pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

गाईजात्राको सुरुवात र यसको प्रचलन :- नवराज नेपाली

FB_IMG_1724231048357-1724231064.jpg

गाईजात्राको सुरुवात मल्लकालीन समय बाट सुरु भएको मानिन्छ। विशेष गरी, राजा प्रताप मल्लको शासनकालमा गाईजात्राको प्रचलन बढेको मानिन्छ। कथन अनुसार, राजा प्रताप मल्लकी रानीले आफ्नो छोराको मृत्यु पछि निकै शोकमा डुबेर दैनिकी जीवनबाट टाढा भएकी थिइन्। रानीलाई शोकबाट मुक्त गर्न, राजा प्रताप मल्लले काठमाडौं उपत्यकाका सबै परिवारलाई, जसका प्रियजनको मृत्यु भएको थियो, गाईसँगै जात्रा निकाल्न आह्वान गरे। यसले रानीलाई थाहा भयो कि उनी एक्ली थिइनन्, र उनका दुःखमा अरू पनि सहभागी थिए। यसरी गाईजात्रा सुरु भयो।

गाईजात्रामा जनै पूर्णिमाको भोलिपल्ट मृतकका आत्मालाई स्वर्गमा पुग्न मद्दत गर्ने भनेर गाईलाई सहरको विभिन्न भागमा परिक्रमा गराइन्छ। यसरी, यो पर्वले मृतकको आत्मालाई शान्ति कामनाको लागि महत्त्वपूर्ण मानिन्छ।

हिले जात्राको सुरुवात

हिले जात्राको सुरुवात र परम्परा पनि मल्लकालमा भएको मानिन्छ। यो जात्रा विशेष गरी भक्तपुर क्षेत्रमा मनाइन्छ, जहाँ जनै पूर्णिमाको भोलिपल्ट विभिन्न समुदायले ठूला काठका रथहरू निर्माण गरी त्यसलाई हिलोको पोखरीमा चलाउँछन्। हिले जात्रालाई भुइँको पानी, हिलो, र मानिसबीचको सम्पर्कको रुपमा लिइन्छ। यो जात्रा कृषि जीवनशैलीसँग जोडिएको छ, जसमा किसानहरूले भुइँलाई, विशेष गरी हिलो र पानीलाई, प्रजननको प्रतीकको रुपमा मान्छन्। 
 अध्यात्मिक महत्त्व

गाईजात्रा:
 पुनर्जन्म र मुक्तिको प्रतीक: 

गाईजात्रामा गाईलाई स्वर्गको द्वार खोल्ने जीव मानिन्छ। यस पर्वमा मृतक आत्माको मुक्तिको लागि गाईलाई अगाडि लगाई दिदा मृतक आत्मा स्वर्ग पुग्न सहज हुने र दख कष्ट पार गरि नयाँ जीवन पाउने कथन अनुसार  गाईलाई पुजा गर्ने हिन्दु प्रचलनमा  मानिन्छ।

शोकबाट मुक्ति: 

गाईजात्राले समाजलाई मृत्युलाई स्वाभाविक मान्न सिकाउँछ र परिवारलाई शोकबाट मुक्ति दिलाउँछ।

हिले जात्रा:
  प्रकृति र मानव बीचको सम्बन्धफ प्रतीक र प्रकृतिसँगको सम्बन्धमा आधारित छ।
 हाल गाईजात्रा लाई समाजमा भएको बिकृति र बिसंगतिहरु सर्वसाधारण समक्ष देखाउन तथा सरकारको उच्च तहमा रहेर नराम्रो काम गरेकालाई ब्यङगात्मक टिकाटिप्पनी गर्नको लागि पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने चलन स्थापित भएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...