Thursday, 02 May, 2024
विचार / अन्तरवार्ता

थानकोट–चित्लाङ्ग (गणेशनमान मार्ग)लाई हेर्ने राज्यको दृष्टिकोण किन पूर्वाग्रही ?

FB_IMG_1686727171101-1686727194.jpg

राजेन्द्रभक्त श्रेष्ठ

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी मकवानपुरबीच सम्पर्क सेतुको रुपमा रहेको, एक आपसमा जोडिएको ऐतिहासिक महत्व र भविश्यको विकासको विराट संभावना बोकेको मार्ग हो थानकोट–चित्लाङ्ग –गणेशनमान मार्ग । 

छुट्टै इतिहास बोकेको थानकोट–चन्द्रागिरी– चित्लाङ सडक आज विभिन्न कारणबाट पछि परेको आभास हुन थालेको छ । हुनत वि.सं. २०२८ सालदेखि यो बाटो सुरु भएको हो । 

१ अर्ब ६ करोड रुपैंयाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको थियो । यसले काठमाडौंलाई तराइसंग जोड्ने वैकल्पिक मार्गको रुपमा आफुलाई स्थापित मात्र गर्दैन यस सडकलाई सहज र स्तरीकरण गर्दा पूर्वदेखि पश्चिम जताको पनि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्छ । 

यति महत्वको सडक भैकन पनि केन्द्रीय सरकारले यसलाई कहिल्यै उच्च प्राथमिकतामा नपार्नु भने विकासको महत्व नबुझ्नु सरह हो । 

विगत सयौं वर्ष देखि संचालनमा आएको यो बाटो लिच्छवीकालिन शासक देखि लिएर राणाहरुले पनि व्यापक प्रयोग गरेको पाईन्छ । अंशुवर्मा र नरेन्द्रदेवको शासनकाल अर्थात लिच्छवी कालको मध्यतिर टिस्टुङ–चित्लाङ भेग प्रखर भन्सार केन्द्र भएको इतिहासका दस्तावेजहरुमा उल्लेख छ । 

भारतको कलकत्तादेखि चिनको भोट–तिब्बत सम्मको व्यापार आयात–निर्यात गर्ने केन्द्रीय मार्ग नै यही भएको र यस क्षेत्रका स्थानीय जनतालाई तत्कालिन राजाले भन्सार छुट गरिदिएको उल्लेख छ । कस्तुरी, तामाको भाँडा, चम्मर, ऊन लगायतका सामानको व्यापार गर्दा यस क्षेत्रका जनतालाई भन्सार निशुल्क भनेर राज अंशुबर्माले जारी गरेको आदेश उल्लेख भएको शिललेख अझै टिस्टुङ (पाल्चोक) स्थित विद्यालय भवनको कोठाभित्र अझै छ । 

त्यस्तै यही बाटो हुँदै राणाकालमै नेपालको राजधानी काठमाडौंमा मोटर बोकेर ल्याएको कुरा हामी माझ सर्ववितितै छ । यसका बावजुत पनि यो बाटोलाई राज्यले हेर्ने दृष्टिकोण फरक पाईएको छ । 

बाटोको स्तरोन्नति भएको खण्डमा चित्लाङ्ग, इन्द्रसरोबर (मार्खु) र थाहा नगरलाई मात्र सहज हुने होईन भन्ने कुराको बोध योजनाविद्हरुलाई हुन जरुरी छ ।  समग्र देशको आर्थिक विकास र समृद्धिसँग जोडिएको गणेशमान मार्ग आज राज्यको ध्यान नपुगेर हो या  निश्चित व्यत्तिहरुको राजनीति गर्ने थलोको कारण यो आर्थिक बर्षमा निक्कै ओझेलमा प¥यो । 

 एक अर्ब ६ करोडको डिपिआर भएको बाटोमा जम्मा २ करोड बजेट निकासा गर्नु भनेको बर्खामा खाल्डाखुल्डी पुर्न पनि नपुग्ने पैसा हो । यसरी बजेट बिनियोजन हुने अवस्था भनेको अत्यन्तै पूर्वाग्रही सोच हो । 

भौगोलिक दुरीको दृष्टिकोणले जम्मा ८ कि.मी. सडक आज के कारण ओझेलमा परेको छ भन्ने कुरा मनन गर्नु अति आवश्यक भईसकको छ । 

मुलुकको पहिचान र देशको सम्पती कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई विकासको आधार भनेर भाषण जपेर मात्र हुँदैन ।  दिगो विकासको लक्ष्य प्राप्तीका लागि अति आवश्यक पूर्वाधारहरु तयार गर्न विकासप्रेमी, नीति निर्माण गर्ने तह–तप्का र योजना बनाउने निकाय अति सम्बेदनशील हुनु पर्ने देखिएको छ । 

चित्लाङ्ग–थानकोट सडकलाई गणेशमान मार्ग नामकरण गरेको छ । के यो नामको कारणबाट बजेट बिनियोजन नभएको हो त ? या सिमित व्यक्तिको स्वार्थ छ भने व्यक्तिको स्वार्थ भन्दा माथि उठेर जनताको स्वार्थ पुरा गर्ने कि नगर्ने ? साथै यो बाटो केवल राजनीति गर्ने थलो हो भने यसलाई पनि परिमार्जित गर्नु प¥यो । यहि बाटोलाई देखाएर राजनिति गर्ने वातावरण बन्द गर्नु प¥यो । 

राजनीति त्यो हो, जहाँ यथार्थपरक सवृद्धि बोकेको समाजमा निर्माण गर्नुपर्छ, त्यस्तो परिकल्पना साँच्नुपर्छ । समाज र धरातल नै भएन भने राजनीति गर्ने ठाउँ पनि रहदैन । 

त्यसैले अग्रज बुद्धिजिवि तथा नेतृत्व वर्गमा मेरो विनम्र अनुरोध छ की गणेश मान मार्गलाई सरकारले हेर्ने दृष्टिकोण सकरात्मक हुनु प¥यो । ताकी ८ कि.मी. सडक बनाउन ५० बर्ष लागिसक्यो  अब अझै कति बर्ष सम्म हामी जनताले धैर्य धारण गर्नु पर्ने हो ? 
दामन पोस्ट बाट,
(श्रेष्ठ थाहा नगरपालिका वडा नं ६ का अध्यक्ष हुन् ।)


world-link-1690434568.jpg
ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...