gumba-1715660528.jpg
Tuesday, 14 May, 2024
खेल

बागमतीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु, उद्धघाटन खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी

football-1`-1667873126.jpg

 

बागमती । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ को आयोजनामा सोमबारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । वडास्तरीय फुटबल प्रतियोगिताको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो । 

उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं उम्मेदवार पुलामीले खेल क्षेत्रको विकासमा जोड दिइने बताउनुभयो । उहाँले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगितामा बागमतीका युवाहरुको सहभागिता हुनुपर्ने बताउदै त्यसका लागि आवश्यक पूर्वाधार, प्रशिक्षणको व्यवस्था गरिने जनाउनुभयो । 

यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँ–गाउँबाट खेलाडी उत्पादन गर्न पालिकाले खेलकुद प्रशिक्षणलाई जोड दिइने बताउनुभयो । उहाँले छिटै नै एक घर एक खेलाडीको अवधारणा ल्याएर खेलकुद विकासलाई उच्चस्तरमा लैजाने बताउनुभयो । 

वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो । 

कात्तिक २५ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ र दोस्रो हुनेले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

यसैबिच, आजबाट सुरु भएको वडास्तरीय फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । आयोजक टिमले वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । नकआउट हुने फुटबल प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटै वडाका १३ वटा टिमको सहभागिता रहेको छ । 
 


world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...