Saturday, 04 May, 2024
खेल

थाहा वडास्तरीय फुटबलको फाईनलमा वडा नम्बर १ र ३

semi1-1706284482.jpg

थाहानगर, १२ माघ/थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि वडा नम्बर १ र ३ भिड्ने भएका छन् । खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीका अनुसार शुक्रबार वडा नम्बर ३ र ७ बिच भएको सेमिफाइनल चरणको पहिलो खेलमा वडा नम्बर ३ बिजयी भएको छ । निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ४-३ गोल अन्तरले वडा नम्बर ३ फाईनल प्रबेश गरेको हो  ।यस खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का गोलकिपर देब बहादुर पाख्रीन भएका थिए । त्यस्तै सेमिफाइनल चरणको दोस्रो खेलमा वडा नम्बर १ बिजयी भएको छ । वडा नम्बर १ र ११ बिच भएको खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ७-६ गोल अन्तरले वडा नम्बर १ फाईनल प्रबेश गरेको हो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का गोलकिपर प्रचण्ड गोपाली भएका थिए । थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि  सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा शनिबार दिउँसो वडा नम्बर १ र ३ बिच फाईनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टिमले नगद १ लाख र उपबिजेता टिमले  नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।


world-link-1690434568.jpg
चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...