मेरुदण्ड हो । शासन पद्धतिमा नीति नै मुल आधार भएकोले मुल नीतिको सुदृढीकरण नहुदासम्म समाज र राष्ट्र परिवर्तन असम्भव नै हुन्छ ।वर्तमानमा नेपालको राजनीति गन्तब्यहिन यात्रामा निस्केको यात्री झै भएको कुरा स्वीकार गर्न असजिलो भएपनि यथार्थ परक छ भन्दा अतिशयोक्ती हुदैन ।लोकतान्त्रिक गणतन्त्ररुपी रथबाट यात्रारत नेपाली राजनीति दलहरु र ती दलका कार्यकर्ताको आचरण ,शैली र पद्धतिमा अर्जुन दृष्टि लगाउने हो भने व्यबहार एकातिर  र बोली अर्कोतिर  भएको तथ्य सबै सामु छर्लङ छ ।राजनीतिको मुल कडी,को सत्तामा गयो वा को प्रतिपक्षमा छ भन्नू भन्दापनि  उस्को चिन्तन र व्यवहार कहाँ हुदा कस्तो रह्यो भन्ने नै हो ।जुन कुरा दलको स्पष्ट दृष्टिकोण मा नै भर पर्दछ ।


      अहिले नेपाली राजनीतिको मैदानमा हेर्दा जसरी भएपनि  ठूलो दल बन्नु पर्ने र सत्तामा जानू नै प्रमुख रणनीति र कार्यनीति भएको भान भैरहेको छ ।कार्यकर्ताहरु बिच रणनीति र कार्यनीतिको सवाल फरकफरक बताइएपनि  सर्वसाधारणले छुट्याउन सकिरहेका छैनन ।तेसो भएकोले परिणामस्वरूप दलीय सत्ता आरोहणमा लिप्सिने स्वार्थलाई राम्ररी पहिचान गरेका कार्यकर्ताहरुमा दलीय सैद्धान्तिक जिम्मेवारी वा कर्तब्यपालना भन्दा स्वेच्छाचारी मनोभावनाको चरम बिकास भैरहेको आभास भएको छ ,जुन लोकतान्त्रिक गणतन्त्रको लागि गम्भीर संकट हो ।दलीय अनुशासनबिहिनता र कार्यकर्तामा आएको स्वेच्छाचारी ब्यबस्थाप्रतिको विश्वास घट्न गै नसोचेको बिकल्पको सामना गर्नु पर्ने परिसूचक वर्तमान आम निर्वाचनको संकेत मान्न सकिन्छ ।


  यसो भन्दै गर्दा यो किन भयो ? हरेक नतीजामा तेस्को कारण हुन्छ भन्ने शास्वस्त नियमलाई आधार मान्दा एउटै साझा उत्तर हुन्छ कि पदीय जिम्मेवारीको पालना नहुनु ।हातमा कलम हुँदा के लेख्छ ,मन्च पाउँदा के बोल्छ भन्दा पनि अवसर पाउँदा के गर्छ ? भन्ने नै प्रधान हुन्छ ।हाम्रो दलहरुको दल स्थापनाको घोषणा पत्रलाई अध्ययन गर्दा र चुनावी प्रतिबद्धतालाई नियाल्दा शिक्षा ,स्वास्थ्य,खानेपानी ,रोजगार ,सुरक्षा लगायतका क्षेत्रमा बिकास गरि मुलुकलाई सम्बृद्द र जनतालाई सुखी बनाउने कुरामा कोही कतै चुकेको पाइन्न । यद्यपि  हाम्रो देश वर्तमान दुई ठुला छिमेकी देश चीन र भारत जुन क्षेत्रफलमा मात्र होइन आर्थिक स्तरमापनि नेपालभन्दा कैयौ गुणा अगाडि रहेको ,मुलुक भुपरिवेष्ठित रहेको ,आन्तरिक उत्पादनमा सबल र सक्षम हुन नसकेको वर्तमान परिस्थितिमा हाम्रो सम्वृद्दीका लागि कृषिको आधुनिकीकरण ,पर्यटनको भरपुर बिकास र जलशक्तिको उपयोग गरी अन्य मुलुकको दाजोमा पुग्न सकिने ठहर सबैको छ ।लेखाइमा छ ,बोलाइमा छ तर गराइमा नहुदा यी प्रमुख र महत्वोपुर्ण आधारहरुपनि ओझेलमा परेको तथ्य दिनको घाम झै छर्लङ छ ।कृषि उत्पादनमा आधुनिकीकरणको लागि पर्याप्त लगानीको अभाव हुदा बैदेशिक आपूर्तिमा भर पर्नु पर्ने ,पर्यटनको बिकासका लागि पुर्वाधार बिकासमा नै अलमलमा पर्नु र विध्युत उत्पादनमा सबलीकरणको लक्षण हुँदै गर्दा बजारको संकट देखा पर्दै जादा शारीरिक र मानसिक सबल भएका युवाहरु दिनकै १५००/२००० सम्म श्रमको बजार खोज्न  बिदेशिनु परेको परिस्थितिले यी लक्ष र भरको के भरोसा गर्ने चुनौतीपूर्ण सवाल छैन र ?
    यहाँ टिथ लाग्दो प्रसङ्ग त अझ के छ भने मुलुकमा प्रजातान्त्रिक ब्यबस्था लागु भएको ३३ वर्षको मध्य युवा उमेर र लोकतान्त्रिक गणतन्त्र नेपालको विधिवत घोषणा भै क्रियाशील रहेको पनि करिब दुई दशक पुग्न लाग्दा भएको मुलुकको मुल नीति निर्माताहरुको निर्वाचन भैरहदा कैयौ युवाहरु रुदै कामको लागि बिदेशिनु परेको कारुणिक दृश्यले हाम्रो ब्यबस्थापकिय पाटोलाई जिस्क्याइरहेको भान हुदैन र ? हरेक चुनावमा स्वरोजगारको नारा लगाइरहने राजनीतिक दलका नेताहरुलाई यस्ले के जवाफ दिइरहेको होला मननीय छैन र ?अहिले कै निर्वाचनमा देखिएको जनमतको आकलन गर्दा के यस्ले थुप्रै सवालजवाफको उत्पति गराएको छैन र ?

   यी र यसप्रकारको परिस्थितिको सुक्ष्म विश्लेषण गर्ने हो भने पाइने तथ्य भनेको दलीय जिम्मेवारी र उत्तरदायित्वको गहन उल्लंघन नै हो ।राजनीति दर्शनबाट अभिप्रेरित हुन्छ ।दर्शनको आधारमा दर्शनलाई कार्यान्वयन गर्ने सिद्धान्त बनाइएको हुन्छ । उक्त सिद्धान्त दलको बिकासको मुल नीति र मार्ग हो ।यही मार्गबाट गरिने कृयाकलाप राजनीति हो हिनु पर्दछ ।तर यस्को बर्खिलाप गर्दै यी अवधिमा भएका र गरिएका गतिविधि भनेको एक वा अर्को तर्क निकालेर सत्ता आरोहण मै केन्द्रित रहेको पाइयो ।सत्ताशीन भै श्रोत र शक्ति हात पारेपछी पुरानै प्रतिक्रियावादी भनिएको ब्यबस्थाको शैलीलाई उछिन्ने गरि शासन गरियो ।राम्रोलाई भन्दा हाम्रोलाई अवसर दिने ,मौकामा कमाउनु पर्छ भन्ने मानसिकताको बिगबिगी ,अब यो अवस्थाबाट विचलित हुनु पर्दैन भन्ने निरंकुश शैलीले भरपुर काम गर्यो ।तर नाम लोकतान्त्रिक गणतन्त्र भन्न छाडिएन ।परिणाम निर्वाचनको बेला देखा पर्यो ।किनकी प्रजातान्त्रिक ब्यबस्थाको सुनौलो पक्ष भनेकै आवधिक निर्वाचन प्रणाली नै हो ।सचेत नागरिकहरुले दल भन्दा ब्यक्ति रोज्न थाले । स्थानीय निर्वाचनमा मुलुकको राजधानी काठमाडौ,धरान र धनगढीमा स्थानीय सरकार गठनका बेला  स्वतन्त्र उम्मेदवारको विजय हुनु र तुलनात्मकरुपमा दलीय शासकहरु भन्दा लोकप्रिय काम गर्न सक्नु युवाशक्तिकालागि ज्वलन्त र प्रेरणाको श्रोत बनेको कुरा संघिय र प्रदेशको चुनावले पनि देखायो ।युवा जोशले मोड फेर्यो ।यद्यपि स्मरणीय विषय के हो भने ,दलीय ब्यबस्थामा स्वतन्त्र उम्मेदवारको भुमिका गौण नै हुन्छ ।यस्को भुमिका भनेको दलीय गैर जिम्मेवारीको पक्षलाई सन्सदमा बुलन्द आवाज उठाउनुमात्र हो ।आवाजले दलीय पद्धतिमा कुनै असर नपर्ने कुरा हालै गठबन्धनको सरकारले सत्ता चलाइरहदा प्रतिपक्ष पार्टी ने क पा एमालेले सन्सद अवरुद्ध हुने गरि गतिविधि चलाईरहदा समेत उपलब्ध सान्सदहरुबाट महत्वोपुर्ण बिधेयकहरु पास भैरहेको तथ्यलाई आधार मान्दा हुन्छ ।यहासम्म कि मुलुककै लागि पराधीन हुने एम सी सी  पास गर्दा समेत उपलब्ध सान्सदहरुको ध्वनी मतले पास गर्ने राजनैतिक संस्कार र शैली भएको दलहरु र आफ्नै दलकाहरुलाई भिन्न मत राख्दा किनारा लगाउने नेतृत्व भएको वर्तमान परिप्रेक्ष्यमा  स्वतन्त्र ब्यक्त्तिको भुमिका र उनीहरुबाट लिने आशा र भरोसा भनेको केबल रिसको आवेगमा लिइने बैकल्पिक बाटो मात्र हो ।

अर्कोतिर  स्वतन्त्र पार्टी वा ब्यक्ति हरुको राजनीतिक दर्शन ,सिद्धान्तकाआधारमा गरिने संकल्प त हो ,तर त्यो संकल्प पूरा गर्न नसके गर्ने के भन्ने उत्तर खोजेर पाइने वस्तु नै होइन । किनकी त्यहाँ न सन्सदीय समिती हुन्छ न कोही कसैको व्हीपको सामना गर्नु पर्छ । अत यो मुलुकलाई सम्वृद्द बनाउने हो र नेपाली जनताहरुको सुखी जीवन हेर्न चहाने  हो भने राजनैतिक दलहरु नै सुदृढ हुनुको बिकल्प छैन । ती दलहरु र तिनमा देखिएका नेताहरुले राष्ट्र ,राष्ट्रियता ,राष्ट्रिय एकता र नेपाली जनताहरुको सार्वभौमसत्ता सम्पन्नतालाई आफ्नो मुल कर्म बनाउन अभिप्रेरित गर्ने र तेसो नगर्नेहरुलाई उनिहरुको भुमिकामा अबरोध पैदा गर्ने ,दलीय दृष्टिकोणमा आच ल्याउन प्रयत्न गर्ने बोली व्यवहार र गतिविधिका आधारमा जिम्मेवारी थप गर्दै जाने ,उनीहरुको श्रोत नखुल्ने आय आर्जन माथी कडा निगरानी राख्ने र सम्झौता हीन कार्बाही गर्ने नीति अवलम्बन गर्न जरुरी छ । यसो गर्नका लागिदलको मुल नेतृत्व अरु भन्दा बढी सदाचारी ,दृष्टिकोण युक्त ,नीतिमा स्पष्ट ,लक्षमा प्रतिबद्ध हुन जरुरी छ । अहिलेसम्म भएको यो राजनैतिक स्खलन यही आचरण र ब्यबहारको खडेरी हो ।परिणामस्वरूप मुलुकमा गालीगलौजको संस्कृति भित्रिएको ,मुलुक यथास्थिति भन्दा नकारात्मक मार्गमा लम्किएको ,युबा बिहिन मुलुक बनेको ,छिमेकिहरुको चौतर्फी आक्रमण मा परेको ,राजनैतिक ,आर्थिक ,सामाजिक अतिक्रमणमा समेत पक्ष बिपक्षको बहस हुने गरेको लगायतका बिकृती र बिसङती मौलाउनु दलीय राजनीतिक अपरिपक्वता र मुलुक परिवर्तनको स्पष्ट दृष्टिकोणको नै अभाव हो ।अत यी परिस्थितिको आत्मसात गरि आगामी दिनमा मुलुक सम्वृद्दिको बाटोमा अघि बढोस कामना !!    

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg