Wednesday, 24 Apr, 2024
विचार / अन्तरवार्ता

नीति ,नेता र नेतृत्व के हो ?
   -  सानोभाइ कार्की

sanobhai-copy-1673521239.jpg

 

बुझ्नलाई कठिन ,बुझ्यो झनै कठिन ,झन झन बुझ्यो झनै कठिन !! बुझ्न चहानेलाई सन्सार ठूलो छ ,नचहानेलाई आफुले जत्रो देख्यो , भोग्यो , जान्यो तेत्रैमात्र छ ।बुझ्न चहानेलाई पनि कम कठिनाइ छैन कहाँबाट शुरु गर्ने ,कहासम्म पुराउने ,के निष्कर्ष निकाल्ने ,कति बुझेपछी परिपक्व हुने ?बुझ्ने कसरी ? को सङ तुलना गरेर आफुलाई योग्य साबित गर्ने ? यी सबै जिज्ञासाहरुको समाधान एकै उत्तरबाटा कदापि सम्भव छैन र खोज्नु पनि उपयुक्त हुदैन ।किनकी समाज निर्माण र अग्रगतिमा जान यस्कासबै अंगप्रत्यङ सबैको अहम भुमिका र महत्त्व छ ।कुनैलाई प्रशन्सा गरेर वा कुनैलाई गौण गरेर हुदैन ।तर मेरो अनुभवले के सुझाउछ भने हरेक कृयाकलापमा नीतिको आवस्यकता पर्दछ । चाहे त्यो धार्मिक ,आर्थिक ,राजनीतिक ,सामाजिक ,नैतिक ,सान्स्कृतिक वा अन्य अन्य ! यो पनि अर्थपूर्ण छ कि दर्शन दुई धारमा बिभक्त्त छ ।अध्यात्मिक र भौतिक ।अरु सबै यिनैका कृयाकलापबाट सुधारका लागि वा अन्य कारणबाट जन्मिएका हाङा बिङामात्र हुन । समाजको परिवर्तनको मुख्य सम्बाहक राजनीति नै हो । राजनीति मुलत दुई धारमा बिभक्त्त छ ।समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष सहितको कम्युनिस्ट ब्यबस्था जहा वर्गबिहिन समाजको परिकल्पना गरिएको छ भने उपलब्ध साधन र श्रोतको उपभोगलाई शक्तिको आधारमा आधारित पुजीवादी ब्यबस्था ।

यहाँ शक्ति र अवसरलाई आधार मानिन्छ । नेपाल जस्तो अल्पबिकसित देश र यस्तै यस्तै अन्य मुलुकहरु जहाँ सिमित मानिसहरुको नियन्त्रणमा अर्थतन्त्र रहेको हुन्छ र अधिकान्श जनताहरु अवसरको खोजीमा रुमल्लिरहनु पर्ने बाध्यता छ वातविक पूजीवादी व्यवस्था कार्यान्वनको कठिनाइ छ ।अहिले विश्वबाट कार्लमार्क्सले परिकल्पना गरेको मार्क्सवादी बिचारधाराको गति धिमाह बनिरहेको छ ।भनौ सिद्धान्तले जे बोले पनि कार्यान्वयन ब्यबहारमा आएको नतीजाप्रती जनताहरु उत्साहित भएको पाइन्न । यद्यपि नेपालमा कम्युनिस्टप्रती जनझुकाव र विश्वासमा कमी आएको छैन ।यो सकारात्मक पक्ष हो ।जनतामात्र होइन कतिपय नेताहरु पनि कम्युनिस्ट पार्टीको सिद्धान्तबाट आचरण निर्माण गर्ने ,प्रतिष्ठा पाएसम्म उपभोग गर्ने ,बिस्तारै जनवादी तर्फ भन्दा आफुकेन्दृत हुँदै एक वा अर्को बहानामा पार्टी फोड्ने ,छोड्ने र पार्टीलाई गुटमा रुपान्तरण गर्ने ,अस्तित्वमा रहन प्रयत्न गर्ने, नसके फेरि छोडेकै पार्टीमा फर्कने गरेकोबाट पनि के पुष्टि हुन्छ भने कम्युनिस्ट पार्टी जनपृय पार्टी छ ।जनता समानताको सिद्धान्तमा आशा र बिश्वास राख्दछ ।जनता यही मार्गबाट आफ्नो कल्याण  हुने ठान्दछ ।यदि यसो हो भने कम्युनिस्ट पार्टीहरुको साझा नारा :- बहुदलीय ब्यबस्था मार्फत समाजवाद अनि  नयाँ जनवादी ब्यबस्था र साम्यवाद नै हो भने  एकैचोटि साम्यवादमा पुग्ने सपना साकार पार्न कम्तिमा जनवादी ब्यबस्था ल्याउन तेस्को नीति जनतालाई सुशिक्षित पार्नु र नेताहरुले तदनुरुपको आचरण र व्यवहार पूरा गर्ने प्रतिबद्धताको पालना गर्नु पर्ने होइन र ? नयाँ जनवादी क्रान्तिको आधारभुत कार्यहरुमा एकरुपता हुनु पर्ने होइन र ? आफ्नो सत्ताको अवसर पाउँदा तदनुरुप कृयाशीलता जनतालाई आभाष हुने गरि देखाउनु पर्ने होइन   र ? यी सवालहरु उठ्नु स्वभाविक नै हुन ।उसो भए के हुन त ती नयाजनवादी क्रान्तिका आधारभुत कार्यहरु ? के गर्नु पर्थ्यो ? के गर्दैछन ?

एकपटक ध्यान दिउ :-
१) सामन्त ,नोकरशाही र दलाल पूजिपती वर्गका हातमा भएको सत्ता जनतामा हस्तान्तरण गर्ने ।
२) सामन्ती भु- स्वामित्वको किसानहरुमा हस्तान्तरण गर्ने ।
३) औपनिबेशिक शोषण र प्रभुत्वका सबै आर्थिक र राजनैतिक रुपहरुको अन्त,
४) जातीय असमानताको अन्त र,
५) देशको सर्वाङिण बिकास ।
  उपर्युक्त अनुरुपको आधारभुत कार्यहरु सम्पन्न गर्ने नीतिहरु के हुन ?यस्को बारेमा जानकारी हुँदा हाम्रा नेताहरुले भनेका र गरेका वा गर्ने प्रयत्नका बारेमा समीक्षा गरि धारणा बनाउन सहज हुने हुँदा यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ ।जनवादी क्रान्तिका आधारभुत नीतिहरु :-
क) कृषि :
१) सामन्ती भ स्वामित्वमा भएको जमीन ,कृषि औजारहरु बिना मुआब्जा जफत गरेर भुमिहीन ,गरिब किसानर निम्न - मध्यम वर्गीय किसानहरुमा वितरण गर्ने ।
२) सामनत वर्गले उपभोग गरिरहेको सबै बिशेष सुबिधा र शोषणका सबै रुपहरुको अन्त गर्ने ।
३) मध्यम वर्गको हितहरुको रक्षा गर्ने र ,
४) निम्न वर्गीय किसानहरुकोआधारभुत हितमा बाधा नपुग्ने गरि धनी किसानको संरक्षण गर्ने ।
ख) उध्योग :
१) बिदेशी नोकरशाही र दललल पुजिपति वर्गको स्वामित्वमा भएको पुजिको राष्ट्रियकरण ,
२) जनताका आधारभुत हितहरुमा आघात नपुग्नेगरी राष्ट्रिय उध्योगपती र व्यापारीका हितहरुलाई रक्षा गर्ने र संरक्षण दिने ,
३) राष्ट्रिय उध्योग र व्यापारको विकास गर्ने र ,
४) आधारभुत उध्योगहरुसरकारी क्षेत्रबाट सन्चालन गर्ने ।
ग) परराष्ट्र :
१) असमान सन्धी,विदेशी शक्त्तिहरुलेउओअभोग गरिरहेका सबै विशेष सुबिधा र हकहरुको अन्त गर्ने ,
२) समाजवादी देशहरुसङ विशेष भाइचारा सम्बन्ध राख्ने
३)चीन,भारत ,पाकिस्तान ,सिक्किम ,भुटानसहितको सम्बन्ध कायम गर्ने,
  ४) एशिया ,अफ्रिका ,ल्याटिन अमेरिका र ओसिनियाका विकासोन्मुख देशहरुसङ मैत्रीपुर्ण नीति अपनाउने ,
५) शान्ती र समानताका आधारमा विश्वका सबै राष्ट्रहरुसित मित्रताको नीति अपनाउने ।
६) साम्राज्यवाद ,सबै प्रकारका प्रतिकृयावादका बिरुद्ध विश्वभरिका राष्ट्रिय स्वाधीनता र जनवादी आन्दोलनको समर्थन गर्ने ।
घ) सामान्य :
१) बेकारीको अन्त गरेर कामको ग्यारेन्टी दिने ,
२) न्युनतम मजदुरी निर्धारित गर्ने र न्यायोचित पारिश्रमिकको ग्यारेन्टी दिने ,
३) महिलाहरुलाई सम्पतिमाथी पूरा अधिकार दिने ,सबै क्षेत्रमा पुरुसरह समान अधिकार प्रदान गर्ने ,स्त्री माथी  सामन्ती नियन्त्रण र सामाजिक अन्यायका अन्य सबै क
५) सस्तो र सुलभ स्वास्थ्य सेवाको प्रबन्ध गर्ने । उपर्युक्त अनुरुपको लक्षलाई कृयान्वयन गर्ने नीतिको समीक्षा गर्ने हो भने यो नीति लाई आत्मसात गर्ने नेताहरु कति छन ?यो साझा सवालको बिषय हो । ती नेता नै वास्तविक नेता हुन ।आज मुलुकमा दिनानुदिन युवा जनशक्ति रोजीरोटिका खातिर आफ्नो उर्जाशील श्रमलाई बेच्न बिदेशिनु पर्ने परिस्थिति सिर्जना हुनु ,देशमा स्थापित कलकारखाना ,उध्योगधन्धा क्रमश बन्द हुँदै जानू ,कृषि भुमी हालसालैको तथ्यांक अनुसार २६% बाझो रहनु ,बेकारी र बेरोजगारीको संख्या धान्नै नसक्नेगरी वृद्धि हुनु ,आयातको मात्रा ह्वात्तै बढ्नु ,निर्यात नाममात्रको हुनु यी  सबै ताजा परिस्थिति र लामो समयदेखी एक वा अर्को नामले नेपालमा कम्युनिस्ट नेताको नेतृत्वमा सरकार चलिरहनु र प्रतिपक्षमा रहदासम्म निर्णायक शक्तिको रुपमा रहनु जस्ता वास्तबिकताको बीचमा रहेर मुल्यांकन गर्ने र यथार्थताको खोजी गर्ने बेला आएको छैन  र ? यसरी वास्तविकताको धरातलमा बसेर समीक्षा गर्ने हो भने कि त वर्तमान कम्युनिस्ट नेताहरु सचिनु जरुरी छ वा आफ्नो पार्टीको नामको क झिक्नु र जनतालाई रस नभएको लड्डु बाड्न छोड्नु नै सर्वोत्तम होइन र ?
                              


world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...