Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

जनकल्याणमा गड्यौला खेती र नगदे कृषि कर्म

FB_IMG_1692796436004-1692797230.jpg

 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण मावि कृषितर्फका विद्यार्थीलाई प्रयोगात्मकसंगै व्यवहारिक ज्ञान पढाउन थालिएको छ । उनीहरु खेतीपातीका विधि जस्तै गड्यौला खेती पनि पढ्न थालेका छन् । विद्यालय हाताभित्र नै गड्यौला खेती गरेर कृषि पढ्ने विद्यार्थीलाई प्राविधिक र व्यवहारिक ज्ञान दिन थालिएको कृषि प्रशिक्षक निश्चल शाक्यले बताए । जमिनलाई सधै जोतेर उर्बराशक्ति बढाइराख्ने र मल पनि उपलब्ध गराउने गड्यौला जस्तो उपयोगी जीवको बारेमा अध्ययन गराएपछि मात्रै कृषि अध्ययन सफल हुने भएकोले गड्यौला खेतीबारे अध्यापन थालिएको जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की बताउँछन् ।


गड्यौला पलन गरिएको ट्रष्ट ।

 ‘गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं । विद्यालय हाताभित्र नै गड्यौला पालेर विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि दिइरहेका छौं,’ प्रधानाध्याक कार्कीले भने । विद्यालयले गड्यौला खेतीको बारेमा विद्यार्थीलाई व्यवहारिक र प्रविधिक ज्ञान प्रदान गर्न विद्यालय हाताभित्रै गड्यौला खेती गर्ने योजना बनायो । तर, गड्यौला पाउने कहाँ भन्ने जानकारी थिएन । ‘गड्यौला कहाँ पाइन्छ र कसरी पाल्नुपर्छ भन्ने पनि जानकारी थिएन । अनि अनलाइनमा गड्यौला खेती गरिरहेका किसानका बारेमा जानकारी खोज्न थाल्यौं । काठमाडौँको भिमढुंगामा यसको खेती गर्ने किसानसँग सम्पर्क भयो । अनि गड्यौला किन्ने योजना बनाउन थालियो,’ प्रधानाध्यापक कार्कीले भने ।

कार्कीले भने–‘गड्यौला पाइयो । त्यसको खेती गर्न तालिम पनि पाउने भइयो । तर, गड्यौला किन्ने बजेटको अभाव भयो । किनभने गड्यौला किन्न र त्यसको खेती गर्ने तालिम पनि लिनको लागि करिब ५ लाख रुपैयाँ लाग्ने भयो । तालिम ३ दिनको हुने रहेछ ।’ बजेटको अभाव परेपछि विद्यालयले आफ्नो सरकार र अभिभावक पनि रहेको थाहा नगरपालिकासँग आग्रह पश्चात् नगर प्रमुख विष्णुबहादुर विष्ट ‘आदर्श’ बजेट उपलब्ध गराउन राजी भए । गड्यौला खेती गर्न जनकल्याण मावि आतुर थियो । गड्यौला बेच्ने र तामिल दिने व्यक्ति भेटिएकै थियो । यत्ति भएपछि जनकल्याणको गड्यौला खेती योजना कार्यान्वयको तहमा जान कुनै समस्या थिँदै थिएन– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानले भने ।

प्रशिक्षक विद्यार्थीको मिहिनतले उत्पादित च्याउ ।

‘हामीले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराउन भनेका थियौं । नगरपालिकाले साढे ३ लाख १६ हजार रुपैयाँ दियो । तालिम गोष्ठीको सरकारी नम्र्स हुने रहेछ । तर, त्यति पैसा भएपनि हामीले जेनतेन गरेर गड्यौला किनेर ल्यायौं,’ प्रधानाध्यापक कार्कीले भने । जनकल्याण माविले काठमाडौँको भिमढुंगाबाट ७० केजी गड्यौला किनेर लग्यो । र, तालिम पनि लियो । विद्यालयले ६० केजी गड्यौलाको पैसा तिरेको भएपनि विद्यालयले किन्न लागेको भनेर विक्रेताले १० केजी बढी दिएछन् । गड्यौला किन्न र तालिम लिनको लागि १ लाख ८० हजार त खर्च भइनै सकेको थियो । गड्यौलालाई सेपमा राख्नुपर्ने रहेछ । उसको साइज अनुसार बेग्लाबेग्लै सेप बनाएर राख्नुपर्ने रहेछ । त्यो पनि राखियो । गड्यौला खेती गर्न गोबर चाहिने रहेछ । विद्यालयले एक ट्याक्टर गोबर किनेर ल्यायो । गड्यौलालाई खुवाउनको लागि आवश्यक पर्ने हरियो सागसब्जी त विद्यालय हाताको तरकारी खेतीमै पाइन्थ्यो । त्यो पनि खुवाउन थालियो ।

पालिएको माछालाई दाना राख्दै विद्यार्थी ।

विद्यालयको हाताभित्र र बाहिर गरेर ७ रोपनी जमिनमा खेतीपाती गरिन्छ । र, त्यहाँ टनेल बनाएर खेती गर्न थालिएको छ । टनेल ६ वटा नै बनाइएको छ । ‘३ वटा टनेलमा तरकारी खेती गरेका छौं । एउटामा माछा पालन गरेका छौं, अर्काे दुईवटामा च्याउखेती गरिएको प्रशिक्षक शाक्यले जानकारी दिए । कृषिलाई सीपसँग जोड्न यस्तो काम गरिरहेको विद्यालयले जनायो । विद्यालय हाता बाहिर पनि ४ रोपनी जग्गा भाडामा लिइएको छ । त्यहाँ चाहिने सबै कृषि पूर्वाधार विद्यालयले बनाइदिएको छ । यस कार्यमा प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाले पनि सहयोग गरेहेको छ । खेती लगाउनेदेखि अन्य कृषि काम भने प्रशिक्षक र विद्यार्थीले गर्ने गरेको विद्यालय व्यवस्थापन समिति सदस्य निरोज प्रधानले बताए ।

तरकारी उत्पादनका लागि बनाइएको टनेल ।

५ रोपनी जमिनमा फलेको फलफूल तथा तरकारी विक्री गरिन्छ । यसरी विक्री गरेर आएको रकम भने विद्यार्थी, प्रशिक्षक र विद्यालयलाई भाग लगाउने गरिएको विद्यालयका अध्यक्ष स्याङ्तान बताउँछन् । ‘तरकारी विक्री गरेर आएको रकमको ४० प्रतिशत विद्यार्थीलाई, ४० प्रतिशत शिक्षकलाई र २० प्रतिशत विद्यालयलाई हुन्छ, यो नियम विद्यालय व्यवस्थापन समितिले बनाएकोे छ । विद्यालयले पैसा नलिएर विद्यार्थीलाई नै दिएको भए पनि हुन्थ्यो । तर, मल, विउ जस्ता कुराहरु किन्दा र पूर्वाधार तयार पर्दा लगानी भएको हुन्छ । विउपुँजी जोगियोस भनेर २० प्रतिशत रकम विद्यालयले लिने गरेको प्रधानाध्यापक कार्की बताउँछन् । प्रधानाध्यापक कार्कीले दिएको जानकारी अनुसार कक्षा ९ मा २१ जना, कक्षा १० मा १३ जना, कक्षा ११ मा १४ जना र कक्षा १२ मा १७ जना विद्यार्थीले कृषि विषय अध्ययन गरिहेका छन् । यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटी) को कार्यक्रम पनि सो विद्यालयमा लागू भएको छ । त्यसैले सिटिइभिटीमा कृषि विषय पढ्ने विद्यार्थी पनि जनकल्याणमा छन् ।

माछा पालन ।

विद्यालयमा कृषि विषय अध्ययन गरिरहेका कक्षा ९ देखि १२ सम्मा विद्यार्थीहरुको कुल १२ महिना ओजेटी र सिटिइभिटी अन्तर्गतको ३ महिना कार्यानुभव कार्यक्रम हुने प्रशिक्षक शाक्यले बताए । प्रयोगात्मक अवधिमा विद्यार्थीहरुले फिल्डमा भरपूर सिकाइ बटुल्नेछन् । सिटिइभिभटी अन्तर्गतको विद्यार्थीलाई थाहानगरका किसानको अवस्था, समस्या र प्रयोगात्मक चुनौतिको विषयमा अध्ययन गर्नका लागि सामाजिक सर्वेक्षण र कृषि अनुसन्धान गर्न फिल्डमा पठाइने गरिएको छ । ‘फिल्डमा हुने अनुसन्धानबाट आउने नतिजाको आधारमा आगामि वर्षको कार्यक्रम निर्माणमा सहयोग हुन्छ’– शाक्यले भने–‘करिब ९० प्रतिशत बढि व्यवसायिक किसान रहेको थाहामा प्रत्येक वर्ष साना किसानहरुलाई तरकारीको भाउ उचारचढावले असर पर्दै आएकोले यसकोे विकल्पमा व्यवसायिक माछापालनको अनुसन्धान विद्यालयमै भैरहेको छ ।’

टनेल भित्र सप्रिएको तरकारी ।

थाहा नगरपालिकाको वडा नम्बर ३ मा पर्ने सो विद्यालय भएको क्षेत्र चिसो हुने ठाउँ हो । हिउँदमा तुसारो नै पर्छ । चिसो ठाउँमा माछा पालन र गड्यौला खेती सम्भव छ ? ‘हामीले भर्खरै सुरु गरेकोले गड्यौला खेती सम्भव छ कि छैन भनेर यसपालिको हिउँदसम्म कुर्नुपर्ने भएको छ । माछा पालन त सम्भव देखियो । च्याउ खेती पनि राम्रै भयो । गड्यौलालाई अलि गर्मी ठाउँ भए उत्तम हुन्थ्यो भन्ने कुरा छ, हेरौं न के कस्तो हँुदो रहेछ,’ प्रधानाध्याक कार्कीले भने । थाहा नगरपालिकाका कृषि अधिकृत संजय तिवारी पनि यहि पर्खाइमा छन्–‘हिउँदको चिसोमा गड्यौला मर्छ कि बाँच्छ । बाँचे हाम्रो लगानी सफल, नबाँचे सिकाइ ।’ विद्यालयले गरेको गड्यौला खेतीबाट उत्पादन भएका गड्यौला त्यहीका विद्यार्थीलाई उपहार दिने योजना बनाएको छ । यसो गर्दा गड्यौलाप्रति विद्यार्थीको आत्मियता जोडिने प्रधानाध्यापक कार्कीले सुनाए ।

गड्यौला गोष्ठी ।

पढाई सकेपछि जाने विद्यार्थीलाई गड्यौला उपहार दिएर पठाउने काकीृको योजना छ । ‘यसो गर्दा विद्यार्थीलाई मैले हुर्काएका गड्यौला मैले नै लिएर आएको छु भन्ने जस्तो पनि महसुस हुन्छ । गड्यौला खेतीको प्रचार प्रसार बढेर रासायनिक मलको प्रयोग पनि कम हुदै जान्छ । र, हाम्रो जमिन, माटो तथा उत्पादित वस्तुको गुणस्तर बृद्धि हुन्छ,’ उनले भने ।

गड्यौला पालन

गड्यौला पालनमा विद्यार्थी ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg