pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

थानकोट–चित्लाङ्ग (गणेशनमान मार्ग)लाई हेर्ने राज्यको दृष्टिकोण किन पूर्वाग्रही ?

FB_IMG_1686727171101-1686727194.jpg

राजेन्द्रभक्त श्रेष्ठ

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी मकवानपुरबीच सम्पर्क सेतुको रुपमा रहेको, एक आपसमा जोडिएको ऐतिहासिक महत्व र भविश्यको विकासको विराट संभावना बोकेको मार्ग हो थानकोट–चित्लाङ्ग –गणेशनमान मार्ग । 

छुट्टै इतिहास बोकेको थानकोट–चन्द्रागिरी– चित्लाङ सडक आज विभिन्न कारणबाट पछि परेको आभास हुन थालेको छ । हुनत वि.सं. २०२८ सालदेखि यो बाटो सुरु भएको हो । 

१ अर्ब ६ करोड रुपैंयाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको थियो । यसले काठमाडौंलाई तराइसंग जोड्ने वैकल्पिक मार्गको रुपमा आफुलाई स्थापित मात्र गर्दैन यस सडकलाई सहज र स्तरीकरण गर्दा पूर्वदेखि पश्चिम जताको पनि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्छ । 

यति महत्वको सडक भैकन पनि केन्द्रीय सरकारले यसलाई कहिल्यै उच्च प्राथमिकतामा नपार्नु भने विकासको महत्व नबुझ्नु सरह हो । 

विगत सयौं वर्ष देखि संचालनमा आएको यो बाटो लिच्छवीकालिन शासक देखि लिएर राणाहरुले पनि व्यापक प्रयोग गरेको पाईन्छ । अंशुवर्मा र नरेन्द्रदेवको शासनकाल अर्थात लिच्छवी कालको मध्यतिर टिस्टुङ–चित्लाङ भेग प्रखर भन्सार केन्द्र भएको इतिहासका दस्तावेजहरुमा उल्लेख छ । 

भारतको कलकत्तादेखि चिनको भोट–तिब्बत सम्मको व्यापार आयात–निर्यात गर्ने केन्द्रीय मार्ग नै यही भएको र यस क्षेत्रका स्थानीय जनतालाई तत्कालिन राजाले भन्सार छुट गरिदिएको उल्लेख छ । कस्तुरी, तामाको भाँडा, चम्मर, ऊन लगायतका सामानको व्यापार गर्दा यस क्षेत्रका जनतालाई भन्सार निशुल्क भनेर राज अंशुबर्माले जारी गरेको आदेश उल्लेख भएको शिललेख अझै टिस्टुङ (पाल्चोक) स्थित विद्यालय भवनको कोठाभित्र अझै छ । 

त्यस्तै यही बाटो हुँदै राणाकालमै नेपालको राजधानी काठमाडौंमा मोटर बोकेर ल्याएको कुरा हामी माझ सर्ववितितै छ । यसका बावजुत पनि यो बाटोलाई राज्यले हेर्ने दृष्टिकोण फरक पाईएको छ । 

बाटोको स्तरोन्नति भएको खण्डमा चित्लाङ्ग, इन्द्रसरोबर (मार्खु) र थाहा नगरलाई मात्र सहज हुने होईन भन्ने कुराको बोध योजनाविद्हरुलाई हुन जरुरी छ ।  समग्र देशको आर्थिक विकास र समृद्धिसँग जोडिएको गणेशमान मार्ग आज राज्यको ध्यान नपुगेर हो या  निश्चित व्यत्तिहरुको राजनीति गर्ने थलोको कारण यो आर्थिक बर्षमा निक्कै ओझेलमा प¥यो । 

 एक अर्ब ६ करोडको डिपिआर भएको बाटोमा जम्मा २ करोड बजेट निकासा गर्नु भनेको बर्खामा खाल्डाखुल्डी पुर्न पनि नपुग्ने पैसा हो । यसरी बजेट बिनियोजन हुने अवस्था भनेको अत्यन्तै पूर्वाग्रही सोच हो । 

भौगोलिक दुरीको दृष्टिकोणले जम्मा ८ कि.मी. सडक आज के कारण ओझेलमा परेको छ भन्ने कुरा मनन गर्नु अति आवश्यक भईसकको छ । 

मुलुकको पहिचान र देशको सम्पती कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई विकासको आधार भनेर भाषण जपेर मात्र हुँदैन ।  दिगो विकासको लक्ष्य प्राप्तीका लागि अति आवश्यक पूर्वाधारहरु तयार गर्न विकासप्रेमी, नीति निर्माण गर्ने तह–तप्का र योजना बनाउने निकाय अति सम्बेदनशील हुनु पर्ने देखिएको छ । 

चित्लाङ्ग–थानकोट सडकलाई गणेशमान मार्ग नामकरण गरेको छ । के यो नामको कारणबाट बजेट बिनियोजन नभएको हो त ? या सिमित व्यक्तिको स्वार्थ छ भने व्यक्तिको स्वार्थ भन्दा माथि उठेर जनताको स्वार्थ पुरा गर्ने कि नगर्ने ? साथै यो बाटो केवल राजनीति गर्ने थलो हो भने यसलाई पनि परिमार्जित गर्नु प¥यो । यहि बाटोलाई देखाएर राजनिति गर्ने वातावरण बन्द गर्नु प¥यो । 

राजनीति त्यो हो, जहाँ यथार्थपरक सवृद्धि बोकेको समाजमा निर्माण गर्नुपर्छ, त्यस्तो परिकल्पना साँच्नुपर्छ । समाज र धरातल नै भएन भने राजनीति गर्ने ठाउँ पनि रहदैन । 

त्यसैले अग्रज बुद्धिजिवि तथा नेतृत्व वर्गमा मेरो विनम्र अनुरोध छ की गणेश मान मार्गलाई सरकारले हेर्ने दृष्टिकोण सकरात्मक हुनु प¥यो । ताकी ८ कि.मी. सडक बनाउन ५० बर्ष लागिसक्यो  अब अझै कति बर्ष सम्म हामी जनताले धैर्य धारण गर्नु पर्ने हो ? 
दामन पोस्ट बाट,
(श्रेष्ठ थाहा नगरपालिका वडा नं ६ का अध्यक्ष हुन् ।)

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...