Thursday, 02 May, 2024
विचार / अन्तरवार्ता

महिला मुक्ति: नवीन जागरणका चुनौती

aahuti-1686634773.jpg

 

विषय प्रवेश

 

विश्व परिवेश

मानव समाजमा सबैभन्दा लामो सामुदायिक दुःख महिला दुःख हो जसको लम्बाई अझै लगातार बढिरहेछ । तथ्याङ्कले प्रष्ट बताइरहेका छन्, आज पनि एक अर्बभन्दा बढी महिलामाथि दैनिक हिंसा भइरहेछ । प्रत्येक चार सेकेन्डमा एउटा महिला बलात्कारको घटना घटिरहेछ । अपवादबाहेक विश्वका प्रत्येक मुलुकका महिलाको एउटा अभावग्रस्त पङ्क्ति वेश्यावृत्तिमा लाग्न बाध्य छ । नग्नता र यौन सिनेमाको कथित सभ्य उद्योगमार्फत महिला हात हातमा नाङ्गिएर बेचिन बाध्य छन् । संसारभरिका बहुसङ्ख्यक श्रमजीवी महिला गरीबी, घरेलु हिंसा, बेरोजगारी, असमान ज्याला, युद्ध, शरणार्थी सकस अनि परम्परागत रुढिजन्य प्रथा जस्ता भीषण समस्याबाट पुरुषभन्दा हजारौँ गुणा शोषित पीडित हुन बाध्य छन् भने मध्यम वर्ग र पुँजीपति वर्गमा रहेका महिला पनि मालका रूपमा महिलामाथि गरिने पितृसत्ताको कहरबाट मुक्त छैनन् । हुन त चार सय वर्षभन्दा लामो दुनियाँको लुटपाटबाट वैभवपूर्ण बन्नपुगेको आधुनिक युरोपका महिलाको स्थिति सापेक्षतामा सहज भएको मानिन्छ, त्यो यथार्थ हो पनि, तर रङ्गीविरङ्गी नारीवादमार्फत लगातार त्यहाँ भइरहेको महिला रोदनले यो यथार्थ पनि दुनियाँले बुझ्नेगरी बताइरहेको छ कि युरोपेली महिलाको मुक्तिको कामना पनि कतै अड्किएर बसेको छ ।

 

आज जतिसुकै आधुनिकताको कुरा गरे पनि संसारभरि महिलाको मूल रूपमा जम्माजम्मी दुइटा बिम्ब बन्न पुगेको छ । एउटा, दासीको बिम्ब । अर्को, बिकाउ मालको बिम्ब । यसप्रकारको समग्र सामाजिक अवस्थालाई अगाडि राखेर हेर्दा मानव समाजको सामाजिक प्रगति निकै कुरुप देखिन्छ, विभत्स लाग्दछ । महिलाको नजरबाट आज पनि मानव सभ्यता दास युगको परिमार्जित निरन्तरता नै हो, फरक यति मात्र हो कि महिलाको अवस्थालाई हेर्ने भाष्य र बयानबाजी धुर्तता बदलिएका छन् । महिला समस्या युगानुयुग प्रकृतिको भयजनक भएर पनि आज महिला मुक्ति आन्दोलनका संसारमा तुफानी केन्द्रहरू विकसित भइरहेका छैनन् । संसारभरि केही नभएका पनि होइनन् तर ती प्रगतिशील विश्व जन्माउने तुफानी केन्द्रमा रुपान्तरण हुने लयमा छैनन् ।

दास युग र सामन्तवादी युगमा महिला विद्रोहीको प्रयत्न विभिन्न शास्त्रीय मिथकमा पाइए पनि ती भरपर्दा इतिहासिद्ध छैनन् । महिला मुक्तिको सुदृढ वैचारिकीसहितको आन्दोलन भने पुँजीवादी व्यवस्था स्थापनासँगै अगाडि आए । पुँजीवादी व्यवस्थाले श्रमिक महिलामाथि लादेको अथाह शोषण र उत्पीडनका विरुद्ध श्रमिक महिलाले नै महिला मुक्तिको राँको बाल्न सुरु गरेका हुन् । सन् १८५७ को अमेरिकी गार्मेन्ट श्रमिक महिलाको विद्रोहदेखि सन् १९१० को श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनसम्मको सङ्घर्षमय यात्रा यस विषयको ठोस प्रमाण हो । त्यस चरणको आन्दोलनले महिला मुक्तिको ठोस राजनीतिक कार्यक्रम समाजवादी समाज निर्माणलाई बनाएको थियो । त्यसैको उच्चतम बिन्दुका रूपमा रुसी महिलाको अपार सहभागितासहित रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । कम्युनिस्ट नेतृत्वको पहिलो राज्य सोभियत सङ्घले महिला मताधिकारलाई विश्वव्यापी बनाउन, नारी मुक्तिको महत्व स्थापित गर्न ८ मार्चको दिवसीय परम्परालाई सर्वस्वीकार्य बनाउन पहल लियो । समान कामको समान ज्यालादेखि राजनीतिमा महिला सहभागिताको मुद्दालाई गुणात्मक रुपमै अघि बढायो ।

 

कम्युनिस्टहरूको यो पहलले विश्व पुँजीवाद महिला मुद्दामा निकै नै रक्षात्मक बन्न पुग्यो । त्यसपश्चात् संसारभरि सङ्गठित भएका श्रमिक वर्गीय कम्युनिस्ट आन्दोलनले महिला मुक्तिका मुद्दालाई आमूल परिवर्तनको एउटा मुख्य मुद्दाको रूपमा अगाडि बढाउने वातावरण बन्दै गयो । दोस्रो विश्वयुद्धको आसपासमा साम्राज्यवादविरोधी विश्वव्यापी लहर उठ्यो । चीन, भियतनाम, कोरियादेखि पूर्वी युरोप हुँदै अफ्रिकाका कैयौँ देशसम्म कम्युनिष्ट क्रान्ति अगाडि आए र ती राज्यहरूले महिला मुक्तिका सन्दर्भमा एउटा प्रगतिशील धुरी निर्माण गरे । यसरी सन् १८५७ देखि १९५९ को क्युबाली क्रान्तिसम्मको सय वर्षको अवधि महिला मुक्तिका सन्दर्भमा पहिलो स्वर्ण शताब्दी बन्न पुग्यो । यो अवधिका संसारभरिका महिलाका निम्ति प्रेरणाको तुफानी केन्द्रको रूपमा कम्युनिष्ट शिविर रह्यो ।

 

अर्कातिर कम्युनिष्ट शिविरले श्रमिक वर्ग र महिलाका सन्दर्भमा चालेका असाधारण महत्वका समाजवादी परिवर्तनबाट आतङ्कित भएर पुँजीवादी देशहरूले कैयन सुधारका नीति लिन बाध्य भए भने सँगसँगै नारी मुक्तिका सन्दर्भमा भ्रमपूर्ण विचारका खेतीपाती पनि सुरु गरे । त्यस सिलसिलामा माक्र्सवादी विचारधारामाथि प्रहार गर्न पुँजीवादी देशका थुप्रै विश्वविद्यालयमा समाज अध्ययनको नाममा इन्स्टिच्युटहरू सञ्चालन गरिए । त्यसमध्येको सबैभन्दा चर्चित जर्मनीको फ्र्याङ्कफर्ट स्कुल रहेको यथार्थ सर्वविदितै छ । सोभियत सङ्घ र विभिन्न कम्युनिस्ट मुलुकमा समाजवाद निर्माणका सन्दर्भमा ती मुलुकभित्र चलेको भीषण वर्ग सङ्घर्ष एवं कैयन् अपुग तथा विकृतिबाट निराश हुन पुगेका बौद्धिकहरूमा नारी मुक्तिका सम्बन्धमा वैकल्पिक चिन्तन गर्ने प्रवृत्ति देखा पर्न थाल्यो । त्यस क्रममा पुँजीवादी उत्पीडनबाट थिलथिलो भएका र समाजवादप्रति पनि ढुक्क हुन नसकेका विभिन्न प्रवृत्ति नारीवादका विभिन्न स्वरूपमा प्रकट हुन थाले ।

 

विभिन्न नारीवादी प्रवृत्तिले पुँजीवादी पितृसत्ताको सुन्दर चित्रण र नारी उत्पीडन एवम् अस्तित्वका शानदार व्याख्या अघि सार्दा सार्दै पनि ती प्रवृत्तिसँग वैकल्पिक विश्व व्यवस्थाको ठोस खाका र त्यसलाई प्राप्त गर्ने रणनीति एवं सङ्गठनको योजना थिएन जसले गर्दा नारीवादका विभिन्न प्रवृत्तिका रूपमा देखा परेका ती जागरणले गुणात्मक फड्को मार्न सम्भव थिएन र पटकपटक उठ्दै ती थला पर्न बाध्य भए । सोभियत सङ्घ भित्र सङ्घ समाजवाद निर्माण र महिला मुक्तिका सन्दर्भमा समस्याहरू बाँकी थिए किनकि त्यो पहिलो सिकारु समाजवाद थियो, तर सन् १९५६ पछि भने समाजवादलाई तीब्र रूपमा पुँजीवादमा रुपान्तरण गर्ने प्रतिक्रान्तिको त्यहाँ सुरुवात भयो ।

पैतृक सम्पत्तिमा समान अधिकारको विषयले व्यापक श्रमजीवी वर्गका महिलालाई खास फरक पार्दैन किनभने हिजोको निम्न मध्यमवर्गको पुरुष नै जीविका नचलेर विदेश नगई बाँच्न नसक्ने अवस्थामा पुगिसक्यो । ‘समान कामको समान ज्याला’को बुँदा करिब पाँच लाख सरकारी रोजगारीमा मात्र काम लाग्दछ ।

सन् १९९० सम्म पुग्दा विश्वव्यापी रूपमा भित्रभित्रै खोक्रो भएका समाजवाद ढल्न पुगे । नाममा समाजवाद नै रहेको विशाल चीन पनि राज्य नोकरशाही पुँजीवादमा यात्रारत भइसकेको छ । यसरी १९५९ सम्म अघि बढेको महिला मुक्तिको क्रान्तिकारी शिविर आज छैन । आज विश्वव्यापी रूपमा छरिएरको कम्युनिष्ट आन्दोलनसँगै क्रान्तिकारी महिला आन्दोलन बनाउन प्रयासरत त छन् तर कुनै तुफानी केन्द्र बनिसकेको छैन । यस्तो विकलाङ्ग परिवेशबीच महिला मुक्तिका सन्दर्भमा नारीवादका विभिन्न प्रवृत्ति सतहमा हाबी हुन थालेका छन् जसको गन्तव्य पुँजीवादमा सुधारभन्दा पर छैन । एक प्रकारले आज नारी मुक्ति आन्दोलनका सन्दर्भमा पुँजीवादले उत्पीडन गर्ने र पुँजीवादकै भगिनीका रूपमा रहेका विभिन्न नारीवादी प्रवृत्तिले विरोध गर्ने जस्तो टिठलाग्दो परिवेश बन्न पुगेको छ ।

नेपाल सन्दर्भ

नेपालमा सामन्तवादको विरोधबाट नारी मुक्ति आन्दोलन सुरु भयो । सन्त योगमायाबाट सुरु भएको यो प्रयास राणा नेतृत्वको सामन्तवादविरोधी राजनीतिक आन्दोलनको अभिन्न अङ्ग बन्दै सङ्गठित रूपमा अगाडि बढ्यो । सुरुमा महिला समिति, नेपाल महिला सङ्घ हुँदै अखिल नेपाल महिला सङ्घ र त्यसका विभिन्न भङ्गाला हुँदै विकसित भयो । महिला आन्दोलनमा कम्युनिस्ट महिलाहरूको पहलकदमी पछि नै २०३६÷३७ को आसपासमा पुग्दा महिला मुक्तिका आधारभूत मौलिक मुद्दा सूत्रबद्ध हुन पुगे । पैतृक सम्पत्तिमा समान अधिकार, समान कामको समान ज्याला जस्ता महत्वपूर्ण नाराहरू त्यसपछि नै सूत्रबद्ध भएका हुन् । त्यस यता नै महिला मुक्तिका निम्ति वर्गविहीन र निजी स्वामित्वबिनाको राज्य व्यवस्थाको लक्ष्य राख्न थालिएको हो । त्योभन्दा अगाडि महिला आन्दोलनको नारा बालविवाह, बहुविवाह आदिको विरोध र राजनैतिक स्वतन्त्रताको वरपर मात्र सीमित थियो । नेपालमा पूँजीवादी धाराभित्रको महिला आन्दोलनले राजनीतिक स्वतन्त्रताको सङ्घर्षमा सरसहयोगको भुमिकाबाहेक अन्य काम गरेन । कम्युनिस्ट राजनीतिले भने महिलाहरूमा व्यापक जागरणसहित बलिदानका पटक पटक कृतिमान खडा गर्दै अघि बढ्यो । महिला सामथ्र्य र बलिदानको सबैभन्दा ठूलो कीर्तिमान दशवर्षे जनयुद्धमा दुनियाले देख्ने गरी स्थापित भयो ।

 

जनयुद्ध र जनआन्दोलनपछि गठन भएको संविधानसभाबाट नेपाली महिलाका समस्या समाधान हुने बाटो खोल्ने अपेक्षा सर्वत्र राखिएको थियो । त्यस्तो अपेक्षा किन पनि थियो भने पूँजीवादी व्यवस्था नै भएपनि उत्पीडितका मुद्दा समाधान गर्ने मोडेलको नयाँ व्यवस्था स्थापना हुने ठानिएको थियो । तर त्यस्तो हुन सकेन । राजनीतिक व्यवस्था विश्व साम्राज्यवादको दलाली गर्ने दलाल पुँजीवादी व्यवस्था नै स्थापित हुन पुग्यो जुन महिलामैत्री विश्वव्यापी रूपमा नै छैन । त्यस व्यवस्थाभित्रका खुद्रा मसिना प्रणाली पनि महिलालाई ठग्ने गरिने तयार भयो । जस्तै, निर्वाचन प्रणाली रूपमा हेर्दा महिलामैत्री लाग्ने तर सारमा पितृसत्ता नै हाबी हुने । संविधानका मौलिक हकमा कैयौं महिलामैत्री बुँदा समेटिएका छन् । वास्तवमा उत्पीडित समुदायमध्ये महिलाका बुँदा मात्र बढी समेटिएका छन् भन्दा पनि फरक पर्दैन । तर बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने संविधानमा समेटिएका महिलाका अधिकार मूलतः सामन्तवादविरोधी छन् । त्यसैगरी नवउदारवादी साम्राज्यवादी संरचनामा नेपाल ढालिनुभन्दा पहिलेका छन् ।

 

आज त नेपाल पुँजीवादी समाजमा रुपान्तरित भइसक्यो र नव उदारवादी साम्राज्यवादी डिजाइनको राज्य बनिसक्यो । त्यसैले संविधानमा लेखिएका सामन्तवादविरोधी महिलामैत्री बुँदाले आजका महिलाका आधारभूत समस्या समाधान गर्न सक्दैनन् । जस्तै, पैतृक सम्पत्तिमा समान अधिकारको विषयले व्यापक श्रमजीवी वर्गका महिलालाई खास फरक पार्दैन किनभने हिजोको निम्न मध्यमवर्गको पुरुष नै जीविका नचलेर विदेश नगई बाँच्न नसक्ने अवस्थामा पुगिसक्यो । ‘समान कामको समान ज्याला’को बुँदा करिब पाँच लाख सरकारी रोजगारीमा मात्र काम लाग्दछ । साम्राज्यवादी डिजाइनको निजीकरणको संरचनामा देशलाई लगिसकेकोले ‘समान कामको समान ज्याला’ को नीति साहुजीहरू लागू गर्न बाध्य हुँदैनन् । त्यसैगरी राज्य आज पनि हिन्दु उच्च जातीय अहङ्कारवादमा आधारित रहेकाले मधेसी, दलित, जनजाति, मुस्लिम आदि महिलामाथिको संरचनागत र सांस्कृतिक उत्पीडन जारी नै हुने भयो ।

 

हिजो नेपाली समाजका महिला घरभित्र दास थिए र जात, उत्पीडित जाति, उत्पीडित क्षेत्र आदिका नामबाट समेत उत्पीडित थिए भने अब दलाल पुँजीवादी व्यवस्थाका कारण चरम बेरोजगारीले गर्दा तीब्रताका साथ बिकाउ मालमा रुपान्तरण हुँदै जाने भए । आज इजराएलदेखि अफ्रिकासम्म महिलाहरूको सम्मानित वा अपमानित श्रम यात्रा त्यस्तो भयानक भविष्यको सुरुआत हो भनेर सजिलै बुझ्न सकिन्छ । यस्तो विकराल राष्ट्रिय परिवेशका विरुद्ध महिला आन्दोलन भने करिब मृत अवस्थामा पुगेको छ । हिजोका क्रान्तिकारी महिला आन्दोलनको मूल हिस्सा दलाल पूँजीवादी संसदवादको नोकरमा पतन भएको छ । महिलाविरुद्धको हिंसाको विरोध समेत गैर सरकारी संस्थाले मात्र बोल्ने जस्तो टिठलाग्दो वर्तमान आइलाग्या छ ।

महिलाको जनसङ्ख्या संसारभरि आधाभन्दा बढी छ तर उनीहरूलाई पितृसत्ताले आठ हजार वर्षदेखि उत्पीडन गरिरहेछ । यति हुँदाहुँदै पनि महिला जुरुक्कै विद्रोहमा उठ्न सक्दैनन् किनभने उनीहरूलाई गलत दार्शनिक मान्यताबाट प्रशिक्षित गरिएको छ ।

नारी मुक्तिको वैचारिकी एकाध मध्यमवर्गीय महिलाको व्यक्तित्व निर्माणको सीमाभित्र कैद भैराख्या छ । महिला मुक्तिको वैकल्पिक विश्व व्यवस्था निर्माणको व्यापक आयामको वैचारिकी कतै कुना पसे जस्तो भएको छ । यो साँच्चै एक प्रकारको डर लाग्दो परिवेश हो । यसप्रकार, विश्व परिवेश या नेपालको सन्दर्भ– जताबाट हेरे पनि महिला मुक्तिको कार्यभार आज जटिल बनेको सजिलै अनुभूत गर्न सकिन्छ । यस्तो विकट परिवेशलाई बदल्न सच्चा नारी मुक्तिका योद्धाले आज ऐतिहासिक पहलकदमी लिनुको अर्को विकल्प छैन । विचारधारा, राजनीति, सङ्गठन र सङ्घर्ष– चार वटै क्षेत्रमा नवीन जागरण सुरुवात हुनै पर्दछ । त्यस्तो नवीन जागरणका अगाडि आजको समयले गम्भीर चुनौतीहरू महिला आन्दोलनका अगाडि तेर्साएको छ । ती मुख्यतः निम्न छन्:

 

१. विश्व दृष्टिकोणको सवाल

विश्वदृष्टिकोण अथवा दर्शनको सवाल नारी मुक्ति आन्दोलनका सन्दर्भमा सबैभन्दा अनदेखा गरिएको विषय बन्न पुगेको छ । जबकि कुनै पनि वर्ग वा समुदायको मुक्तिको आन्दोलन खास विश्वदृष्टिकोणका आधारमा मात्र सही तरिकाले अघि बढ्न सक्छ । कोही आन्दोलनबाट निराश भएर पलायन हुन्छ भने दार्शनिक रूपमा ऊ कमजोर भएर हो । प्रत्येक मानिस चाहेर वा नचाहेर कुनै न कुनै दर्शनबाट चलिरहेको हुन्छ । आजको नयाँ पुस्ताको युवा जमातलाई दर्शनको महत्वबारे पूरै बेखबर बनाएर हुर्काइँदैछ । यो निकै नै खराब कुरा हो । महिलाको जनसङ्ख्या संसारभरि आधाभन्दा बढी छ तर उनीहरूलाई पितृसत्ताले आठ हजार वर्षदेखि उत्पीडन गरिरहेछ । यति हुँदाहुँदै पनि महिला जुरुक्कै विद्रोहमा उठ्न सक्दैनन् किनभने उनीहरूलाई गलत दार्शनिक मान्यताबाट प्रशिक्षित गरिएको छ ।

 

संसार यस्तै हो, बदल्न सकिँदैन, एक्लैले गरेर हुँदैन, हामी कमजोर छौं जस्ता गलत दार्शनिक मान्यताको सिकार हुनाले नै महिला जुरुक्कै विद्रोहमा उठ्न सक्दैनन् । महिलाहरूमा रहेको त्यो गलत दार्शनिक चेतना नहटेसम्म महिला मुक्तिको वास्तविक आन्दोलन अगाडि जान सक्दैन । मानव समाजमा दार्शनिक रूपमा दुई विश्वदृष्टिकोण छन् । पहिलो, आदर्शवाद । दोस्रो, द्वन्द्वात्मक भौतिकवाद । आदर्शवादी दर्शनले संसार र जीवन ईश्वरले रचना गरे, हाम्रा दुःखसुख र अवस्था पनि कतै अन्तैबाट तोकिएको हो भन्दछ । कुनै पनि वस्तु बदलिँदैन, तब हाम्रो अवस्था पनि बदल्न सकिँदैन भन्दछ ।

 

प्रकृतिका रहस्य जानेर सकिँदैन, तब हाम्रो मुक्तिको नियम पनि जान्न सकिँदैन भन्दछ । यसरी आदर्शवादीले जे छ त्यसैमा रमाउन अभिशप्त बनाउँछ । आजको समाज यही दर्शनबाट जन्मेदेखि हुर्किरहेको छ । द्वन्द्वात्मक भौतिकवादले चाहिँ संसार र जीवन लगातार परिवर्तनशील छ, परिवर्तनका नियम जान्दै जान सकिन्छ, जीवन र समाजलाई बदल्न सकिन्छ भन्दछ । आज जुन समाज छ, पहिले थिएन र आज जस्तो छ भोलि हुने छैन भन्दछ । आज सिङ्गै समाजको विचारधारा यिनै दुई विश्व दृष्टिकोणमा विभक्त छन् । बुझ्नु र बुझाउनै पर्ने विषय के हो भने कुनै पनि सामाजिक व्यवस्थाको आफ्नो निश्चित दर्शन वा विश्वदृष्टिकोण वा विचारधारा हुन्छ । त्यसैको बलमा आम जनताको दिमागलाई एकोहोरो बनाएर हतपत्ती विद्रोह नजन्मिने परिस्थिति बनाइएको हुन्छ ।

 

दास युग र सामन्तवादी व्यवस्थाको शासकीय दर्शन आदर्शवाद थियो । आदर्शवादमा आधारित भएर दासहरू वा किसानलाई सबै चिज ईश्वरले बनाएको हो, यो बदल्न मानिसले सक्दैन, बदल्न खोज्यो भने उल्टो सजाय पाइन्छ भनेर प्रशिक्षित गरिएको थियो । भाग्यवाद र कर्मफलवाद भनेको त्यही नै हो । सामन्तवादलाई मिल्काएर आएको पुँजीवादी व्यवस्थाले यान्त्रिक भौतिकवादी वा अधिभूतवादी दर्शनलाई आफ्नो दर्शनको हतियार बनायो । सबै चिज ईश्वरले बनाएको भन्ने मान्ने हो भने पुँजीपति वर्गले सामन्तवाद र राजाहरूलाई फाल्न मिल्दैनथ्यो । त्यसैले पुँजीवादी व्यवस्थाले भौतिकवाद स्वीकार गर्यो र भन्यो पदार्थले वा समाजले नयाँ परिपाटी बनाउन सक्दछ ।

 

पुँजीवादले पदार्थ वा समाजको भूमिका हुन सक्ने कुरा त स्वीकार गर्यो तर उसलाई आफ्नो शासन सदाका लागि टिकाउन र श्रमिकमाथि निरन्तर लुट कायम राख्न पदार्थ एवं प्रत्येक समाज आफूभित्रको नियमले निरन्तर परवर्तनशील हुन्छन् भन्ने कुरा भने स्वीकार गर्न सकेन । त्यस्तो स्वीकार गर्दा त पुँजीवादी व्यवस्था पनि अन्ततः मर्दछ भन्ने मान्नुपर्ने हुन्थ्यो । यसरी पदार्थको अस्तित्वलाई स्वीकार्ने र त्यसको परिवर्तनशीलतालाई स्वीकार नगर्ने भएकाले पुँजीवादी समाजको शासकीय दर्शन यान्त्रिक भौतिकवादी अथवा अधिभूतवाद बन्न पुग्यो ।

 

आज पुँजीवाद आदर्शवादअन्तर्गतका यान्त्रिक भौतिकवाद, उत्तरआधुनिकतावाद, उपभोक्तावाद आदिको जोडतोडले प्रचारमा लागेको छ । त्यति मात्र होइन, हिजो सामन्तवादले हतियार बनाएका आदर्शवादअन्तर्गतका भाग्यवाद, कर्मफलवाद जस्ता सार बोकेका धार्मिक रुढिहरूको समेत रक्षा र प्रचारमा लिप्त भएको छ । यी घातक आदर्शवादी दर्शनका मान्यताबाट मुक्त गर्ने अभियानबिना नारी मुक्ति आन्दोलन अगाडि जान सक्छ त ? कदापि सक्दैन । कोही महिला एकनिष्ठ प्रेमी चाहन्छे तर बजार जाँदा तत्काल जरुरी नभएका सामान पनि सबै किन्न चाहन्छे । यी दुवै चीज एकसाथ सम्भव हुन्न किनभने अनावश्यक सामानको लतले बजारमा एकनिष्ठ प्रेममा रमाउने पुरुष नै मारिदिइसकेको हुन्छ । बलात्कारको विरोध गर्ने अनि लिङ्ग पूजामा लिप्त पनि हुने व्यवहारले बलात्कार कदापि घट्न सक्दैन ।

यो कुरा सही हो कि महिला र पुरुषको शरीर बनावटमा थुप्रै कुरा फरक छन् यसकारण कि प्राकृतिक रूपमा उनीहरुका दायित्व फरक छन् । फरक–फरक विशेषताका चिजलाई एकै सन्दर्भमा तुलना गर्नु वितण्डावाद हो जुन वैज्ञानिक पद्धति होइन । कलम र तरबारमा कुन ठुलो भनेजस्तै वाहियात प्रश्न हो ।

यो सबै केसँग सम्बन्धित छ ? यो विश्वदृष्टिकोण अथवा दर्शनसँग सम्बन्धित छ.। आज साहित्यमा उत्तरआधुनिकतावादलाई मान्ने अनि नारी मुक्ति पनि खोज्ने, उपभोक्तावादमा चुर्लुम्मै डुब्ने र सच्चा प्रेम खोज्ने, धर्ममा लीन हुने तर पुरुषबाट समान व्यवहार खोज्ने, मुक्ति खोज्ने तर राजनीतिक सङ्गठनमा सङ्गठित हुन नचाहने, पुँजीवादी पितृसत्तावादको विरोध गर्ने तर नयाँ व्यवस्थाचाहिँ पटक्कै नखोज्ने– यी र यस्ता विसङ्गतिको स्रोत गलत दर्शनशास्त्र मै छ । त्यसैले आदर्शवादी पुँजीवादी तमाम दार्शनिक मान्यताका विरुद्ध द्वन्द्वात्मक भौतिकवादी मान्यतामा आधारित भएर मिहिनभन्दा मिहिन वैचारिक काम सुरु गर्ने कि नगर्ने ? भन्ने चुनौतीको सामना अबको नारी आन्दोलनले गर्नै पर्ने भएको छ ।

 

२. पितृसत्ताको सही बुझाइ

पितृसत्तावादका मूल रूपमा तीन वटा अवधारणा छन् । जसको आधारमा महिलामाथिका शोषण र उत्पीडनलाई नैतिक वैधता दिइँदै आएको छ ।

(क) महिला सुन्दर प्रजातिको अवधारणा

पितृसत्तावादले महिलालाई सुन्दर प्रजाति र पुरुषलाई बलवान् प्रजातिको रूपमा चित्रण गर्दछ । यो अवधारणा यति शक्तिशाली बनिसकेको छ कि कतिपय भौतिकवादीसमेत अलमलमा पर्ने गरेका छन् । वास्तवमा यो निकै नै ठूलो भ्रम हो । यो अवधारणा पितृसत्तावादी व्यवस्थाले लगातार रटाएर सिर्जना गरेको विभ्रम बाहेक केही होइन । महिला र पुरुष विपरित लिङ्गी हुन्, त्यसैले उनीहरू एकापसमा यौनिक रूपमा आकर्षित हुन्छन् । पुरुष र महिला दुवै एकअर्कोप्रति आकर्षित हुन्छन् । दुवैलाई दुवै राम्रो लाग्छ, आकर्षित गर्छन् । त्यसको व्याख्या गर्ने अधिकार केवल पुरुषले मात्र पायो, महिलाले पाइन । पुरुषले मात्र व्याख्या गर्ने भएकाले उसलाई महिला सुन्दर लागेकाले महिलालाई सुन्दर लेख्यो । सबै शास्त्रमा पुरुषले लेख्दै जाँदा त्यो अवधारणा बन्यो । त्यसैगरी महिलालाई बलजफ्ती शासन गर्न पुरुषले बल प्रयोग गरेकाले र अन्ततः दासत्वका कारण त्यो पुरुषको अत्याचार संस्कारका रूपमा महिलाले स्वीकार गरेकाले पुरुष बलवान् वा शक्तिशाली भन्ने अवधारणा स्थापित भयो । यदि महिलाले पनि सुरुदेखि चित्रण गर्ने अधिकार राख्थे भने यो अवधारणा बन्न सम्भव नै थिएन ।

 

सुन्दर एक सामाजिक रूपमा बन्ने मान्यता हो । कुनै पनि समाजले के सुन्दर र कुरुप भन्ने आम मान्यता बनाएको हुन्छ तर सुन्दरतासम्बन्धी व्यावहारिक प्रयोग भने व्यक्तिगत रूपमा हुन पुग्दछ । व्यक्तिगत रूपमा यसकारण कि हरेक व्यक्ति खास परिस्थितिमा बाँचिरहेको हुन्छ । त्यसैले त एक समयमा राम्रो लागेको मानिस अर्को परिस्थितिमा घिनलाग्दो समेत बन्न पुग्दछ, किनभने व्यक्तिगत परिस्थिति बदलिएको हुन्छ । महिला सुन्दर प्रजाति हो भने पुरुष पनि सुन्दर प्रजाति हो । पुरुष शक्तिशाली हो भने महिला पनि आफ्नो विशेषतामा शक्तिशाली नै हो । सुरुका चरणमा पुरुषले मात्र व्याख्या गर्नाले महिला सुन्दर प्रजातिको अवधारणा जन्मिए पनि आजसम्म आइपुग्दा यो अवधारणा महिलालाई शोषण उत्पीडन गर्न भावभूमि तयार पार्ने एउटा गतिलो हतियार बन्न पुगेको छ । यस अवधारणाले आफू सुन्दरी भएमात्र आफ्नो जीवन सहज हुन्छ भनी ठान्ने गम्भीर विचलनमा महिलालाई पु¥याउँदछ ।

 

महिला आफ्नो सापेक्षतामा सधैं सुन्दर नै थिई तर यसले जीवनभर सुन्दरी बन्न खोजिरहने अनन्त झमेलामा महिलालाई फसाइदिन्छ । त्यस झमेलायुक्त उल्झेको दिमागमाथि टेकेर आज पुँजीवादले सौन्दर्य प्रशाधनका सामान र फेसनको बिक्रीबाट अनन्त लुट मच्चाउने अवसर पाएको छ । आफू सुन्दरी बन्ने ध्याउन्नामा जे जस्तो पहिरन पनि पहिरिएर शारीरिक रूपमा कमजोर हुन महिला तयार हुन्छे । थामिनसक्नु चुच्चो हिलको जुत्ता र अर्ध नग्न पोशाकमा पुरुषको सहाराले बल्लतल्ल हिडिरहेकी महिलालाई हेर्नुहोस् त… ! त्यहाँ महिलाको सुन्दर हुने लालसाले पुरुष सजिलै बलमान हुन पाइरहेको हुन्छ ! संसारमा रहेका सबै सभ्यताका महिला–पुरुष जस्तोसुकै रुप रङ्गका भएपनि तिनीहरू एकअर्कालाई सुन्दर देखेरै जोडी बाँधेका हुन्थे र आज पनि जोडी बाँधिरहेका छन् भन्ने साधारण सत्यलाई समेत बिर्सने हालतमा सुन्दरी बन्ने लालसाले पु¥याउँछ । जबसम्म महिला सुन्दर प्रजातिवाला षड्यन्त्रकारी अवधारणाबाट महिलाहरू निस्कने छैनन्, तबसम्म पुरुषलाई बलवान शक्तिशाली बनिरहन कसैले रोक्न कसरी सक्छ र? त्यसैले महिला सुन्दर प्रजाति भन्ने अवधारणा खारेज गर्नै पर्दछ ।

 

(ख) जन्मले महिला कमजोरको अवधारणा

पितृसत्तावादको अर्को मुख्य अवधारणा हो– महिला जन्मिँदै पुरुषभन्दा शारीरिक र बौद्धिक रूपमा कमजोर हुन्छन् । आजको समयमा औपचारिक शिक्षाबाट शिक्षित महिलाहरू त यो निष्कर्षमा पुगिसकेको देखिन्छ कि जन्मदै बौद्धिक रूपमा समेत महिला कमजोर हुन्छन् भन्ने कुरा सत्य होइन । शारीरिक रूपमा महिला कमजोर हुन्छन् भन्ने विषयमा चाहिँ थुप्रै भ्रमहरू बाँकी छन् । यो कुरा सही हो कि महिला र पुरुषको शरीर बनावटमा थुप्रै कुरा फरक छन् यसकारण कि प्राकृतिक रूपमा उनीहरुका दायित्व फरक छन् । फरक–फरक विशेषताका चिजलाई एकै सन्दर्भमा तुलना गर्नु वितण्डावाद हो जुन वैज्ञानिक पद्धति होइन । कलम र तरबारमा कुन ठुलो भनेजस्तै वाहियात प्रश्न हो । कलम र तरबारका काम नै फरक छन्, तिनलाई एउटै कामको निम्ति तुलना गर्नै मिल्दैन । यदि तुलना गरिन्छ भने विकृत निष्कर्ष निस्कन्छ । फरक दायित्वका वस्तु आ–आफ्नो कामका निम्ति महत्वपूर्ण हुन्छन् । यो पो सही तरिका हो । महिलाको शरीर प्रजनन निम्ति पाठेघर र स्तनपानका निम्ति स्तनसहितको छ । पुरुषको त्यो दायित्ववाला शरीर छैन । तब कुन शक्तिशाली भनेर तुलना गर्न नै मिल्दैन । यदि आज पितृसत्तावादको राज चलेझैँ यदि मातृसत्तावादको राज चलेको हुन्थ्यो भने त्यतिबेला ‘पुरुषको शरीर कमसल हो किनभने त्यसले पेटमा बच्चा हुर्काउन सक्तैन । छाती पनि सुख्खा सपाट छ । झोल्लिएका योनाङ्ग कति कुरुप !’ जस्ता अवधारणा बन्थे होलान । के ती सही हुन्थे त ? पक्कै पनि सही हुँदैनथे ।

 

के कुरा सही हो भने एकै जातिका महिला र पुरुषमध्ये महिलाको उचाई थोरै होचो र शारीरिक बल थोरै कम हुने गर्दछ, तर त्यति हुनेबित्तिकै महिला शोषित र उत्पीडित हुनुपर्ने हो र ? संसारका प्रत्येक मानिस अर्कोभन्दा कि अग्लो छ कि होचो छ, त्यसैगरी शारीरिक रूपमा कम बलियो छ या बढी बलको छ । यस्तो महिला– महिलाबीच र पुरुष– पुरुषबीच पनि छ । उनीहरूबीच उत्पीडनको समस्या त्यसै आधारमा त छैन । अर्को कुरा युरोप वा अफ्रिकाका महिला साधारणतया जापानका पुरुषभन्दा अग्ला छन् । ती अग्ला महिलाले होचो भएकै कारण जापानी पुरुषलाई शोषण उत्पीडन गर्न मिल्छ ? सक्छन् ? कदापि सक्दैनन् । पशुसमाजमा भाले ठूलो होस् या पोथी, त्यसका आधारमा कुनै उत्पीडन हुँदैन, हुनुपर्ने आवश्यकता नै छैन । मानव समाजमा शारीरिक रूपमा सुरुदेखि धेरथोर असमानता छ । पुरुष–पुरुषबीच, महिला–महिलाबीच र महिला– पुरुष बीच तर त्यो भिन्नताले जीवनमा पार्ने अप्ठ्यारोलाई प्रविधिको सहाराले सप्ठ्यारोमा बदल्ने गरिएको छ ।

 

जहाँ प्राकृतिक रूपमा समस्या हुन्छ, त्यहाँ भौतिक समानताका निम्ति प्रविधिको प्रयोग गरिन्छ । जस्तै, अग्लो मान्छेले सुन्तला हातले टिप्यो, होचोले भ्याएन भने होचो मान्छेले लट्ठी प्रयोग गरेर बराबर काम गर्दछ । त्यहाँ एकले अर्कोलाई दमन गर्नु पर्ने आवश्यकता नै छैन । महिला र पुरुषबीच उचाइ र भौतिक बलमा जुन अन्तर हुन्छ, त्यसलाई समान बनाउन हजारौँ वर्षदेखि आवश्यक प्रविधि प्रयोग हुँदै आएको छ । व्यावहारिक जीवनमा हेर्दा पनि प्रष्ट हुन्छ कि थुप्रै श्रीमतीहरु अग्ला बलिया हुन्छन् तर होचो निर्बलिया लोग्नेको कहर काट्न बाध्य हुन्छन् । यति मात्र किन र, १२ वर्षको छोराले ४० वर्षकी आमालाई अनुशासनमा राखिरहेको हुन्छ । त्यसकारण महिला शरीर कमजोर भएकाले शोषित उत्पीडित हुन् भन्ने अवधारणा पूरै गलत छ । बरु पुरूषमा रहन पुगेको एकलौटी सम्पत्ति, सत्ता र संस्कृतिको बलमा महिलाको शरीर कमजोर भन्ने अवधारणा लादिएको हो र महिलाभित्रै पनि त्यो अवधारणाको घातक खिल बस्न पुगेको मात्र हो ।

 

(ग) महिला भोग्या हुन् भन्ने अवधारणा

सामन्तवादी पितृसत्ताले लामो समय लगाएर शास्त्रीयकरण गरेर महिला भोग्या हुन् अथवा पुरुषले भोग्नका निम्ति निर्मित हुन् भन्ने अवधारणा जनजनमा संस्कारको रूपमा प्रशिक्षित ग¥यो । त्यसलाई पुँजीवादले पनि कायमै राखेको छ । सिधा कुरा त यही हो कि महिला भोग्या हुन् भने पुरुष पनि भोग्या हो । किनभने दुवै बिना त यौन वा प्रजनन सम्भव छैन । तर यो भोग्याको अवधारणाले पहिलो रोजाइ र निर्णयको निम्ति पुरुषलाई अग्राधिकार दिन्छ । यौनमा पुरुषलाई विशेष अधिकार प्रदान गर्छ र यौनजन्य महिलाका विशेषतालाई विचलन देख्न सिकाउँछ । आज पुरुषले प्रथम नजरमै किन महिलाका अङ्गमा आँखा पु¥याउँछ ? महिला बौद्धिकता किन पुरुषलाई स्वतः कमजोर लाग्दछ ? किनभने पितृसत्ताले पुरुषलाई महिला भनेका भोग्या हुन् भनी प्रशिक्षित गरेको छ ।

 

जसरी बली दिन तयार पारिएको पशुले नमान्दा मानिसलाई रिस मात्र उठ्छ, बाँच्नका निम्ति पशुले गरेको प्रयत्न फगत झन्झट मात्रै लाग्छ, त्यसैगरी यौन प्रस्ताव अस्वीकार गर्ने महिला पुरुषको निम्ति रिसउठ्दी लाग्छ किनभने भोग्याको अवधारणाबाट पुरुष संस्कारबद्ध भएको हुन्छ । बलात्कारमा गर्व गर्ने पुरुषको वैचारिकी यही भोग्याको अवधारणा हो । यो भोग्याको अवधारणावाला पितृसत्ताले महिला यौन क्षमतामा तन्दुरुस्त छ भने त्यस महिलालाई कामुक ठान्छ, पुरुषको कामुकतालाई भने शक्तिको नाम दिन्छ । यसप्रकारको पितृसत्तावादका यी तीनवटा मुख्य अवधारणाबारे प्रशिक्षित गर्नु र त्यसविरुद्ध सैद्धान्तिक एवं व्यावहारिक पहलका साथ अघि बढ्नु आजको महिला मुक्ति आन्दोलनको एउटा मुख्य चुनौती हो ।

 

पितृसत्तावाद हरेक वर्ग समाजलाई निरन्तरताका निम्ति एक औजार बन्दै आएको छ । यो समग्र प्रणालीमा व्यक्त हुन्छ, एकाध पक्षमा होइन । पितृसत्तावाद अर्थतन्त्र, राजनीति, सामाजिक सङ्गठन र संस्कृति– समग्रमा रहेको छ । यो आजको पुँजीवादी व्यवस्थाको एउटा खाँबो हो । पितृसत्ताविरुद्ध किस्ता किस्तामा लडेर विजयी हुन सम्भव छैन । घरेलु हिंसालाई एक किस्ता खतम गरौँ, अर्को किस्ता बलात्कार नामेट गरौं अनि त्यसपछि राजनीतिभित्रको पितृसत्तासँग लडौला भन्ने नीतिले काम गर्नेवाला छैन । किनभने घरेलु हिंसाविरुद्ध मात्र लड्दा घरेलु हिंसा जन्माउने विभिन्न कारण सक्रिय रूपमा बढिरहेका हुन्छन् ।

नारीवाद जन्मदेखि आजसम्म माक्र्सवाद र कम्युनिज्मको विलोमको रूपमा रहेको चाहिँ अकाट्य सत्य हो । त्यसैले ‘माक्र्सवादी नारीवाद’ पदावली प्रयोग गर्नु र नारी मुक्तिबारे माक्र्सवादले अघिसारेका अवधारणालाई ‘माक्र्सवादी नारीवाद’ हो भन्नु दुवै माक्र्सवादको भ्रष्टीकरणबाहेक अरु केही हुनै सक्दैन ।

अर्को कुरा, आजको पितृसत्तावाद सामन्तवादी होइन, यो त पुँजीवादी पितृसत्तावाद हो । यसभित्र जति सामन्तवादी तत्वहरू छन्, तिनलाई पनि पुँजीवादले आफूमा समाहित गरेर अपनाइसकेको छ । अब पुँजीवादी व्यवस्थाभित्र सुधार गरेर पितृसत्तालाई खतम पार्न सम्भव छैन किनभने एक विषयमा सुधार गर्न खोज्दा हजार विषयमा पितृसत्तालाई बलवान् बनाउने संरचना र वैचारिकी क्रियाशील भैरहने परिस्थिति बनिसकेको छ । तसर्थ, पितृसत्तावादका विरुद्धको सङ्घर्ष समग्र पुँजीवादी सामाजिक व्यवस्थाको विरुद्धको सङ्घर्षका रूपमा बुझ्नु र विकसित गर्नुले मात्र पितृसत्तावादलाई वास्तविक अर्थमा बुझ्नु ठहर्छ ।

 

३. पुँजीवादी नारीवादको सवाल

जबसम्म संसारमा श्रमिक वर्गीय महिला आन्दोलन सुस्पष्ट समाजवादी महिला आन्दोलनका रूपमा सुदृढ थियो अर्थात् सन् १९३० को हाराहारीसम्म, नारीवाद जस्तो कुनै मत अगाडि आएको थिएन । पुँजीवादी देशहरूमा महिला उत्पीडन बढ्दै गइरहेको थियो तर त्यसको सापेक्षतामा एकातिर ती देशमा समाजवादी महिला आन्दोलन अगाडि बढ्न नसक्नु अनि अर्कोतिर सोभियत सङ्घभित्रको समाजवादमा चलेका भीषण सङ्घर्ष र महिला मुक्तिका सन्दर्भमा अपेक्षाकृत अभियान नचल्नुले युरोपेली एकथरी बौद्धिकहरूमा पुँजीवाद र समाजवाद दुवैप्रति निराशा बढ्दै गयो । यही पृष्ठभूमिमा महिलामाथि पितृसत्ताको अत्याचारका विरुद्ध नारीवादका रूपमा विचारहरू अघि आउन सुरु गरे । सिमोन द बोवुआरले समाजवादबाट दिक्क भएको बताइन् र नारी शरीरको विशेषता एवं उनीहरूमाथिको पितृसत्ताको अत्याचारको शानदार विवेचना आफ्ना ‘द सेकेन्ड सेक्स’(१९४९) लगायतका रचनामा गरिन् । उनले पुँजीवादको विरोध र समाजवादसँग दिग्दारी व्यक्त त गरिन् तर नारी मुक्तिको नयाँ सामाजिक व्यवस्थाको परिकल्पना, त्यसको दार्शनिक जग र रणनीति भने प्रस्तुत गरिनन् ।

 

मूलतः दोस्रो विश्वयुद्धपछि नै नारीवादका विविध प्रवृत्ति सतहमा आए, अझै थपिँदै पनि छन् । पुँजीवादी पितृसत्ताको विरोध, धार्मिक सत्तालाई स्वीकार गर्दै नारीमाथिको अत्याचारको विरोध, पुँजीवादी व्यवस्थाको समर्थन गर्दै नारीमाथि अत्याचारको विरोधदेखि पुरुषसँगको सहकार्यकै समेत विरोध गर्ने विभिन्न प्रवृत्तिका नारीवाद आज जन्मिसकेका छन्, क्रियाशील पनि छन् । बौद्धिक क्षेत्रमा अनुसन्धान र लेखनमा क्रियाशील कैयन् नारीवादी व्यक्तित्वले कैयन अवधारणा पनि विकास गर्दै यसअघि कहिल्यै उद्घााटित नभएका नारी अस्तित्व, विशेषता, पितृसत्ताको ऐतिहासिक भाष्य र पितृसत्ताका संरचनालाई शानदार ढङ्गले उद्घाटित गरेका पनि छन् । उद्घाटित त्यस्ता ज्ञानलाई नारी मुक्तिको आन्दोलनले आवश्यकताअनुसार आफ्नो पनि खजानामा सामेल गर्न जरुरी छ । त्यसैगरी आज विश्वव्यापी समाजवादी महिला आन्दोलन कमजोर भएको अवस्थामा विभिन्न समयमा नारीवादीले पितृसत्ताका विरुद्ध आफ्नो शक्ति र बुद्धिले भ्याएसम्म जति अभियान चलाइरहेका छन् । कतिले श्रमिक महिलाका रोजगारीसँग सम्बन्धित भएर, कतिले यौनहिंसामा केन्द्रित भएर आदि विषयमा पितृसत्तावादी संरचना, नीति, भाष्य र इतिहासका विरुद्ध काम गरिरहेका छन् । ती सकारात्मक विषय नै हुन् ।

 

यति हुँदाहुँदै पनि सबै नारीवादी प्रवृत्तिमा समान रूपमा पाइने नकारात्मक विशेषता के हो भने उनीहरू नारी मुक्तिको प्रश्नलाई कुन दार्शनिक प्रणालीको जगमा विकसित गर्ने भन्ने विषयमा अन्योलग्रस्त छन् । नारी मुक्तिका निम्ति कस्तो राजनैतिक व्यवस्था निर्माण गर्ने भन्ने विषयमा मौन छन् । त्यसैगरी नारी मुक्ति आन्दोलनलाई कुन वर्गको राजनीतिक मुक्ति आन्दोलनसँग एकाकार बनाउँदै लैजाने भन्ने मुद्दामा पनि चुपचाप छन् । निश्चित दर्शन, राजनीतिक व्यवस्थाको परिकल्पना र राजनीतिक आन्दोलनबिना कुनै पनि उत्पीडित वर्ग वा समुदायको मुक्ति असम्भव छ भन्ने यथार्थ इतिहाससिद्ध छ । नारीवादीहरू दर्शन निरपेक्ष, व्यवस्था निरपेक्ष र राजनीतिक आन्दोलन निरपेक्ष भएर मुक्ति चाहन्छन् जुन असम्भव कुरा मात्रै होइन त्यसले अन्ततः चालु व्यवस्थामै सीमित पार्ने वा सुधारभन्दा माथि नलैजाने निश्चित छ ।

 

जुनसुकै राजनीतिक व्यवस्था होस् तर पितृसत्ता अन्त्य हुनु प¥यो भन्नु भनेको राजनीतिक व्यवस्थाको वर्गीय चरित्रलाई अस्वीकार गर्नु हो, जबकि राजनीतिक व्यवस्थाहरू सधैँ नै वर्गीय हुँदै आएका छन् । अझ धेरैजसो नारीवादी श्रमिक वर्गीय विचारधारा माक्र्सवाद र कम्युनिष्ट आन्दोलनविरोधी हुनुले नारी मुक्तिको प्रश्नलाई वर्गीय मुक्ति आन्दोलनबाट पृथक गर्न चाहने उनीहरूको प्रवृत्तिलाई नै उजागर गर्दछ । पुँजीवादी सामाजिक व्यवस्थाद्वारा शोषित उत्पीडित सबै वर्ग र समुदाय संयुक्त रूपमा लडेर मात्र मुक्ति सम्भव हुने होइन ? यस विषयमा नारीवादीमा कुनै रुचि देखिँदैन । यसकारणले गर्दा विभिन्नप्रवृत्तिका नारीवाद अन्ततः पुँजीवादी व्यवस्थाभित्र नै बढीमा सुधार खोज्ने प्रवृत्तिबाहेक अरु केही होइनन् । अन्तिम अर्थमा नारीवादी पुँजीवादी व्यवस्थाका रक्षक नै बन्न पुगेका छन् । त्यसैले नारीवाद नारी मुक्तिको विचारधारा र बाटो बन्न सक्दैन । त्यो निश्चित वैज्ञानिक दर्शनमाथि उभिएको छैन । त्योसँग वर्गपक्षधरता छैन । त्यसले निश्चित राजनीतिक व्यवस्थाको कल्पना प्रस्तुत गर्दैन । त्यसले सङ्गठित राजनैतिक आन्दोलन निर्माण गर्ने प्रयत्न गर्दैन । तसर्थ, नारी मुक्ति आन्दोलनले सिधासिधा नारीवादलाई अस्वीकार गर्नु पर्दछ । यसको वैचारिक सारको भण्डाफोर गर्नु पर्दछ । आममहिलालाई त्यसको भ्रमबाट मुक्त गरिनुपर्दछ ।

 

नारीवादका बारेमा विमर्श गर्दा कतिपयले ‘माक्र्सवादी नारीवाद’ भन्ने पदावली प्रयोग गर्ने गरेका छन् । यो प्रवृत्ति संसारभरि नै देखापर्न थालेको छ । के कुरा सत्य हो भने नारीवादी थुप्रै लेखकले नारी मुक्तिका सन्दर्भमा माक्र्सवादले उद्घाटित गरेका अवधारणाहरुलाई आफ्नो लेखन वा वकालतमा प्रयोग गर्ने गरेका छन् तर उनीहरू माक्र्सवादको समग्र पद्धति विज्ञान र राजनीतिबाट आफूलाई अलग राख्न रुचाउँछन् । कतिपय लेखकले त नारीवादको जग नै माक्र्सवाद हो पनि भनेका छन् तर त्यो सत्य होइन । न नै नारीवाद माक्र्सवादमा सिर्जनात्मक विकास हो, न नै नारीवाद कम्युनिजमको मित्र विचार । नारीवाद जन्मदेखि आजसम्म माक्र्सवाद र कम्युनिज्मको विलोमको रूपमा रहेको चाहिँ अकाट्य सत्य हो । त्यसैले ‘माक्र्सवादी नारीवाद’ पदावली प्रयोग गर्नु र नारी मुक्तिबारे माक्र्सवादले अघिसारेका अवधारणालाई ‘माक्र्सवादी नारीवाद’ हो भन्नु दुवै माक्र्सवादको भ्रष्टीकरणबाहेक अरु केही हुनै सक्दैन । माक्र्सवाद जीवन र जगतका समग्र अन्तरविरोधलाई अध्ययन गर्ने र ती अन्तरविरोधका नियमलाई पक्रिएर बदल्न पहल गर्ने पद्धति विज्ञान हो ।

 

समाज विज्ञानका सन्दर्भमा वर्गहरूबीचको अन्तरविरोधको अध्ययन र वर्ग सङ्घर्षलाई केन्द्रबिन्दुमा राखेर श्रमिक वर्गीय सामाजिक व्यवस्था निर्माणको राजनीति अख्तियार गर्ने दृष्टिकोण हो । त्यसैले, माक्र्सवाद समाजका सबै उत्पीडित वर्ग र समुदायको मुक्ति अभियानमा पथप्रदर्शक बन्दछ किनकि यो विज्ञान हो । माक्र्सवादको सिर्जनात्मक विकास अनिवार्य छ, यो एउटा कुरा हो । तर माक्र्सवादले विवर्गीय नारीवादसँग कुनै विचार पद्धति वा वैचारिक पदावली सापट लिनुपर्ने अवस्था भने कहिले रहेको छैन । जसरी माक्र्सवादी ट्रेड युनियनवाद, माक्र्सवादी पहिचानवादी, माक्र्सवादी राष्ट्रवाद हुँदैन, त्यसैगरी नै ‘माक्र्सवादी नारीवाद’ भन्नु सही हुँदैन । नारी मुक्तिका सन्दर्भमा माक्र्सवादी स्वतः नारी मुक्ति पक्षधर हुन् । माक्र्सवाद स्वयम् नारी मुक्तिका निम्ति ठोस र सर्वाङ्गीण विचारधारा तथा राजनीति हो भने फेरि ‘माक्र्सवादी नारीवाद’का रूपमा माक्र्सवादलाई टुक्रा पार्नु के जरुरी छ र ?

 

कतिपय माक्र्सवादी महिला वा पुरुषलाई लाग्ने गरेको पाइन्छ के माक्र्सवादले वा समाजवादी व्यवस्थाले मात्र कहाँ नारी मुक्ति सम्भव बनायो त ! वर्गीय समस्या समाधान भएपछि नारी मुक्ति हुन्छ भन्ने माक्र्सवाद कहाँ सफल भयो त ! यी र यस्ता प्रश्नबारे विवेचना आवश्यक छ । पहिलो कुरा, माक्र्सवादले वर्गीय समस्या समाधान हुने प्रक्रियासँगै अर्थात् निजी सम्पत्ति र वर्गीय उत्पीडन अन्त्यसँगै अन्ततः महिला मुक्ति हुनेछ भनेको हो किनभने महिला उत्पीडन निजी सम्पत्ति र त्यसमाथि वर्ग जन्मिएपछि सुरु भएको हो भन्ने माक्र्सवादको अद्वितीय खोज हो । वर्गीय समाजको अन्त्य भनेको केवल आर्थिक वर्गको अन्त्य मात्र होइन बरु त्यसले निर्माण गरेका वर्गीय संस्कार–संस्कृतिसमेतको अन्त्य भनेको हो । दोस्रो कुरा, त्यस्तो वर्गविहीन र निजी स्वामित्वबिहीन समाजतिर अघि बढ्न सन् १९१७ बाट सुरु भयो, दोस्रो विश्वयुद्धपछि चीनलगायतका देशमा पनि त्यसतिरको यात्रा सुरु भयो तर ती व्यवस्था त्यस्तो अवस्थामा पुग्नुभन्दा अगाडि नै ढल्न पुगे ।

 

माक्र्सवाद र समाजवादका संस्थापकहरू कार्ल माक्र्सदेखि माओ त्सेतुङसम्म सबैले भनेकै हुन् कि समाजवाद एक सङ्क्रमणकालीन व्यवस्था हुनेछ, साथै त्यहाँ वर्गसङ्घर्ष जारी नै रहनेछ । वर्गसङ्घर्ष जारी रहने छ भन्नुको अर्थ हारको सम्भावना पनि जीवित हुनेछ भन्नु हो । माओले विश्व क्रान्तिमा रुपान्तरण नभएसम्म समाजवाद पटक पटक असफल हुन सक्दछ भन्नुको तात्पर्य यही नै थियो । तसर्थ, आफ्नो अनुभवको सीमितता जगमा समाजवाद असफल हुनुलाई माक्र्सवाद नै असफल भयो वा वर्गको अन्त्यसँगै अन्ततः महिला मुक्ति हुनेछ भन्ने निष्कर्ष नै गलत भयो भन्न कसरी सकिन्छ र ? यो त माक्र्सवादलाई नै सही ढङ्गले नबुझ्नु मात्र ठहर्दछ । के कुरा भने सत्य हो भने माक्र्सवादले सबै परिस्थितिको सधँै सिधा उत्तर दिन सक्दैन किनभने त्यो पद्धति विज्ञान मात्र हो । माक्र्सवादी पुस्तकमा विभिन्न सन्दर्भमा निकालिएका निष्कर्ष सर्वकालिक माक्र्सवाद होइनन्, बरु त्यस समय सन्दर्भका माक्र्सवाद मात्र हुन् । माक्र्सवादको गुदी त त्यसको पद्धति विज्ञान हो । त्यस पद्धति विज्ञानका आधारमा आजको नारी मुक्तिका सन्दर्भमा नवीन निष्कर्ष थप्नुपर्ने आवश्यकता जन्मिँदा सिर्जनात्मक रूपमा माक्र्सवादलाई नै विकास गर्ने हो । विवर्गीय विचारधारा सापट लिनतिर लाग्ने कदापि होइन । माक्र्सवादलाई नयाँ युग र समयसापेक्ष जति विकास गर्दा पनि त्यो माक्र्सवादकै विकसित रुप मात्रै बन्छ, नारीवाद वा अन्य वाद त बन्दै बन्दैन ।

महिला आफैमा वर्ग थिएन, आज पनि होइन किनभने महिलाको बहुसङ्ख्यक हिस्सा श्रमिक वर्गमा रहे पनि उनीहरू पुँजीपति वर्गका रूपमा समेत छन् । महिला वर्गीय उत्पीडनमार्फत नै जन्मिन पुगेको उत्पीडित समुदाय हो । त्यसैले वर्ग प्रधान र निर्णायक हो अर्थात् महिला उत्पीडन समाधान गरेर वर्गीय उत्पीडन अन्त्य हुँदैन तर वर्गीय उत्पीडन अन्त्य हुने प्रक्रियाले मात्र महिला उत्पीडन पनि अन्त्य हुँदै जान्छ ।

जहाँसम्म नारीवादीले कतिपय लड्ने तरिका र समाजशास्त्र एवं इतिहास अध्ययनका सन्दर्भमा विज्ञानसम्मत खोज गरेका छन् भने त्यसलाई माक्र्सवादभित्र समेट्ने कुरा हो, माक्र्सवाद परित्याग गर्नुपर्ने विषय होइन । जसरी पुँजीवादीले ‘पञ्च वर्षीय योजना’ र ‘८ मार्च’लाई कम्युनिस्टहरूबाट लिए तर तिनलाई उनीहरूले ‘समाजवादी पञ्चवर्षीय योजना’ र ‘समाजवादी ८ मार्च’ भनेनन् र भन्नु जरुरी पनि थिएन किनभने उनीहरूले माक्र्सवादीबाट केही प्राविधिक र मान्यतागत कुरा लिएका थिए; माक्र्सवादी पद्धति विज्ञान स्वीकारेका थिएनन् । त्यसैले, कसैबाट विज्ञानसम्मत कुरा माक्र्सवादमा सामेल गर्न सकिन्छ तर त्यो माक्र्सवादी पद्धति विज्ञानअन्तर्गत हुने हुनाले त्यो माक्र्सवाद नै भइरहन्छ, अन्य वाद हुन सक्दैन । जस्तै, ‘मी टू’ अभियान नारीवादीले सुरु गरे, यसले थोरै भएपनि पितृसत्तालाई चुनौती दिन्छ । यस्तो कार्यक्रम माक्र्सवादीले पनि सिक्न र लागू गर्न प्रेरित गर्न सक्दछन् । नारीवादीले ‘मी टू’ अभियानलाई केवल त्यही अभियानमा सीमित गर्दछन्, यसले ठूलो योगदान गर्न सक्दैन । माक्र्सवादीले चाहिँ ‘मि टू’ कार्यक्रमलाई समग्र पँुजीवादी व्यवस्थाविरोधी आन्दोलनसँग जोड्न सक्दछन् । तब नै त्यो नारी मुक्तिको कार्यनीतिको अङ्ग बन्ने छ र त्यसले ठोस योगदान गर्न सक्ने छ ।

 

४. महिला समुदायलाई बुझ्ने सवाल

माक्र्सवादले वर्ग समाज उत्पत्तिभन्दा पहिले मातृप्रधान समाज भएको ऐतिहासिक तथ्यलाई पुष्टि ग¥यो । मातृप्रधान समाज ढलेर पितृसत्तात्मक समाज व्यवस्था स्थापना हुनुको मुख्य कारण निजी सम्पत्ति र त्यसमाथि वर्गहरू जन्मिनु हो भन्ने संश्लेषण ग¥यो । त्यसैले महिला मुक्ति अन्ततः वर्गहरूको अन्त र निजी सम्पत्तिको अन्त्यसँग अन्तिम रूपमा जोडिएको यथार्थलाई स्पष्ट पार्दै श्रमिक वर्गीय मुक्तिका निम्ति सञ्चालन गरिने वर्गसङ्घर्षसँग महिला मुक्ति आन्दोलन नङ र मासु जस्तै जोडिनुपर्ने राजनीतिक कार्यदिशा पनि निर्धारण ग¥यो । यस अवधारणाको विकाससँगै महिला आठ हजार वर्षदेखिको वर्गीय समाजको विपरितका रूपमा उपस्थित हुन पुग्यो । कम्युनिस्ट आन्दोलनले यस अवधारणाका आधारमा स्थापित सोभियत सङ्घ, चीनदेखि क्युवासम्म स्थापित समाजवादी व्यवस्थामा महिलाका सम्बन्धमा पुँजीवादी व्यवस्थामा कल्पना नै गर्न नसकिएका सकारात्मक व्यवस्था गरिए । त्यसले समाजवादी महिला आन्दोलनको चम्किलो विश्व शिविर पनि बन्न पुग्यो ।

 

समाजवादी व्यवस्था र विगत सय वर्षको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा महिलाबारेको विश्लेषण र संश्लेषणमा कतै न कतै अपुग भएको मान्नै पर्ने अवस्था रहेको छ । महिलालाई एक समुदायका रूपमा विश्लेषण सही नै थियो, तर समुदाय कुन प्रकृतिको हो भन्ने विषयमा चाहिँ व्यापक विमर्श हुन सकेको पाइँदैन । के महिला युवा समुदाय, विद्यार्थी समुदाय, व्यापारी समुदाय जस्तै हो वा इतिहासको भीषण वर्ग सङ्घर्षको दौरान बन्न पुगेको ऐतिहासिक समुदाय हो ? निश्चित रूपमा भीषण वर्ग सङ्घर्षको दौरान र आदिम साम्यवादी समाज ढल्ने सर्तमा बन्न पुगेको ऐतिहासिक समुदाय हो । यसो हुँदा महिलाबारेको बुझाइमा एक कदम माथि उठ्नु आवश्यक हुन जान्छ । महिलालाई एउटा समुदायको रूपमा बुझी त्यसलाई क्रान्तिको सहायक समुदायका रूपमा मात्र व्यवहार गरियो । त्यस आधारमा ‘महिलालाई क्रान्तिमा ल्याउनुपर्छ’ भन्ने अवधारणा विकास भयो तर के विगत आठ हजार वर्षदेखि वर्गीय समाजको विपरितका रूपमा जन्मेर आजसम्म सबै वर्गभित्र दासत्वसमेत भोग्दै आएको महिला क्रान्तिको सहायक समुदाय मात्रै हो त ? अन्य सहायक समुहलाई जस्तै व्यवहार सही हुनसक्छ त ? यी प्रश्नमाथि अब गम्भीरतापूर्वक घोत्लिनै पर्ने भएको छ । जसरी शोषित वर्ग हुनेबित्तिकै सबै शोषित वर्गलाई एउटै कित्तामा राख्न मिल्दैन, त्यसैगरी उत्पीडित समुदाय भन्ने बित्तिकै सबैलाई एउटै स्तरमा बुझ्ने गल्ती गर्नु पनि हुँदैन ।

 

महिला आफैमा वर्ग थिएन, आज पनि होइन किनभने महिलाको बहुसङ्ख्यक हिस्सा श्रमिक वर्गमा रहे पनि उनीहरू पुँजीपति वर्गका रूपमा समेत छन् । महिला वर्गीय उत्पीडनमार्फत नै जन्मिन पुगेको उत्पीडित समुदाय हो । त्यसैले वर्ग प्रधान र निर्णायक हो अर्थात् महिला उत्पीडन समाधान गरेर वर्गीय उत्पीडन अन्त्य हुँदैन तर वर्गीय उत्पीडन अन्त्य हुने प्रक्रियाले मात्र महिला उत्पीडन पनि अन्त्य हुँदै जान्छ । यो आधारभूत अवधारणा हो जुन सही छ । तर यति अवधारणाले महिला समुदायको समग्र प्रकृति उजागर हुदैन । महिला त्यस्तो समुदाय वा उत्पीडित प्रवर्ग (category) हो जसको बहुसङख्यक हिस्सा श्रमिक वर्गभित्र छ । जुन समुदाय विगत आठ हजार वर्षदेखि सबै वर्गभित्र दासत्वसहित शोषण उत्पीडनमा छ । जसको मुक्ति वर्गीय समाजको अन्त्यसँग सिधा गासिएको छ ।

उत्पादन नै गर्न नदिने दलाल पुँजीवादी व्यवस्थासँग समाजवादी उत्पादनसहित अघि बढेर मात्र अब क्रान्ति सम्भव छ । संसदीय पुँजीवादी व्यवस्थाको चाकर बनेर वा पितृसत्तावादी व्यवस्थाभित्रै सुधारको भिख   मागेर मुक्ति कदापि सम्भव छैन । तसर्थ, आजको महिला आन्दोलनका मुख्य चुनौतीलाई सामना नगरी नवीन जागरण सम्भव छैन ।

जसमाथिको उत्पीडन वर्गीय उत्पीडनको घनत्वभन्दा कुनै मानेमा पनि कम छैन । त्यस्तो समुदाय केवल क्रान्तिको सहायक समुदायकका रूपमा मात्र बुझ्नु कसरी सही हुन्छ ? कम्युनिस्ट नेतृत्वमा जनवादी क्रान्ति अगाडि बढाउँदा किसान वर्गलाई क्रान्तिको आधारभूत वर्ग मानियो, सर्वहारा वर्गलाई नेतृत्वकारी वर्ग । त्यो सही विश्लेषण थियो, त्यसले परिणाम पनि सही ल्यायो । जबकि थाहा भएकै कुरा हो कि किसान वर्गभित्र सानो पुँजीपतिका रूपमा रहेको धनी किसान वर्ग पनि थियो । धनी किसान वर्ग सानो पुँजीपति वर्ग पनि भएकाले सबैभन्दा बढी ढुलमुल थियो तर ठूलो सामन्त वर्गबाट उत्पीडित पनि थियो । बहुसङ्ख्यक भूदास किसान र मोही किसान भएकाले क्रान्ति अगाडि बढ्दा बहुसङ्ख्यक किसानसँगै आउन धनी किसान बाध्य हुन्थ्यो र भयो पनि । यस्ता कैयन् ऐतिहासिक दृष्टान्तसमेतलाई ध्यानमा राख्दा महिलालाई विशिष्ट स्थानमा राख्नै पर्ने आवश्यकता प्रष्ट हुन्छ ।

 

तसर्थ, महिलामाथिको उत्पीडन वर्गीय उत्पीडनसरहकै घनत्वको भएकाले, महिलाभित्रको बहुसङ्ख्यक हिस्सा श्रमिक वर्गमा रहेकाले, विगत आठ हजार वर्षदेखि दासत्वसहित निरन्तर उत्पीडित रहेकाले, महिला मुक्ति वर्गको अन्त्यको रणनीतिसँग सिधा जोडिएकाले र लिङ्गीय उत्पीडनका सयौँ मुद्दामा सबै वर्गका महिला एकै मोर्चामा दीर्घकालसम्म आउन सक्ने अवस्थासमेत रहेकाले महिला समुदायलाई समाजवादी क्रान्तिको सहायक होइन अब आधारभूत समुदाय मान्नुपर्दछ । क्रान्तिको आधारभूत समुदाय भएकाले ‘महिला पनि क्रान्तिमा ल्याउनुपर्छ, आउनुपर्छ होइन; महिला क्रान्तिको अग्रपङ्क्तिमा आएनन् र नेतृत्व पङ्क्तिमै रहेनन् भने क्रान्ति नै हुँदैन’ भन्ने भाष्य लागू गरिनुपर्दछ । कम्युनिस्ट क्रान्तिकारीहरूले अब महिलाबारेको संश्लेषणलाई यो स्तरमा उठाउन जरुरी छ र महिला आन्दोलनले पनि यो दाबीका साथ अघि बढ्नु आवश्यक छ । यसले क्रान्तिका निम्ति महिलाको दायित्व र कार्यभार व्यापक मात्रामा वृद्धि गर्नेछ ।

 

महिलाबारेको यस्तो संश्लेषणलाई कतिपयले यो त ‘नव माक्र्सवादी’ भड्काव देख्न थालेका छन् । यसबारे पनि थोरै चर्चाको आवश्यकता छ । ‘नव माक्र्सवाद’ माक्र्सवादका आधारभूत प्रस्थापनामाथि प्रहार गर्ने अवधारणा हो जसले वर्ग सङ्घर्षलाई समाजको चालक शक्ति मान्दैन । जसले वर्गलाई केन्द्रीय र प्रधान प्रवर्ग (अबतभनयचथ) हो भन्ने मान्दैन । जसले अन्य सांस्कृतिक र बौद्धिक आयामले पनि वर्गसङ्घर्षले जतिकै भूमिका खेल्दछ भन्ने मान्दछ । जसले उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धमा परिवर्तन हुने ऐतिहासिक भौतिकवादलाई मान्दैन । योसँगै बलप्रयोगको भूमिकालाई क्रान्तिमा अनिवार्य ठान्दैन र श्रमिक वर्गको अधिनायकत्व जरुरी मान्दैन । ‘नव माक्र्सवाद’को अझै केन्द्रीय वैचारिकी भनेको वर्गलाई केन्द्रमा नराख्नु हो र अन्य विषयलाई पनि वर्गसरह ठान्नु हो । महिला समुदायलाई क्रान्तिको आधारभूत समुदाय स्वीकार गर्नुको अर्थ भने ‘नव माक्र्सवादी’ अवधारणासँग कुनै साइनो सम्बन्ध नभएको प्रष्ट छ । महिला उत्पीडनलाई वर्गीय उत्पीडनसरहकै घनत्व भएको उत्पीडन मान्नु भनेको उत्पीडनको घनत्वको चलचित्रसँग सम्बन्धित विषय हो ।

नेपालको महिला मुक्तिको आन्दोलनले सबै प्रकारका सृजनात्मक उपाय प्रयोग गरी महिला मुक्ति एक विशुद्ध राजनीतिक विषय भएको यथार्थलाई पुनःस्थापित गर्नु पर्दछ । महिला मुक्ति आन्दोलनले पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लक्ष्यलाई स्वीकार गर्नुपर्दछ ।

जसरी दलितमाथि हुने उत्पीडन र कालामाथि गोरो शासनको उत्पीडनको घनत्व वर्गीय उत्पीडनसरहकै थियो र छ । यसो भन्नुको अर्थ वर्गीय समस्या र महिला उत्पीडनको समस्या बराबर भनिएको होइन । त्यसैले त महिलालाई वर्ग भनिएन, समुदाय नै भनियो । वर्गीय समस्याका कारण जन्मिएका विभिन्न सामुदायिक उत्पीडन सधैँ वर्गीय उत्पीडनभन्दा कमजोर खालका हुन्छन् भन्ने बुझाई सही होइन । कुरा कति मात्र हो भने वर्गीय समस्याका कारण जन्मिएका सामुदायिक उत्पीडन जतिसुकै बर्बर र घनत्वका भए पनि त्यो उत्पीडन मुख्य हुन सक्दैन किनभने त्यो समस्या समाधान गर्दैमा आम समस्याको जननी वर्गीय समस्या हल हुन सक्दैन । तर वर्गीय समस्याका कारण जन्मिन पुगेका सामुदायिक उत्पीडनको घनत्व वर्गीय उत्पीडनसरहकै छ भनेचाहिँ वर्ग सङ्घर्षलाई चर्काउन त्यसले आधारभूत रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ भनिएको हो । महिला उत्पीडनको विषय पनि त्यही कोटीको हो । तब यहाँ ‘नव माक्र्सवाद’ कहाँ छ ?

 

५. महिला मुक्तिको राजनीतिक सवाल

आज पुँजीवादी बौद्धिकीभित्रका विभिन्न प्रचारबाजीले महिला मुक्तिको विषय राजनीतिबाट अलग विशुद्ध लिङ्गीय विषय भएको भ्रम छर्न प्रयत्न गरिरहेका छन् । महिला मुक्तिलाई नारीवादी एकाध छरपष्ट अभियान, एनजीओ÷आईएनजीओका कथित सशक्तीकरण कार्यक्रम वा पितृसत्तावादी पुजीवादी व्यवस्थाका उत्थानको अवधारणामा आधारित सुधारको भिखमय रवैयाको मातहत राख्ने दुस्साहस भइरहेको छ । नेपालका हकमा हिजोका क्रान्तिकारी शक्तिमा भएको प्रतिक्रान्तिले पनि युवा पुस्ता यस्ता घातक चालबाजीको भ्रममा परेर बत्तिने खतरा उत्पन्न भएको छ । त्यसैले नेपालको महिला मुक्तिको आन्दोलनले सबै प्रकारका सृजनात्मक उपाय प्रयोग गरी महिला मुक्ति एक विशुद्ध राजनीतिक विषय भएको यथार्थलाई पुनःस्थापित गर्नु पर्दछ । महिला मुक्ति आन्दोलनले पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लक्ष्यलाई स्वीकार गर्नुपर्दछ ।

 

त्यस्तो व्यवस्था प्राप्तिको आन्दोलनको आधारभुत सहयोगी समुदायका रूपमा अग्रपङ्क्तिमा आफूलाई उभ्याउनु पर्दछ । जबसम्म राजनीतिक र राजनैतिक परिवर्तनको महत्वबारे वैचारिक स्तर उठाउन सकिँदैन, लिङ्गीय उत्पीडनका गाथा गाएर मात्र समस्या समाधानतिर अघि बढ्न सकिनेवाला छैन । नेपालको हकमा दलाल पुँजीवादले उत्पादन गर्नै नदिने जसबाट अपार बेरोजगारी सिर्जना हुने दुश्चक्र चलाएको छ, त्यसविरुद्ध समाजवादी उत्पादनसहित आजैदेखि समाजवादी अर्थतन्त्र, राजनीतिक सत्ता र संस्कृति निर्माण गर्दै समग्रमा भन्दा आजैदेखि वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै त्यसको रक्षा एवं विस्तारका निम्ति प्रतिरोध सङ्घर्ष विकास गर्दै अन्ततः आम जनविद्रोहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने कार्यदिशासहितको कम्युनिष्ट आन्दोलनलाई आफ्नो आन्दोलनका रूपमा महिला आन्दोलनले सहभागिता र सहकार्य गर्न तयार हुनुपर्दछ ।

 

उत्पादन नै गर्न नदिने दलाल पुँजीवादी व्यवस्थासँग समाजवादी उत्पादनसहित अघि बढेर मात्र अब क्रान्ति सम्भव छ । संसदीय पुँजीवादी व्यवस्थाको चाकर बनेर वा पितृसत्तावादी व्यवस्थाभित्रै सुधारको भिख   मागेर मुक्ति कदापि सम्भव छैन । तसर्थ, आजको महिला आन्दोलनका मुख्य चुनौतीलाई सामना नगरी नवीन जागरण सम्भव छैन । त्यसका निम्ति यी वैचारिक चुनौतीको सामना गर्दै आजको आवश्यकता अनुसारको सङ्गठन र नीति विकास गर्नु अनिवार्य छ । नयाँ क्रान्तिका निम्ति महिला समुदायबाट नवीन उचाइको भूमिका माग गरेको छ र आधारभूत समुदायका रूपमा जिम्मेवारी पनि नवीन आवश्यकताले प्रदान गरेको छ । त्यसलाई आत्मसात् गर्नु र दृढतापूर्वक महिला मुिक्तलाई वैज्ञानिक समाजवादी क्रान्तिको एक आधारभुत अङ्गको रूपमा विकास गर्न अघि बढ्नु आजको आवश्यकता हो ।

त्रैमासिक पत्रिका अपराजिता पारिजातको पहिलो अंकबाट साभार

 


world-link-1690434568.jpg
पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...