Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

पशुपति कोटिहोमले दिएको अध्यात्मिक चेतना जातीय बिभेद हिन्दु शास्त्र वा समुदाय ? नवराज नेपाली

1723347159463-1723347490.jpg

वेदमा वर्णन गरिएको चार वर्णहरूको (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र) विभाजनको आधारलाई प्राचीन हिन्दू समाजमा कर्तव्य, कर्म, र जीवनशैली अनुसारको वर्गीकरणका रूपमा लिइन्छ। जुन समय मानव बिकासमा जंगली युगबाट कृषि तथा पशुपालन युगमा मानव समाज गयो यश समयमा कुनै आधिकारिक कानुन थिएन तब ऋषि मुनिहरुले समाज मिलाउन यी चार वर्णहरू समाजमा बिभिन्न कार्यहरूको व्यवस्थापनका लागि निश्चित गरिएका थिए, जसमा ब्राह्मणहरू ज्ञान र अध्यात्मका क्षेत्रमा, क्षत्रियहरू रक्षा र प्रशासनमा, वैश्यहरू व्यापार र कृषि कार्यमा, र शूद्रहरू सेवा तथा शारीरिक श्रममा समर्पित हुने मान्यता राखिन्थ्यो।

तर, समयसँगै ब पुरोहित वाद तथा शासक बर्गले समाज जति बढी बिभाजन गरियो उति काममा कजाउन तथा शोषण गर्न सहज हुनेछ भन्ने बुझ्न थाले यस विभाजनलाई दुरुपयोग गर्दै यसले समाजमा भेदभाव र असमानता धर्मको नाममा लागू गरियो यहि अनुसार मनुस्मृति लेखिएको पाइन्छ जुन १५/१५ सताब्दिमा लेखिएको अनुमान गरिएको छ। वर्ण व्यवस्थालाई जन्मको आधारमा निर्धारण गरिएपछि, यसले जातीय भेदभाव, सामाजिक विभाजन, र विभेदको जरा गहिर्यायो। यो गलत अभ्यासले समाजमा भातृत्वको भावना कमजोर पारी गरिबी, असमानता, र विभाजन बढायो यो नेपालमा करिबकरिब माओवादी जनयुद्धले  जनजाति दलित महिला समुदायमा ल्याएको चेतना अघिसम्म भरपूर काम गर्यो  । 

हिन्दु समुदायको सबैभन्दा ठुलो मानिएको ग्रन्थ भागवत गीता अनुसार, यथार्थमा मानवको वर्ण वा जात जन्मको आधारमा नभई, उसको गुण (गुण-कर्म) र कर्मको आधारमा निर्धारण हुन्छ। श्रीकृष्णले गीता ४.१३ मा भन्नुभएको छ: "चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।" जसको अर्थ हो कि चार वर्णको विभाजन कर्म र गुणका आधारमा गरिन्छ, जन्मका आधारमा होइन।
हाम्रो दलित समुदायले यसको गहन 
अध्ययन गरेन तब बाहुन पुरोहित ले यो सिद्धान्त आजको समाजमा लागू गर्दा, हामी जन्मको आधारमा मानिसलाई वर्गीकृत गर्ने गलत धारणालाई त्याग्नुपर्छ र प्रत्येक व्यक्तिलाई उसको कर्तव्य, गुण, र कर्मको आधारमा सम्मान र अवसर दिनुपर्छ भन्ने मानवीय ब्याख्या उठाउन सकेन  । नयाँ पुस्ताले यो पुरानो विभाजनलाई चुनौती दिँदै समाजमा भातृत्व, समानता, र न्यायको स्थापनाका लागि प्रयास गर्नुपर्छ भन्ने नत बाहुन पुरोहित ले भने नत शास्त्रको अध्ययन गरि दलित समुदायले अध्यात्मिक आवाज उठायो। सबैलाई समान अवसर र अधिकार दिइने समाजमा मात्र सत्य समतामूलक समाजको निर्माण हुन सक्छ भन्ने आभास अध्यात्मिक ज्ञान बाट मात्रै दिन सकिन्छ यो प्रमाणित जनयुद्धमा बाहुन क्षेत्री समुदायले हतियारको डरले मात्रै दलित समुदायलाई केही बोलेनन् सबै हामी समान हौ भने पुन शान्ति स्थापना भयो तब संविधानमा दलित समुदायलाई दमन गर्दा कानुनले दण्डित गर्ने उल्लेख्य भयो तब झनै घुमाउरो रुपमा जातीय दमन लादिएको छ जुन हालपनि सबैले भोगेका छन सासंद हुन या साधरण दलित समुदाय ।
 भागवत गीता अनुसारको दृष्टिकोणले हामीलाई देखाउँछ कि असमानता, विभेद, र भेदभावलाई समाप्त गर्न र समाजमा सबैका लागि समानता र सम्मानको अवधारणा निर्माण गर्न महत्वपूर्ण छ। नयाँ पुस्ताले यो मार्गदर्शनलाई अनुसरण गर्दै एक समतामूलक र भातृत्वपूर्ण समाजको निर्माण गर्न सघाउ पुर्याउन सक्छ। यसको अध्धयन गर्न जरुरी छ ताकि यो जातिको अहंकार धर्मको आडमा छ ठाउँ अनुसार एकै धर्म हुदाहुदै मन्दिरमा अपहेलना ,घृणा ,कुटपिट हुने नेपाली समाजमा हिन्दु समुदायको सबैभन्दा ठूलो मानिएको पशुपति मन्दिरमा एउटा दलित आचार्यले सम्मानित हुनु सानो बिषय होइन हिन्दु समाजमा जातीयताका आधारमा होइन धर्मशास्त्रलाई अनुशरण गरेमा सम्मानित पनि होइन्छ भन्ने उदाहरणीय काम हो  । अध्यात्मिक क्षेत्रमा एउटा मन्त्रीले दिने सन्देश भन्दा अध्यात्मिक क्षेत्रकै पुरोहितले दिने सन्देशमा  प्रभावकारी हुनेछ । अत कृष्ण दमाईले पाएको अध्यात्मिक सम्मान सबै दलित समुदायले पाएको भन्ने मेरो आभास हो  ।तर्क बुझाइ अनुरुप हुन्छ यद्यपि जब मानव अध्यात्मिक चेनताले  सन्तुष्टि हुन्छ तब संसारका मानव एकै हुन भन्ने चेतना खुल्नेछ ।विश्व का हिन्दु समुदायको सर्बोच्च सिर भगवान पशुपति नाथको मन्दिरमा हालै चलिरहेको कोटि होमले संसारका हिन्दु समुदायलाई यहि सन्देश बाड्न सफल भएको छ ।आफ्नो देस छाडेर बाह्य राष्ट्रहरुमा रहि अध्यात्मिक कार्यमा लागेका भागवत बाचिकाहरु हुन वा देसमा नै रहेर अध्यात्मिक क्षेत्रमा लागेका     हस्तिहरुलाई सम्मान तथा आफ्नो अनुभव बाड्न दिएर शिक्षित रहेर पनि अध्यात्म भाव नबुझेका हरुमा धर्मको आडमा जात लिङ्गको आधारमा विभेद गरिनु हुदैन भन्ने प्रमाण पेस गरिदिएको छ ।यहीँ नै सनातन धर्मको सुरुवाती जग थियो कुनै समयमा शोषण दमनका निम्ति समाजका टाठाबाठाले समाजमा लागू गरिएकोमा अब नयाँ पुस्ताले बुझ्न जरुरत छ जसबाट सनातन धर्मको रक्षा र समाजमा दिगो भातृत्व र बिकाश चलिरहोस |

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...