pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

पृथ्वी नारायण शाह किन एकताका प्रतिक होइनन् ?

photo-file-1-1674197258.jpg

फुलमती,

मानव समाजको इतिहास अझ भनौं युद्धकालीन सबै इतिहास जित्नेहरुले नै लेखे । र, त्यसैलाई नै सत्य मान्दै आइयो । इतिहासमा जित्नेहरुले जसरी इतिहासको व्याख्या गर्दै आए, त्यसलाई नै आँखा चिम्लिएर एकपक्षीय रुपमा लेखिएको स्तुतिगानलाई जनताले स्वीकार्न बाध्य भए । ठूलो राज्यको राजा बन्ने लोभ र महत्वाकांक्षाले राज्य विस्तार गरेका पृथ्वीनारायण शाहलाई एकताको प्रतीक, राष्ट्रनिर्माता आदि इत्यादि उपमा दिएर इतिहासको गलत व्याख्या गर्दै आएको पाइन्छ । तर, इतिहासको सहि व्याख्या गर्ने, वास्तविकतालाई खोतल्ने, तथ्यसत्य सहित वस्तुस्थितिको सहि ढंगले विश्लेषण गर्न जरुरी छ । र, यसको निम्ति सही वैज्ञानिक दृष्टिकोणको आवश्यकता पर्दछ ।

मानव इतिहासलाई ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या विश्लेषण गर्ने पद्धति अन्य सबै पद्धति भन्दा विज्ञानसम्मत र तथ्यसंगत छ । ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवादी दृष्टिकोण नै आजको सापेक्षताको सहि र वैज्ञानिक दृष्टिकोण हो । यसलाई माक्र्सवादी दृष्टिकोण पनि भनिन्छ । पृथ्वीनारायण शाह बाइसे चौबीसे राज्यहरुमा विभाजित स्वायत्त राज्यहरु मध्येको एक गोरखा राज्यका समकालीन राजा थिए । नेपाल मण्डल (अहिलेको काठमाडौं उपत्यका)को सभ्यता र सुन्दरतालाई देखेर मोहित उनी त्यस राज्यको राजा बन्ने उनको महत्वाकांक्षा सँगै सुरु भएको थियो राज्य विस्तारको अभियान । यसक्रममा उनले राज्य हत्त्याउन जे जति गर्न सकिन्थ्यो सबै हतकण्डाको प्रयोग गरे । सैन्य बल, जालझेल, षड्यन्त्र, धोकाधडी सब अपनाए ।

अधिकाशं राज्यहरुलाई सैन्य बल मार्फत गोर्खा राज्यमा गाभ्नु, सिंगो हिन्दु राष्ट्र बनाउने लहडमा खस आर्य हिन्दु राष्ट्रवादलाई थोपरी अन्य राज्यको राष्ट्रियता ध्वंस गर्नु, सैन्य बलले नसक्ने शक्तिशाली राज्यहरु हत्याउन विभित्र षड्यन्त्र र जालसाजी रच्नु, विभिन्न राज्यका राजाहरुसँग मितेरी साइनो गाँसेर गुप्तचरी गर्नु, राज्य हडप्ने नियतले विवाहको प्रपञ्च रचि महिलाहरुलाई आफ्नो महत्वाकांक्षा पूरा गर्ने वस्तु बनाउनु, युद्धमा हार नमानेका राज्य, हारेका राज्य र त्यहाँका जनताहरुलाई अमानवीय निर्मम ढङ्गको व्यवहार गर्नु (किर्तीपुरे वासिन्दाको खानेपानीको मुहान थुनेर घेराबन्दी गर्नु र युद्ध हारेपछि अपमानजनक रुपमा नाक कान काटेर दुव्र्यवहार गर्नु) यसको ज्वलन्त उदाहरण हो । यी सबै कथित एकीकरण र एकताकै नाममा भएका थिए ।

फरक फरक राष्ट्रियता भएका राज्यहरु माथि बलपूर्वक आफ्नो राष्ट्रियता लाद्ने र त्यसलाई आफ्नो राज्यमा गाभ्ने काम कसरी एकीकरण हुन सक्छ रु अनि बलजफ्ती कसरी एकता हुन सक्छ रु अहँ यसो कदापि सहि हुन सक्दैन । यो त सरासर झुट र बेइमानी हो । पुरानै शोषणको शासन र उत्पीडनलाई निरन्तरता दिने दुष्प्रयत्न हो । जुन यो समयकालमा सान्दर्भिक छैन र स्वीकार्य पनि छैन ।

एकीकरण र एकता त विचार,भावना र उद्देश्यहरु मिल्नाले हुन्छ । समान र सम्मान पूर्वक बहुराष्ट्रियतालाई तिनकै विशिष्टतामा स्वीकारी सिंगो राष्ट्रियतामा एकताबद्ध गरेर हुन्छ । सबैको मौलिक भाषा संस्कृतिको संरक्षण र सम्वर्द्धन गरि थप परिस्कृत बनाएर लैजानाले हुन्छ । एकले अर्को माथि शासन र निषेध गर्ने गरि होइन आपसी समझदारीता र सौहार्दतामा चल्ने गरि हुन्छ । हो, ठीक यसरी मात्र विभिन्न राज्य, समुदाय र तीनले ओगटेको भूगोललाई स्वायत्त सहित एकत्रित र एकीकरण गर्न सकिन्छ । र सहि मानेमा यो चाहिँ एकीकरण र एकता सिद्ध हुन्छ ।

तर पृथ्वीनारायण शाहले गरे भनेको एकीकरण र एकता, स्वयं एकीकरण र एकताको अर्थ, परिभाषा र विशेषतासँग अलिकति पनि मेल खाँदैन । त्यसलाई बरु राज्यको विस्तार, राज्यको अतिक्रमण जस्ता उपनामले अर्थ्याउन सकिन्छ । जुन साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवादबाट निर्देशित हुन्छ । गोर्खा राज्यले त्यहि गर्‍यो जुन ब्रिटिश साम्राज्यवादले गर्‍यो । त्यो भन्दा केही फरक गरेकै होइन ।

बरु त्यो गोर्खा राज्यको विस्तार थियो । एक वंशीय सामन्ती शासन शाहवंशीय राज्य शासनको विस्तार थियो । यो समकालीन साम्राज्यवाद र समान्तवादको फ्यूजन थियो भन्दा अतिशयोक्ति नहोला । अतः तथ्यहरुले के भन्छ भने त्यो एकीकरण होइन अतिक्रमण थियो, एकता होइन दमन पूर्ण बलको शासन थियो, पृथ्वीनारायण शाह एक साम्राज्यवादी, विस्तारवादी, उपनिवेशवादी सामन्ती राजा थिए भन्ने तथ्य सत्य साबित हुन्छ ।

त्यसो हो भने आजको सिङ्गो भूगोल नेपाललाई लिएर हाम्रो धारणा के हुन्छ त रु के फेरि उही बाइसे चौबीसे राज्यमा फर्काउनु सहि हुन्छ त ? अहँ यो सहि होइन, यो मुर्खता हामीले गर्नुहुँदैन । किनकि आजको सिङ्गो भूगोल बिसे नगर्चीहरुको योगदानले पनि सम्भव भएको हो । इतिहास दोहोरीदैन र अर्को कुरा पछाडि फर्कने भन्ने हुँदैन । हामीले बरु सोच विचार गरेर अघि बढ्नुपर्दछ । हाम्रो चाहना एकीकरण हो एकता हो, न अतिक्रमण न हो विखण्डन । हाम्रो देश आज भौगोलिक रुपमा त एक छ तर राष्ट्र र राष्ट्रियताको हिसाबले विभाजित छ ।

सत्तामा पृथ्वीनारायण शाहको विस्तारवादले नै थोपरेका हिन्दू खस आर्य राष्ट्रवाद हावी छ भने अन्य राष्ट्रियता उत्पीडन र दमनमा छन् । हो हाम्रो अबको प्रयत्न एकल राष्ट्रवादको हैकमलाई तोड्नु र त्यसको ठाउँमा सबै राष्ट्रियताहरुलाई समान र सम्मान पूर्वक एकताबद्ध गरेर लैजान सक्ने हुनुपर्दछ । यसो गर्न सके मात्र सम्पूर्ण उत्पीडित राष्ट्र र समुदाय विचार,भावना,उद्देश्य सबै पक्षले एकीकृत हुन सक्छन् ,एकताबद्ध हुन सक्छन् ।

त्यसो त अब यो राजनीतिक मुद्दा हो । राजनीतिक सत्तासँग यसको घनिष्ठ सम्बन्ध छ । राष्ट्रिय मुक्ति आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिने राजनीतिक सत्ताले मात्र यसको हल गर्न सक्छ भने समस्त राष्ट्रिय मुक्ति आन्दोलन सहि विचारधारात्मक राजनीतिबाट मात्र सम्भव छ । र, त्यो राजनीतिक विचारधारा मालेमावादी विचारधारा हो । जसले उत्पीडितहरुको आन्दोलनलाई वर्गीय दृष्टिकोणले हेर्ने र समाधान गर्ने दिर्घकालीन उपायको सिद्धान्तः व्यवहारतः अवलम्बन गर्दछ ।थाहायात्रा बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...