pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

विश्व

अमेरिका फेरि आणविक बम निर्माणको तयारीमा जुट्यो

bomb_nPbQaJAsBF-1595490672.jpg

एजेन्सी । रुस र चीनको खतरालाई मध्यनजर गर्दै अमेरिकाले फेरि आणविक बम बनाउन जुटेको छ । अमेरिकाले आगामी १० वर्षमा यसको औधोगिक उत्पादनमा ७० हजार करोड खर्च गर्ने प्रस्तावलाई अघि बढाएको छ । यसको उत्पादन अमेरिकाको क्यारोलिनास्थित सवाना नदीको किनारमा रहेको कारखाना र न्यु मेक्सिकोको लस अल्मोसमा हुने जनाइएको छ । अमेरिका र रसियाको शीतयुद्ध चलिरहेका बेला साभना नदी किनारमा रहेको आणविक हतियार उत्पादन कारखानाले आणविक हतियारहरुका लागि ट्रिटियम र प्लुटोनियम उत्पादन गरेको थियो । त्यसबेला २ लाख एकडमा फैलिएको यस कारखानामा हजारौं व्यक्तिले काम गरेका थिए । अहिले त्यहाँबाट निकै धेरै रेडियोधर्मी तरल पदार्थ(फोहोर) संकलन गरिएको छ । अमेरिका र रसिया (रुस)को शीतयुद्धपछिको ३० वर्षपछि फेरि यहाँ आणविक हतियार उत्पादन गर्न लागिएको हो ।

अमेरिकी संस्था नेशनल न्यूक्लियर सेक्युरिटी एडमिनिस्ट्रेशन (एनएनएसए) (जो अमेरिकाको ऊर्जा विभागको एक अंग समेत हो) ले त्यहाँ आणविक हतियार निर्माणको काम सुरु गरेको हो । उक्त संस्थाले अहिले भएका आणविक हतियार निकै पुराना भैसकेको जनाउँदै ती हतियारलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । उक्त संस्थाले नयाँ प्रविधि बढी सुरक्षित हुने विश्वास व्यक्त गर्दै हतियार निर्माणको काम सुरु गरेको छ । तर उक्त संस्थाले थालेको कामबाट भने त्यहाँका स्थानीय वासिन्दामा त्रास उत्पन्न भएको छ । यदि आणविक हतियार निर्माणको काम सुरु भएमा मानिसहरु विकिरणको चपेटामा पर्न सक्ने उनीहरुको प्रतिक्रिया रहेको छ । अघिल्ला राष्ट्रपति बाराक ओबामाको कार्यकालमै अमेरिकी कंग्रेस उक्त कारखानामा आणविक हतियार निर्माणको काम सुरु गर्न सहमत भएको थियो ।

पछि सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो योजनालाई अनुमोदन गरेका थिए । यो कारखानमा प्लुटोनियमका बलहरु निर्माण गरिनेछन्, जसले आणविक हतियारहरुमा ट्रिगरको रुपमा काम गर्दछ । ती वार्षिक रुपमा ८० ओटा निर्माण गर्ने लक्ष्य राखिएको छ । जुन दक्षिण क्यारोलिनामा ५० र न्यु मेक्सिोकामा ३० ओटा निर्माण हुनेछन् । उक्त योजनाबारे विश्व सुरक्षा मामिला विज्ञ स्टीफन यङ्ग भन्छन्, ‘यो योजना महंगो मात्र छैन, निकै खतरनाक पनि छ ।’ कारखानाना नजिकै बस्ने स्थानीय बासिन्दा ७० वर्षीय पिट लाबारज भन्छन्, ‘यो निकै खतरा पनि हुन सक्छ, किनभने नयाँ प्रविधि सुरक्षित नै हुन्छ भन्ने कुनै त्यस्तो प्रमाण पाइएको छैन ।’

यद्यपि, एनएनएसले यो काम अमेरिकाले नरोक्ने दाबी गर्दै आएको छ । उक्त संस्थाका अनुसार जति काममा ढिलाई गरियो त्यति नै राष्ट्रिय सुरक्षा जोखिममा मात्र पर्ने छैन, औधोगिक उत्पादन लागतमा पनि निकै वृद्धि हुनसक्छ । त्यसकारण यो काम तत्काल सुरु गर्ने तयारीमा संस्था लागिरहेको छ । स्टकहोम इन्टरनेश्नल पिस रिसर्च इन्स्च्यिुटका अनुसार अमेरिकासँग अहिले ७ हजार ५ सय ५० वटा आणविक हतियार रहेका छन् । उसले १७ सय ५० वटा आणविक बमहरु मिसाइल र र बमवर्षक विमानमा तैनाथ गरेको छ । यीमध्ये १ सय ५० आणविक बम युरोपमा तैनाथ छन्, ताकि रुसलाई निगरानी गर्न सकियोस् । -दैनिक भाष्कर

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg