himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

जेष्ठ नागरिक फोटो प्रदर्शनी, दस हजार बढीले गरे अवलोकन

FB_IMG_1696077830271-1696078022.jpg

राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए ।
उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ । अझै पुगेको छैन । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं ।’
कार्यक्रममा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गाैतम( चट्याङ माष्टर) एजिङ नेपालमा निर्देशक प्रकाश गाैतम, राष्ट्रिय फाेटाे पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्त, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।
फाेटाे प्रदर्शनी कार्यक्रमकाे संयाेजकत्व गणेश बिष्टले गरेका थिए ।
उनले प्रदर्शनीमा राखिएका तस्बीरहरु एकदमै राम्रो लागेको भन्दै प्रदर्शनको सफलताको कामना गरे । कार्यक्रमलाई १० हजार भन्दा बढिले अवलाेकन गरे । कार्यक्रममा ४० जना फाेटाे ग्राफरकाे ६२ वटा फाेटाे प्रदर्शनीमा राखिएको थियाे ।

कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ । प्रदर्शनीमा राखिने तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।

FB_IMG_1696077827824-1696078047.jpg
FB_IMG_1696077825277-1696078047.jpg
FB_IMG_1696077822098-1696078073.jpg
FB_IMG_1696077812762-1696078073.jpg
FB_IMG_1696077822098-1696080971.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png