Wednesday, 08 May, 2024
खेल

पौष २५ बाट चित्लाङमा जिल्ला स्तरीय भलिबल

FB_IMG_1704607705559-1704633444.jpg

स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको लागि पुस २४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने भनेर क्लवले सूचना जारी गरेको छ । युवाहरुलाई भलिबल खेलतर्फ जागरुक बनाउने उद्देश्यले हरेक वर्ष स्वच्छन्द भैरव युवा क्ल्वले प्रतियोगिता आयोजना गर्दै आइरहेको अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए । गतवर्ष २७ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता बज्रबाराहीको कोटदरबार भएको थियो ।

गतवर्ष प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार २५ हजार र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ दिएकोमा यसवर्ष पुरस्कारको राशिमा वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए । पुस २२ गते सम्म प्रतियोगिताको लागि १० वटा टिमले दर्ता गरिसकेको उनले बताए। माघ १ गतेसम्म आयोजना हुने प्रतियोगितामा करिव ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

स्वच्छन्द भैरव युवा क्लवले आयोजना गर्न लागेको यो प्रतियोगिता २७ औँ संस्करण हो । प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राजकुमार बलामीले गर्ने छन् भने समापन मकवानपुर प्रतिनिधी सभा सदस्य महेश बर्तौलाले गर्ने आयोजकले जनाएको छ ।


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...