Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

नारायणगढ–मुग्लीन–मलेखु खण्डको बिकल्प किन नखोज्ने ?

FB_IMG_1688380428204-1688380453.jpg

 

 

 भानुभक्त आचार्य 

messenger sharing button

twitter sharing button

whatsapp sharing button

sharethis sharing button

सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास हो त्यो पूर्वाधारभित्र पनि सडकचाहिँ पूर्वाधार विकासको पनि मुख्य पूर्वाधार हो । भनिन्छ नि ‘विकास गाडी चढेर आउँछ’ भनेर । त्यसैले अहिले स्थानीय सरकारले वडाका गाउँबस्तीसम्म डोजर चलाएका छन् । बैशाख–जेठमा खनेको त्यस्ता अबैज्ञानिक र अब्यवस्थित सडक असार–साउनमा बगाएर बंगालको खाडीमा पुगिरहेका छन् । डोजर अपरेटर नै ईन्जिनियर बनेका त्यस्ता सडकले गाउँबस्ती नै जोखिममा पारिरहेको छ ।

 

सडक सञ्जाल आकारका दृष्टिले नेपाल विश्वका दुई सय २२ देशमध्ये ११९ औं स्थानमा परेको छ । नेपालमा २०३१ मा सडक ऐन आएपनि त्यो ऐन अझै प्रभावकारी कार्यान्वयनमा आएको देखिदैन । उदाहरणका लागि हेटौंडा बजार क्षेत्र हेर्दा पुग्ला । पूर्वपश्चिम राजमार्गमा सबैतिर सडक क्षेत्राधिकार ५० मिटर कायम हुँदा हेटौंडा बजारमा भने अझै १६/१६ मिटर कायम गर्ने प्रस्ताव गरेर सडक बिस्तारमा तगारो हाल्ने काम भइरहेको छ । कहिले १५ गजको प्रस्ताव आउँछ त कहिले १६ मिटरको ।

एसियन डेभलपमेन्ट बैंक (एडीबी) का अनुसार नेपालमा एक्सप्रेस–वे शून्य अंकमा छ । बैंकले सञ्चालन गरेको सासेक रोड कनेक्टिभिटीमा नेपालको सडक सञ्जालको अवस्था दयनीय देखिएको छ । साउथ एसिया सबरेजिनल इकोनोमिक्स कोअपरेसन (सासेक) प्रोग्रामलाई आधार मान्ने हो भने एक सय वर्गकिलोमिटर क्षेत्रफलमा जम्मा १४ किलोमिटर सडक छ अर्थात् एक हजार मानिसका लागि केवल १ किलोमिटर सडक मात्र पर्दछ । एडीबी र वल्र्ड बैंक नै नेपालको सडक बिस्तारका लागि सबैभनदा ठूला दाता हुन् ।

नेपालको मालसामान ढुवानी गर्ने सबैभन्दा भरपर्दो पारबहनको बिकल्प भनेकै सडक यातायात नै हो । ९० प्रतिशत मालसामान ओसार पसरा र यात्रु आवतजावत गर्ने माध्यम भनेकै सडक हो । सडक यातायातलाई बैज्ञानिक र न्यून जोखिमयुक्त बनाउनका लागि परम्परावादी सडक निर्माणको सिलसिला तोड्नै पर्छ । भारत तथा तेस्रो मुलुकसँगको ब्यापार तथा पारवहन मार्ग भनेको बीरगंज नाका नै हो । भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात हुने सबैभन्दा उपयुक्त र महत्वपूर्ण नाका भनेकै बीरगंज–रक्सौल नाका हो ।

बीरगंजबाट मालबाह ट्रक काठमाडौंसम्म नारयणगढ–मुग्लीन भएर पुग्दा करिब २८५ किमि यात्रा गर्नुपर्छ । बीरगंज–हेटौंडा–नारायणगढ–मुग्लीन–मलेखु–नौबीसे–काठमाडौं खण्डमध्य सबैभनदा जोखिम र बर्षात्को समयमा बारम्बार अवरुद्ध हुने खण्ड भनेको नारयणगढ–मुग्लीन–मलेखु खण्ड नै हो । यसको बिकल्पको रुपमा मकवानपुरको मनहरीबाट परेवाभीर–कैलाश–डाँडाखर्क–मलेखु खण्डलाई थोरै खर्चमा स्तरीकरण गर्न सकिन्छ । चितवनको भण्डाराबाट धादिङको मलेखु निस्कनेगरी कान्द्राङगढी हुँदै जाने चेपाङमार्ग पनि सञ्चालनमा छ । यसको पनि स्तरीकरण गर्दा नारायणगढ–मुग्लीनको बिकल्प बन्न सक्छ ।

बीरगंज–हेटौंडा–मनहरी खण्ड करिब ८० किलोमिटर बर्षातको समयमा पनि नरोकिने खण्ड हो । मनहरी–डाँडाखर्क–मलेखु ५० किलोमिटर खण्डलाई स्तरीकरण गर्ने हो भने मुग्लीन–नारयणगढ–मलेखु खण्डको भरपर्दो बिकल्प हुनसक्छ । बीरगंज–हेटौंडा–मनहरी–मलेखु–काठमाडौं खण्डको लम्बाई पनि करिब ७५ किमि छोट्टिएर जम्माजम्मी २०० किमिमा सीमित गर्न सकिन्छ । यसो हुँदा समय पनि बचत हुनेछ र यातायातको संचालनमा हुने इन्धन खर्च, मेकानिकल हस, जोखिम सबै कुरा घट्ने छ ।

बीरगंज–काठमाडौं सामान ढुवानीमा वार्षिक अरबौं रुपैयाँ जोगिने 

मकवानपुरको मनहरी–कैलाश–डाँडाखर्क–मलेखु खण्डमा ट्रयाक खोल्ने काम भइसकेको छ । परेवाभीरको कथा यस अघि धेरै पटक चर्चाको बिषय बन्दै आएको थियो । यसलाई स्तरीकरण गर्नका लागि पनि धेरै ठूलो धनराशी खर्च गर्नु पर्दैन । बढीमा १०/१५ अर्ब रुपैयाँ खर्च गर्ने हो भने त्यो रकम एक वर्षमा मुग्लीन घुम्ने ईन्धनबाटै बचत हुनेछ । यो बिषयमा स्थानीय सरकारले पनि अध्ययन गर्नु जरुरी छ । स्थानीय सरकारले आफ्नो भुगोलको अध्ययन गर्ने र प्रदेश वा संघीय सरकारलाई आग्रह गर्दा सहज हुनेछ । बीरगंज–काठमाडौंको दुरी करिब ७५ किमि घट्दा भाडादरमा पनि सहुलियत हुन जान्छ ।

मध्य असारदेखि नारयणगढ–मुग्लीन खण्डमा नियमित रुपमा समस्या आइरहेको छ । हरेक बर्षायाममा नारायणगढ–मुग्लीन खण्डमा पहिरोको समस्या आइरहेको छ । पटकपटक अवरुद्ध हुने यो सडकको बिकल्प खोज्नै पर्छ । यो अवस्थामा बुटवल पश्चिमबाट आउने सवारीसाधनलाई पनि मनहरी आएर कैलाश हुँदै मलेखु निस्कनका लागि दुरी छोटिन्छ । पश्चिमबाट आउने गाडीलाई पनि मनहरीबाट सीधै मलेखु निस्कने रुट उपयोगी हुनेछ ।

त्यसो त सरकारले रक्सौल काठमाडौं रेल सेवाको बिस्तार गर्न पनि खोजिरहेको छ । तर, तयो भारतीय सरकारको निगाहामा भरपर्ने कुरा हो । हाम्रो देशको बजेटले चाहेर त्यो बन्नेवाला छैन । सरकारले सबैभन्दा कम लागतमा निर्माण गर्न सकिने सम्भावना देखिएको बीरगंज–जीतपुर–निजगढ–शिखरपुर–सिस्नेरी–सतीखेल हुँदै काठमाडौं जोड्ने करिब २ सय १९ किलोमिटर लामो बाटो प्रयोग गर्ने गरी रेलसेवाको डिपिआर अध्ययन भएको छ ।

रेलमार्ग सञ्चालन भए भारतबाट आयात हुने सामान काठमाडौंसम्म ल्याउने लागत तथा समय घट्नेछ । नेपालमा भारतबाट सामान आयात गर्दा सबैभन्दा बढी वीरगन्ज नाका प्रयोग हुने गर्छ । आयात लागत घट्ने र समय बचत हुँदा काठमाडौंमा सामानको मूल्य कम हुनेछ । पेट्रोलियम पदार्थको बचतबाटै मनहरी–परेवाभीर–कैलाश–मलेखु सडकखण्ड निर्माण गर्न सकिन्छ । त्यो पनि नेपाल सरकारको बजेटमा ।

यता निजगढ–काठमाडौं फास्टट्रयाक पनि निर्माणाधीन अवस्थामा छ । समयमै फास्टट्रयाक संचालनमा आउने सम्भावना पटक्कै छैन । किनभने यो बढी महत्वाकांक्षी योजना हो । १५ वर्षअघि आधादर्जन मन्त्रीले सिलान्यास गरेको फास्टट्रयाक त्यसपछि पनि तीनपटक सिलान्यास भइसकेको छ । १५ वर्षअघि ७० अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको फास्टट्रयाकको लागत बढेर दुई खर्ब रुपैयाँ भन्दा बढी भइसकेको छ । गुणस्तरीय सडक सञ्जालले देशलाई घाटा छैन । अब्यवस्थित अबैज्ञानिक सडकले मात्र घाटा पु¥याउने हो ।

हरेक वर्ष बर्षातको समयमा मुग्लीन–नारायणगढ खण्डमा अबरोध हुन थालेपछि मात्र राष्ट्रिय राजमार्गको बिकल्पका बारेमा बहस हुने गरेको छ । तर, बर्षात रोकिएपछि बिकल्प खोज्ने बहस पनि रोकिने गरेको छ । हेटौंडाबाट काठमाडौं भ्याली प्रबेश गर्ने आधा दर्जन सडक छन् तर, ती सबै सडक बर्षातको समयमा अबरुद्ध हुन्छन् । सरकारसँग दीर्घकालीन सडक संचालन नीत नभएको भने होइन । सडक निर्माण गर्दा वातावरणीय र बर्षातको प्रभाव कस्तो पर्छ भनेर अध्ययन गर्ने चलन छैन ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg